काठमाडौं । सरकारले यस वर्षको फागु पूर्णिमा होलीको अवसरमा ‘होली नखेल्नु’ भनेको छैन ।प्रहरीले फागु पूर्णिमामा हुने भीडभाडपूर्ण कार्यक्रममा सुरक्षा दिनेगरी सुरक्षा योजना तयार गरेको छ ।
काठमाडौं जिल्लाका १९ सार्वजनिक ठाउँमा होली खेल्ने कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंमा आयोजित होलीका कार्यक्रममा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न १ हजार ५ सय प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको छ ।
होली लक्षित ‘सुरक्षा योजना’ लागु गरेको काठमाडौं प्रहरीले प्रहरीले जबर्जस्ती रंग नदल्न र इच्छाविपरीत लोला नहान्न आग्रह गरेको छ । चैत ३ मा पहाडी र ४ मा तराईका जिल्लामा होली मनाइँदै छ । होलीमा जबरजस्ती लोला हान्ने कामलाई रोक्न प्रहरीले माइकिङ शुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले होलीमा १५ सय प्रहरी परिचालन गर्ने सुरक्षा योजना बनाएको छ ।
चिनजान नभएका र काम विशेषले हिँडेका मानिसलाई जबरजस्ती लोला हान्ने र रंग दल्ने गरेको भेटिए पक्राउ गरेर मुद्दा चलाउने परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । । सो मुद्दामा १ वर्ष कैद र १० हजार सम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
१९ ठाउँमा कार्यक्रम, १५ सय प्रहरी परिचालन
काठमाडौंको बसन्तपुर, भृकुटीमण्डप, सानो गौचरन, ठमेलस्थित कर्मचारी संचय कोष भवन अगाडी, लाजिम्पाट स्थित त्रिसारा रेष्टुरेण्ट, नर्सिङ चोक र असन चोक लगायत १९ ठाउँमा ‘होली कार्यक्रम’ आयोजना गरिएको छ ।
वसन्तपुरमा आयोजित होली कार्यक्रममा डीएसपीको कमाण्डमा ८५ जना प्रहरी परिचालन गर्ने सुरक्षा योजना तयार गरिएको छ । भृकुटीमण्डपमा ३५ जना, सानो गौचरनमा ४० जना, त्रिदेवीमार्ग स्थित कर्मचारी संचयकोष अगाडी ४० जना, लाजिम्पाट स्थित त्रिसारा रेष्टुरेण्टमा २० जना, नर्सिङचोक ठमेलमा ३५ जना, असनचोकमा ४० जना र क्षेत्रपाटी चोकमा २० जना प्रहरी परिचालन गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सामाखुसी, गोंगबु, बसपार्क, लैनचौर, नयाँबजार, रानीबारी, कुलेश्वर आवासक्षेत्र, टोखा नगरपालिका, भुँइखेल चउर (स्वयम्भु) र नयाँ बानेश्वरमा हुने कार्यक्रमहरुमा १०४ जना प्रहरी परिचालन हुनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: