Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

यूक्रेन युद्ध : सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

खबरडबली संवाददाता

कीभ । यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । 

रूसी आक्रमण सुरु भएदेखि अहिले पूर्वी युरोपेली यस देशबाट भागेका मानिसहरूको कूल संख्या तीस लाखभन्दा बढी पुगेको राष्ट्रसंघको प्रारम्भिक तथ्याङ्क छ । 

“अहिले यूक्रेनबाट छिमेकी देशहरूमा मानिसहरूको प्रवाह ३० लाखभन्दा बढी पुगेको हामीले प्रक्षेपण गरेका छौँ ।

यीमध्ये लगभग एक लाख ५७ हजार तेस्रो देशका नागरिक रहेका अन्तरराष्ट्रिय आप्रबासी संगठन (आईओएम) का प्रवक्ता पल डिलनले जेनेभामा बताए  । “फेब्रुअरी २४ मा रूसी आक्रमण सुरु भएदेखि अहिले लगभग १५ लाख बालबालिका यूक्रेनबाट बाहिरिएका छन् । गत २० दिनको दौडान यूक्रेनमा हरेक दिन ७०,००० भन्दा बढी केटाकेटी शरणार्थी भएका छन् । 

संयुक्त राष्ट्र बाल कोषका प्रवक्ता जेम्स एल्डरले भने, “हरेक मिनेट ५५ जना बालबालिका देश (यूक्रेन) छोडेर विदेशिने गरेका छन् ।” 

यूक्रेनमा हिंसाबाट भागिरहेका १० मध्ये नौ जना महिला तथा केटाकेटीहरू रहेका युनिसेफका प्रवक्तालाई उद्धृत गरी राष्ट्रसंघको सञ्चारमामिला हेर्ने संगठन (यूएन न्युज) ले उल्लेख गरेको छ । युवाहरू अपरिचित नयाँ वातावरणमा आइपुग्दा तस्करहरूको सिकार भइरहेको आशङ्का पनि गरिएको छ । 

जेम्स एल्डरले भने, “मैले भ्रमण गरेको सीमाक्षेत्र खासगरी मेडीका, पोल्याण्डदेखि युक्रेनको राजधानी कीभसम्म कीभबाट आएको जनाउँदै कीभ नाम उच्चारण गर्ने हजारौँ मानिसहरू शहरहरूको बस र मिनीबस वरिपरि व्यवस्थापनको खोजीमा उभिरहेका भेटेको थिएँ । उनीहरू कम्तीमा पनि एक हप्ताअघि ती सीमाहरूमा पुगेका थिए

उनले भने, “निस्सन्देह, अधिकांश मानिसहरू अद्भुत मनसाय र ठूलो उदारता भएका मानिसहरू हुन् तर युरोपमा तस्करीबारे हामीले बुझेको कुरालाई विचार गर्दा यो अझै पनि एकदमै गम्भीर मुद्दा भएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending