Khabar Dabali २५ मंसिर २०८१ मंगलवार | 10th December, 2024 Tue
Investment bank

विरक्तिएको माओवादी आन्दोलन–३: अपारदर्शिताको जङ्गलको यात्राबाट निस्कौँ !

\"aahuti_article\"१. विश्व विजयको यात्रामा निस्केका युनानका अलेक्जेण्डर जब गंगा मैदानमा आएर विजयी भएर फर्किन सकेनन्, त्यसपछि तत्कालिन भारतको शक्तिको कारण के हो भनी अध्ययन गर्न उनले आफ्ना राजनीतिक दूत भारत पठाए । गंगा सभ्यताका कुशाग्र बौद्धिक चाणक्यको निर्देशनमा चलिरहेको तत्कालिन राज्यमा ती युनानी दूत चाणक्यलाई भेट्न उनको कुटीमा पुगे । ती युनानी दूत कुटीमा प्रवेश गर्ने वित्तिकै चाणक्यले बलिरहेको दीयो निभाई अर्को दीयो बालेर दूतलाई स्वागत गरे । उस्तै किसिमको देखिने दीयो निभाई अर्को बालेको देखेर दूतले त्यसको कारण सोध्दा चाणक्यले भने, ‘अघिसम्म म व्यक्तिगत काममा थिएँ , त्यसैले मेरो लागि उपलब्ध गराइएको तेलले दीयो बाल्दै थिएँ । अब म राज्यको काममा लागें,  त्यसैले राज्यको खर्चमा बल्ने दीयो सल्काएँ।’ यो देखेपछि ती युनानी दूतले भारतको शक्तिको श्रोत त्यसका सञ्चालकको आर्थिक अनुशासन हो भनी लेखी पठाएका थिए । इतिहासमा चर्चित यो प्रशंग सबै प्रकारको संगठनका नेतृत्वपंक्तिका हकमा सर्वकालीक महत्व राख्ने खालको छ । तर नेपाली कम्युनिष्ट र माओवादी आन्दोलन यस दृष्टान्तको कसीमा राखेर हेर्ने प्रयत्न ग¥यो भने आर्थिक अनुशासन आधारभूत रुपमा निराशाजनक रहँदै आएको छर्लङ छ । यदि सच्चा कम्युनिष्ट आन्दोलन उनीहरू चाहन्छन् भने उनीहरु पारदर्शीताबारेको बहस, नीति निर्माण र व्यवहारमा जान सबैभन्दा पहिले तयार होउन् । नत्र भने अपारदर्शीहरुको एकताले महा अपारदर्शी पार्टी जन्मिदैन भन्ने ग्यारेन्टी के? अनि सर्वत्रले आरोप लगाएर भन्ने गरे झैं , \'भ्रष्टहरुले नयाँ शक्ति थप भ्रस्टाचार गर्न बनाउलान् \' भनी कसैले भन्यो भने त्यसको जवाफ के ? २०४६ सालअघि कम्युनिष्ट पार्टीमा आर्थिक हिसाव किताव दुई वटा कारणले गर्दा बेहिसाव रहने गरेको पाइन्छ । एक, आर्थिक रुपमा सधैँजसो विकराल अभाव हरने र बचत अपवादमा मात्र रहने अवस्थाले गर्दा हिसाव–कितावको पारदर्शिता सामान्यतया विषय नै बन्ने स्थिति थिएन । दुई, पारदर्शी ढंगले लिखित रुपमा त्यो पनि स्वीकृत लेखाको नियमअनुसार राख्नको निम्ति एकातिर ज्ञानको अभाव, अर्कोतिर बुर्जुवा प्रणालीप्रति घृणाले पनि उपेक्षाको विषय बन्दथ्यो । तर कम्युनिष्ट पार्टीले त्यतिवेला गरेको व्यवसाय र ‘मनी एक्सन’ बाट जम्मा ठुलो धनराशी बारे भने सधैँ नै विवादहरु हुने गरेका थिए र ती विवादलाई राजनैतिक–प्रशासनिक तवरले थामथुम पार्ने चलन नै थियो । त्यतबेेलाको भूमिगत कालमा कतिपय यस्ता नेता पनि कतै कतै पाइन्थे जो भित्री कपडा किनेको सुची पनि माग्ने गर्दथे । त्यो फेरी अर्को संकिर्णता र अतिवाद थियो । यसप्रकार अघि बढेको नेपाली कम्युनिष्ट आन्दोलनको आर्थिक अपारदर्शिताको घाँसे मैदान आज विकसित भएर घना जङ्गलका रुपमा झाङ्गिन पुगेको छ ।

आज माओवादी आन्दोलनमा छेऊ न टुप्पोको एकताको कुरामा रमाउनेहरु र नयाँ शक्तिको सिद्दान्तहीन सपना बाँड्नेहरू यो अपारदर्शिताको जङ्गलमा कहाँनेर छन् भनी खोज्नैपर्छ ।

२. माओवादी शान्ति प्रक्रियामा प्रवेश गरेपछि हजारौं नेता कार्यकर्ता अकश्मात झैं राजधानी र सदरमुकाम केन्द्रित हुन पुगे । हिजोको युद्धकालमा अपनाइएका आर्थिक संकलन र वितरणको कार्यप्रणाली स्वतः भत्किन थाल्यो । त्यो स्वभाविक पनि थियो । अवैधानिकताका अप्ठेयाराका साथमा केही सप्ठ्यारा पनि हुन्छन् तर ती सप्ठ्यारा वैधानिकतामा आएपछि अप्ठ्यारामा बदलिन सुरु गरे । आर्थिक उपार्जन पनि जनयुद्धकै एउटा प्रमुख अंग थियो, अब युद्ध नरहेपछि त्यो प्रमुख अङ्गमा संकट स्वतः उत्पन्न भयो ।  प्रतिध्रुविय शक्तिहरुसँगको द्वन्द्वगत सहकार्यका लागि नेता पंक्तिलाई राजधानीय खर्च चाहियो, त्यसैगरी राजधानी र सदरमुकाम केन्द्रीत हजारौं पूर्णकालीन कार्यकर्ताको व्यवस्थापन खर्च आवश्यक बन्यो । त्यसैगरी हजारौंको जनमुक्ति सेनाको खर्च त थिँदैथियो । वास्तवमा यहीँ नेर व्यवस्थापनको पारदर्शी नीतिनिर्माण हुन नसक्दा नै आजको अपारदर्शीताको जङ्गल खडा हुन सुरु भएको थियो । युद्धकालीन धेरै किसिमका व्यवस्था फेर्नुपर्ने वाध्यता तर शान्तिकालिन आवश्यक नीति निर्माणमा शुन्यता– त्यो अवस्था वास्तवमा ऐतिहासिक दुर्घटना थियो ।

३.संसदिय व्यवस्था पचाएर बसेका ठुला ठुला पार्टीसँग प्रतिस्पर्धामा जानु पर्ने आवश्यक्ताले गर्दा माओवादी नेतृत्व पंक्तिले  आर्थिक संकलनलाई मेहनतपूर्वक ध्यान दिनु विल्कुल ठिक र आवश्यक कदम थियो । त्यसअनुसार नेतृत्व पंक्तिले धेरै प्रकारका उपायहरु अबलम्बन ग¥यो । तर जुन स्तरमा आर्थिक संकलनका उपायहरु खोजिए, त्यही स्तरमा पार्टीभित्र त्यसलाई संस्थागत र पारदर्शी ढंगले ढुकुटीकरण अनि वितरणको नीति एंव योजना बनाउँनतिर लागिएन । त्यसको परिणाम के हुन पुग्यो भने सानो होस् या ठूलो ढुकुटी र आर्थिक श्रोत निश्चित व्यक्तिहरुको अधिनमा रहने अनि वितरण पनि तिनै व्यक्तिको स्वविवेकमा हुने स्थिति बन्न पुग्यो । आर्थिक प्रणालीमा पार्टी पद्दति ध्वस्त हुने श्रंङ्खला माथिबाट सुरू भएको यही क्रम तलसम्म आइपुग्यो । यो स्थिति आर्थिक अनियमितताका निम्ति गतिलो रंगमञ्च बन्न पुग्यो ।

यो दुर्भाग्यपूर्ण प्रकृयाले जुन गुटमा जो जो व्यक्ति ढुकुटी निर्माण प्रकृयामा जति सफल भए, तिनै व्यक्ति त्यस गुटमा र अन्ततः सिंगै पार्टीमा शक्तिशाली बन्ने स्थिति पैदा भयो ।

शान्ति प्रक्रियाको केही समयपछि नै विस्तारै गुटबन्दीका साना साना झट्का हुँदै संविधानसभाको पहिलो निर्वाचनसम्म ठूलै गतिलै क्रियात्मक आकार गुटबन्दीले  ग्रहण गरिसकेको थियो । कुनै विचारको भिन्नताले त कुनै निम्न पुँजिवादी स्वार्थका कारण गुटहरु बलवान हुने कार्य तीव्र हुन पुग्यो । गुटहरु बलवान हुने क्रमसँगै आर्थिक गतिविधिमा गुटकरणको सिलसिला पनि बढ्न थाल्यो । गुटकरणको तीव्रताले गुटैपच्छे आर्थिक ढुकुटी र श्रोत जसरी हुन्छ बढाउने दौड पनि सुरु भयो । सबै गतिविधि गुटको दलदलमा फस्न पुगेपछि सिंगो पार्टीमा आर्थिक प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउँनु पर्ने आवश्यक्ता क्रमशः कार्यसूचीबाट गायब हुन थाल्यो । यो दुर्भाग्यपूर्ण प्रकृयाले जुन गुटमा जो जो व्यक्ति ढुकुटी निर्माण प्रकृयामा जति सफल भए, तिनै व्यक्ति त्यस गुटमा र अन्ततः सिंगै पार्टीमा शक्तिशाली बन्ने स्थिति पैदा भयो । अब नियम र पद्दतिमा होइन कुनै पनि संगठन वा व्यक्तिलाई पैसाको आवश्यकता हुँदा खास खास व्यक्तिलाई मनाउन वा रिझउनुपर्ने विचित्रको परिस्थिति तयार भयो ।

दुई दुई चो टीको सरकारमा सामेली र धेरै प्रकारको अस्पष्टता र आर्थिक अराजकताको बीचमा विस्तारै काखी काखीबाट दादका फोका जस्ता भ्रष्ट तत्वहरु प्रकट हुन थाले । पार्टीमा पहुँच अािर्थक क्षेत्रमा पहुँचका आधारमा समेत बन्ने परिस्थिजतिको विकासले पार्टीभित्रका अवसरवादी तत्वहरु हुने नहुने सबै काम गरेर व्यक्तिगत ढुकुटी निर्माण गर्नेतिर  लाग्न थाले । हिजो गुटको आर्थिक गतिविधिलाई सुगम बनाउन काम गरेको मानिस विस्तारै व्यि क्तगत ढुकुटी समेत सुदृढ गर्न थाल्यो । यो क्रमसँगै गुटहरुभित्र आर्थिक हैसियतसहितका उपगुटहरु जन्मिन थाले, संगठित हुन थाले । यसप्रकारको व्यापक स्खलनको तिव्रताबीच नेतृत्व पंक्ति अकर्मण्य झैं बन्न थाल्यो र जो यसबाट असुन्तुष्ट भयो, त्यसलाई क्रमस कचकच गर्ने प्राणीका रुपमा हेरिइन थाल्यो । विस्तारै विस्तारै कमिशनका लागि व्यापारीले विचौलिया प्रयोग नगरी सिधै नेतासँग सिधै कमिशन बोलकबोल गर्ने स्थिति समेत कतिपय अवस्थामा बन्न पुग्यो र कतिपय अवस्थामा कमिशनको निश्चित रकम आफ्नो गुटमा बुझाएर  बाँकी रकमले काठमाडौंमा गोप्य रुपमा घरजग्गा जोड्ने कामा हाकाहाकी भयो । एकातिर गुट वा पार्टीका निम्ति क्रान्तिको नाममा जसरी पनि रकम संकलन ठीक मानिंदै जानु र  अर्कातिर  पारदर्शी  हिसाब राख्नैनपर्ने  अबस्था रहनुले  त्यसै प्रक्रियाभित्रबाट गलत व्यक्तिले रातारात सम्पत्ति कुम्ल्याउन सक्ने खुला मैदान उपलब्ध हुनपुग्यो।  क्रमशः यो स्थिति सबैले बुझेको तर सबैले मौन बस्ने प्रक्रिया बस्ने परिघटना बन्दै गयो । जुन नेतृत्वको तब्का कम्युनिष्ट आदर्श, नैतिकता र पद्दतिमा बस्न चाह्यो र त्यसको वकालत गर्थ्यो – त्यस्ता नेताहरुको हैसियत क्रमशः गिर्न थाल्यो र त्यस्ता व्यक्ति नयाँ परिस्थितिसँग मेल नखाने पात्रका रुपमा चिनिन चिनाउन थालियो । यसरी क्रमश आन्दोलन र पार्टीभित्र अदृस्य रुपमा दुईवटा वर्गहरु निर्माण हुन पुगिहाले । एउटा बहुमत या भिन्नमतको रुपमा रहेका गुटको ढुकटी निर्माणमा पहुँच भएको, निर्णयलाई प्रभावित गर्न सक्ने र व्यक्तिगत आर्थिक हैसियत पनि बनाएको पार्टी वा गुटको नोकरशाही पुँजीधारी वर्ग । अर्को चाहिँ आर्थिक ढुकुटी र श्रोतमा पहुँच नभएको, निर्णयमा भूमिका पनि नहुने र व्यक्तिगत रुपमा समेत समस्याग्रस्त कचल्टिएको सर्वहारा वर्ग ।

एक जना माओवादी पत्रकारले भन्थे, \'कोही बोल्नेवाला छैनन् किनकी हर्ताकर्ता कोही पनि बोल्न लायक छैनन् । अरुले अनावश्यक रिस्क किन बोल्छन ?!\'

यो अवस्था माओवादी आन्दोलनको एउटा पार्टीको रोग होइन, बरु आधारभूत रुपमा सबै भङ्गालोको रोग हो । जुन भङ्गालो जति शक्तिशाली रह्यो, त्यति नै माथिल्लो स्तरको विकृति पैदा हुँदै गयो - कुरा त्यति मात्र हो । यसप्रकार नेतृत्व पंक्तिमा ठूलो हर्ताकर्ता हिस्सा पार्टी वा गुट नोकरशाही पुँजीधारी वर्गमा रुपान्तरण भएपछि स्वभाविक रुपमा त्यसको प्रभाव सिद्धान्त , राजनीति र संगठनात्मक जीवनमा प्रकट हुन थाल्यो, अहिले व्यापक रूपमा नकारात्मक प्रभावहरू प्रकट भैइ नै रहेका छन्  । कतिपय व्यक्तिहरु आफ्नो अपारदर्शी सम्पत्तिलाई ढाकछोप गर्न सम्पत्ति छानविन  आयोगमा समेत बस्न थालेका छन् । नेतृत्व पंक्तिको यो प्रशंग एउटा दृष्टान्त थपेर कार्यकर्ता पंक्तितिर अगाडी बढ्नु काफी हुनेछ।   एक नेता जसलाई माओवादी आन्दोलनमा सर्वहाराकरण,त्याग, साहस र प्रष्ट वक्ताको प्रतिकका रुपमा लिइन्थ्यो , उनले राजधानीमा करिब एक करोड बराबरको घर खरिद गरेको विषय एउटा पत्रिकाले छाप्यो, ती नेताले स्विकार पनि सार्वजनिक रुपमै गरे।  तर त्यसबारे पार्टीको सिंगो हर्ताकर्ता पंक्तिमा कुनै विषय नै बनेन बरु साँझ खबर छापियो र भोलिपल्ट बिहान त्यतिकै हावामा धुँवा झैं बिलायो । एक जना माओवादी पत्रकारले भन्थे, \'कोही बोल्नेवाला छैनन् किनकी हर्ताकर्ता कोही पनि बोल्न लायक छैनन् । अरुले अनावश्यक रिस्क किन बोल्छन ?!\' यहाँ चर्चा गरिएको प्रशंग घर वा अन्य सुविधा जोड्ने कि नजोड्ने भन्ने विषयसँग छैन बरू अपारदर्शी ढंगले सम्पत्ति जम्मा गर्ने कि नगर्ने भन्ने विषयसँग सम्बन्घित छ भन्ने कुरा स्पष्ट नै छ ।

४. युद्ध र आन्दोलनका सबै जोखिम मोडहरुमा खारिएका हजारौ पूर्णकालिन कार्यकर्ता राजधानी र सदरमुकाममा ओइरिएपछि सुरु सुरुमा त पुरानो रापतापको सामुहिक क्याम्प, सामुहिक बसाई, विधिपद्दति आदिले धान्यो । तर माथिदेखिको व्यवस्थापनको नीति र योजनाविहिनता, माथिदेखि सर्दै आएको  आर्थिक अराजकता र गुटवन्दी अनि विचार एवं नीतिमा अस्पष्टताले  राज्यदेखि जिल्लासम्मको पूर्णकालिन कार्यकर्ताको पंक्ति अभाव र अन्यौलबीच अत्यासलाग्दो बिलखबन्दमा पर्ने क्रम बढ्न थाल्यो । घर परिवार, ड्रेराभाडा, पकेट खर्च आदि उसले सोच्दै नसोचेको विषय एकाएक खहरे खोलाको बाढी झैं उपस्थित भए । नेतालाई भन्यो ‘पख पख’ को जवाफ अनि चारैतिर ‘उधारो तीर’ को हुँकारबीच त्यो हजारौंको संख्यामा रहेको कार्यकर्ता पंक्तिले के गर्थ्यो ? त्यो लडाकु हो, त्यो प्राण र परिवारको स्नेहलाई तिलाञ्जली  दिएर हिडेको मानिसले के भिख माग्न सक्थ्यो ? के दुश्मनका हातमा आफूलाई तुरुन्तै बेच्न तयार हुन्थ्यो ? हुनै सक्दैन्थ्यो । पार्टीले निजी धन्दामा जान पनि प्रष्ट नभनेका कारण उ निजी पेशामा हामफाल्न पनि सक्दैन्थ्यो । शिक्षा, तालिम, पुरानो पेशा र लतसमेत अर्कै बसिसकेको त्यो कार्यकर्ताको भीड तुरुन्तै पेशा अँगाल्न पनि सक्दैनथ्यो । यो स्थिति भनेको वास्तवमा ठूलो बाढीमा कसैले हुत्याईदिए जस्तो थियो । बाढीको भेलबाट बचेर निस्किने केही बबिनाउ नियम हुनै सक्दैनथ्यो, त्यसैले त्यस अवस्थामा त्यो बाढीबाट ज्यान जोगाउन त्यो कार्यकर्ता भिडले कतै थोरै कतै धेरै, कति मिल्ने कति नमिल्ने कामहरु गर्न पुग्यो । त्यसमा उनीहरको आधारभूत रुपमा कुनै दोष थिएन बरु त्यो स्वाभाविक परिघटना थियो ।

माओवादी आन्दोलनमा अहिले पनि हज्जारौं कार्यकर्ता, लाखौं समर्थक र दर्जनौं नेता निस्कलंक आफ्नो निष्ठा र उद्देश्यप्रति चिन्ताग्रस्त छन्, सोचिरहेछन् तर दुर्भाग्य यसका हर्ताकर्ताहरूको वर्ग रुपान्तरण र गलत गतिविधिका कारण पुरै आन्दोलनको उज्ज्वल छवि बेस्सरी धुमिल बन्दै गइरहेछ ।

तर त्यस्तो प्रकारको अवस्था त धेरै रहन सम्भव नै थिएन । त्यसपछि विस्तारै कोही विदेश पलायन हुन थाले,कोही जसोतसे ज्यान धान्न घरतिर वा कुनै सानो व्यवसायतिर लाग्न थाले । त्यसमध्येको सानो हिस्सा खास खास नेताको वरपर रहेर  राजनीतिक प्राण धान्नुपर्ने अवस्थामा पुग्यो, सानो हिस्सा गलत क्रियाकलापतिर हान्नियो । अर्को सानो हिस्सा आन्दोलनविरोधी बनेर समेत निस्कियो । यी सब बाहेकको एउटा हिस्सा सकेसम्म स्वाभिमान र आदर्शलाई बचाएर नै अगाडि बढ्न कोशिस गरिरहेछ, तर त्यो हिस्सा झन् पछि झन् संकटग्रस्त बन्दै गइरहेछ । सबैभन्दा बिजोग घाइते र कलाकारको हुन पुग्यो। (तिनको समग्रताबारे अर्को अध्यायमा छलफल गरिनेछ ।) आजसम्म आइपुग्दा यथार्थमा आम जनताको ठूलो हिस्साले माओवादी आन्दोलनलाई पनि अरु संसदीय पार्टी जस्तै भ्रष्ट  पार्टीको रूपमा बुझ्ने दुर्भाग्यपूर्ण अबस्था बन्न पुगेको छ। माओवादी आन्दोलनमा अहिले पनि हज्जारौं कार्यकर्ता, लाखौं समर्थक र दर्जनौं नेता निस्कलंक आफ्नो निष्ठा र उद्देश्यप्रति चिन्ताग्रस्त छन्, सोचिरहेछन् तर दुर्भाग्य यसका हर्ताकर्ताहरूको वर्ग रुपान्तरण र गलत गतिविधिका कारण पुरै आन्दोलनको उज्ज्वल छवि बेस्सरी धुमिल बन्दै गइरहेछ । ५. यसप्रकारको आर्थिक अपारदर्शितालाई गुटहररू किन जारी राख्न मनपराउँछन् त ? एक, क्रान्तिप्रतिको अविश्वास । जब क्रान्ति प्रक्रियाप्रति अविश्वास र आफने बाटो ग्रैरक्रान्तिकारी हो भनी निश्चिन्त भइन्छ, त्यसपछि जनता कार्यकर्ताप्रतिको भरोषा हट्दै जानु स्वभाविक हुन्छ । त्यसपछि गैरक्रान्तिकारी वर्ग,पद्दति र प्रक्रिया आदिको सहारामा राजनीतिक प्राण धान्ने योजना बनाउन बाध्य भइन्छ । त्यसपछि आर्थिक ढुकुटी र श्रोतको गुटकरण एउटा शक्तिको स्रोत ठान्ने प्रवृत्ति मौलाउँछ ।दुई, नीजि स्वार्थ । क्रान्ति र पार्टीप्रतिको सामूहिक भावनाबाट च्युत हुँदै गएपछि व्यक्ति आफ्नो नीजी बन्दोबस्तीमा सुरछ्या खोज्न बाध्य हुन्छ । समग्र पार्टीमा अपारदर्शिता कायम राखेपछि त्यसैभित्र नीजि अपारदर्शिता वैधानिक बनाउन सम्भव हुन्छ ।

र तीन, पिछलग्गु तयार पार्ने चाहना । वैचारिक र आर्थिक रुपमा स्वतन्त्र कार्यकर्ता पिछलग्गु बन्न सजिलै तयार हुँदैन । पार्टीमा पद्धति एवं पारदर्शी प्रणालीमा आर्थिक गतिविधि गर्दा जस्तोसुकै आफ्नो आलोचना गर्ने नेता कार्यकर्तालाई पनि तोकिएको आर्थिक सुविधा दिनैपर्ने हुन्छ। तर अपारदर्शी ढंगले ढुकुटी र स्रोतलाई गुटकरण गरेपछि फरक मत राख्नेमाथि आर्थिक नाकाबन्दी लगाउन सकिन्छ । साथै आफ्नो मतका नेता कार्यकर्तालाई अवैधानिक ढंगले रक्षा गर्न वा अर्को मत वालालाई पिछलग्गु बनाउन अदृश्य ढोकाबाट आर्थिक सुविधा वितरण गर्न पाइन्छ । त्यसकारण फरक मतमाथिको दमनको एउटा गतिलो हतियार पनि बनेको छ अपारदर्शिता !

अपारदर्शीता एक प्रकारको गम्भीर अपराध नै हो नीति शास्त्रका दृष्टिले । माओवादी आन्दोलनभित्रको अपारदर्शी जङ्गलभित्र सकारात्मक नकारात्मक गरी चार प्रकारका मानिसहरु छन् । एक, आफ्नो निष्ठाका कारण प्रदुषित हुन नचाहेर नै बचेका । दुई, प्रदुशित हुन चाहेर पनि नपाएर बचेका । तीन, केही न केही प्रदुषित भएका तर पश्चाताप गरिरहेका । र चार, प्रदुषित भएर मख्ख परी अझ थप प्रदुषणको विष घोल्न तयार रहेका ।

यो अपारदर्शिता भन्ने चीज पार्टीभित्र जति अपारदर्शी हुन्छ, पार्टी बाहिर भने ठीक उल्टो ह्वाङ्ह्वाङ्ती पारदर्शी बनिरहेको हुन्छ । कसैले कमिशन लियो, घुस खायो, पार्टीभित्र त लुकाइन्छ तर जसले कमिशन वा घुस दिन्छ, त्यसलाई कसरी लुकाउने ? त्यो वर्गदुश्मनले व्यापक मात्रामा थपथाप पारेर प्रचार गर्छ । अपारदर्शी ढङ्गले जम्मा पारेको ढुकुटी र सम्पत्ति पार्टीभित्र त लुकाउने तर, ज–जसको नाममा राखेर लुकाइन्छ, तिनीबाट कसरी लुकाउने ? अनि त्यस्ता अपारदर्शी ढुकुटी भोगको व्यवहार तथा त्यस्तो व्यवहारसँग परिचित बन्न पुग्ने न्यायप्रेमी नातागोता एवं समुदायसँग कसरी लुकाउने ? त्यो लुकाउन सम्भव नै छैन । वास्तवमा अपारदर्शीता ढिलो चाँडो तर अन्ततः भण्डाफोर भइछाड्ने परिघटना हो । अपारदर्शीतालाई नाजनी बनेर चुपचाप पचाउन त संभव छ, लोक नजरबाट लुकाउन संभव छैन । एउटा नानजीपनको रोचक दृष्टान्त हेर्नोस् । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ का दर्जनौं गलत कुरा होलान्, छन्; त्यो बेग्लै छलफलको विषय हो । उनले पार्टीले उपलब्ध गराएको गाडी चढ्न छाडे । उनले गाडी चढ्ने खर्चको पाटीभित्र स्पष्ट पारदर्शी स्रोत बनाउन माग गरे, त्यस्तो पारदर्शी विधिसम्मत प्रणाली नबसालिएसम्म गाडी नचढ्ने घोषणा गरी त्यही अनुसारको व्यवहार गरिरहेका छन् । सुरु सुरुमा उनको घोषणालाई ढोंग भनियो । तर उनी अडान र  व्यवहारमा टिकिरहेपछि आज यस्तो स्थिति बन्यो कि त्यो उनले उठाएको विषय नै बेवास्ताको सूचीमा पर्यो । नारायणकाजी लोकलाजकै निम्ति भएपनि  निर्वाचित पार्टीका उपाध्यक्ष हुन्, उनी पैदल सार्वजनिक यातायातमा वा कहिलेकाँही लिफ्ट मागेर सबै कार्यक्रममा समयमै पुग्ने रेकर्ड बनाइरहेछन् तर उनीभन्दा कनिष्ट नेताहरु उनकै अगाडि उनको पार्टीभित्र पारदर्शी विधि बनाउनुपर्ने  जायज र नीतिगत अडानको धज्जी उडाउँदै आफ्नो स्रोत पारदर्शी नबनाइएको व्यक्तिगत गाडी चढिरहेछन् । लोकलाज, सरम र नैतिकता सबै हराएको स्थिति छ, कम्युनिष्ट नैतिकता त यस विषयमा आकाशको फल हो । उनले लिएको अडानबारे पार्टीमा छलफलको एजेन्डासमेत बनाउन कोही तयार नहुनु भनेको अपारदर्शिता नै मूलबाटो स्विकार गर्नु हो जुन कुरा अरु जे सुकै होला कम्युनिष्ट विषय चाहिँ हुँदै होइन । नेपाली भाषामा हराउन लागेको एउटा शब्द छ ‘नाजनी’ अर्थात लाज सरम केही नभएको; यो विषय एउटा नाजनीपन बाहेक केही होइन ।

६. कतिपयलाई लाग्ने पनि गरेको छ कि पार्टीभित्रको त्यो पनि विभिन्न समितिको आर्थिक गतिविधि सार्वजनिक रुपमा पारदर्शी गर्न संभव नै हुन्न । निश्चित रुपमा वर्गीय समाजमा अर्को शक्तिसँगको प्रतिस्पर्धामा रहेको बेला पार्टीका समय स्रोत र ढुकुटी सार्वजनिक गर्न सकिंदैन तर सम्बन्धित समितिभित्र पनि सकिंदैन भने विश्वास चाहिँ कहाँबाट जाग्ने त ? हो, कतिपय श्रोत पनि कमिटीका सबै सदस्यलाई देखाउन नमिल्ने हुनसक्छ  तर समितिले तोकेका निस्चित व्यक्तिहरूबीच त पारदर्शी हुनैपर्छ । त्योभन्दा पनि अझ वितरणमा अपारदर्शिता भएपछि वा खास व्यक्तिको स्वविवेकमा भरपर्ने भएपछि समितिका अरू सदस्यको कामचाँहि के  ? यो बेठीक कुरा हो । संसारमा त्यस्ता कल्याणकारी सबैभन्दा ठूला अपराधी हुन् जो कल्याण गर्ने सामग्रीको श्रोत अपारदर्शी ढंगले चाँजोपाँजो मिलाउँछन् । अपारदर्शीता एक प्रकारको गम्भीर अपराध नै हो नीति शास्त्रका दृष्टिले । माओवादी आन्दोलनभित्रको अपारदर्शी जङ्गलभित्र सकारात्मक नकारात्मक गरी चार प्रकारका मानिसहरु छन् । एक, आफ्नो निष्ठाका कारण प्रदुषित हुन नचाहेर नै बचेका । दुई, प्रदुशित हुन चाहेर पनि नपाएर बचेका । तीन, केही न केही प्रदुषित भएका तर पश्चाताप गरिरहेका । र चार, प्रदुषित भएर मख्ख परी अझ थप प्रदुषणको विष घोल्न तयार रहेका ।

आज माओवादी आन्दोलनमा छेऊ न टुप्पोको एकताको कुरामा रमाउनेहरु र नयाँ शक्तिको सिद्दान्तहीन सपना बाँड्नेहरू यो अपारदर्शिताको जङ्गलमा कहाँनेर छन् भनी खोज्नैपर्छ । यो जङ्गलमा उनीहरु प्रदुषितभित्र छन् भने एकता वा नयाँ शक्ति पनि प्रदुषितहरुको ठूलो भीड बनाउन चाहन्छन् भनेर नै बुझ्नुपर्ने हुन्छ। यदि  गैरसर्वहारा विजातीय हर्कतद्वारा प्रदुषितहरु नै हर्ताकर्ता बनी एकता वा नयाँ शक्ति बनाउँछन् भने त्यो झन् भयानक विजातीय खाडलबाहेक केही हुनेछैन । (यध्यपि केवल अस्तित्व रछ्याका निम्ति छेउ न टुप्पोको एकताको अभियान चलाउने वा नयाँ शक्ति बनाउने नाममा इतिहासमा बासी पल्टिसकेको विजातीय बिचारहरूको पुनर्उत्थान गर्न  खोज्नेहरुबारे अर्को अध्यायमा विस्तृत छलफल गरिनेछ । )

यदि सच्चा कम्युनिष्ट आन्दोलन उनीहरू चाहन्छन् भने उनीहरु पारदर्शीताबारेको बहस, नीति निर्माण र व्यवहारमा जान सबैभन्दा पहिले तयार होउन् । नत्र भने अपारदर्शीहरुको एकताले महा अपारदर्शी पार्टी जन्मिदैन भन्ने ग्यारेन्टी के? अनि सर्वत्रले आरोप लगाएर भन्ने गरे झैं , \'भ्रष्टहरुले नयाँ शक्ति थप भ्रस्टाचार गर्न बनाउलान् \' भनी कसैले भन्यो भने त्यसको जवाफ के ?

तसर्थ, अपारदर्शिताबाट प्रदुषित भई मख्ख परिरहेका बाहेकका माओवादी आन्दोलनका कम्युनिष्टहरुले सर्वहारा आर्थिक पारदर्शीताबारे गम्भीर बहस सुरु नगरी अबको समाजवादी आन्दोलन निर्माणमा जुट्न संभव नै छैन ।

भाग–१ र २ पनि पढ्नुहोस् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy