नवलपरासी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा खपत हुन नसकेको विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको बताइन् । उनले जलविद्युत्मा लगानी गर्न निजी क्षेत्रलाई आह्वान पनि गरिन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–१३ मा निर्माण भएको २२०/१३२ केभी न्यू बुटवल सबस्टेशनको आज उद्घाटन गर्दै मन्त्री भुसालले भनिन्, “दुई वर्षभित्र सबै ठाउँमा विद्युत्को पहुँच पुर्याउने योजनाका साथ सरकार अघि बढेको छ, अहिले सबै क्षेत्रले विद्युत् उपभोग गर्न सक्ने वातावरण बनेको छ, अहिले उत्पादन भइरहेको विद्युत् बर्खामा खेर जाने गरेको छ, यसका लागि अन्तर्राष्ट्रिय बजारमा व्यापार गर्नुपर्ने अवस्था छ ।”
मन्त्री भुसालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदै गइरहेको र ऊर्जा सङ्कट समाधान गर्न विद्युतीय उपकरणको प्रयोगमा जोड दिए । न्यू बुटवल सबस्टेशनको निर्माणले अब झ्यापझ्याप विद्युत् जाने समस्या समाधान हुने र गुणस्तरीय विद्युत् उपभोगमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरिन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार र एशियाली विकास बैंकको ऋण सहयोगमा न्यू बुटवल सबस्टेशन निर्माण गरिएको बताए । अहिले सम्पन्न भएको १३२ र २२० केभीसम्मको संरचनाले पर्वतस्थित कुश्मा सबस्टेशन, चितवनस्थित भरतपुर सबस्टेशन, रुपन्देहीस्थित बुटवल सबस्टेशन र बर्दघाट सबस्टेशनसँग कनेक्टिभिटी प्रदान गर्ने उनले बताए । कालीगण्डकी नदी र त्यस आसपासका नदीहरूबाट मुस्ताङ, म्याग्दी र पर्वत जिल्लामा उत्पादन हुने विद्युत्लाई कुश्मा सबस्टेशनमार्फत यस सबस्टेशनसम्म ल्याई अन्य जडित सबस्टेशनमा आपूर्ति हुने बताइएको छ ।
आगामी दिनमा यस न्यू बुटवल सबस्टेशन विस्तार गरी ३३ र ११ केभीका संरचना तयार गरी त्यसमार्फत यस क्षेत्रमा विकास हुँदै गरेका औद्योगिक ग्राहक तथा स्थानीय क्षेत्रका गार्हस्थ्य उपभोक्ताका लागि गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने योजना रहेकाले सोहीमार्फत स्थानीय विद्युत्को माग सम्बोधन हुने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।
यस सबस्टेशनसँगै बन्ने ४०० केभीको संरचनाले अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपालको विद्युत् भारततर्फ निर्यात गर्ने बाटो खुल्ने न्यू बुटवल सबस्टेशन आयोजना प्रमुख विश्वरञ्जन मिश्रले जानकारी दिए। सन् २०१७ नोभेम्बरबाट निर्माण सुरु भएको यो सबस्टेशन रु एक अर्ब पाँच करोडमा निर्माण सम्पन्न भएको आयोजना प्रमुख मिश्रले बताए ।
नर्वेली राजदूत टोरुन ड्रम्डलले नेपालको अन्तरदेशीय प्रसारण लाइन विकासका लागि नर्वेले सहयोग गरेको बताए। एडिबी नेपाल मिसनका प्रमुख रुडी भान डोयलले अन्तरदेशीय प्रसारण लाइनको विकासबाट नेपाल विद्युत्मा आत्मनिर्भर भई निर्यात गर्न सफल हुने विश्वास गरेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: