Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेपाल वायुसेवा निगमको जग्गा बेवारिसे बन्दै

खबरडबली संवाददाता

सुदूरपश्चिम । नेपाल वायुसेवा निगमको धनगढी बजार क्षेत्रमा रहेको जग्गा कवाडीका सामान राख्ने र शौच गर्ने थलोको रुपमा परिणत भएको छ ।

जग्गा रेखदेखको अभावमा बेवारिसे बनेपछि कवाडी राख्ने र शौच गर्ने थलोमा परिणत भएको हो । जग्गामा प्रवेश गर्ने मुख्य प्रवेशद्वार (गेट) भत्किएको छ भने वरिपरि लगाइएको पर्खालसमेत ठाउँठाउँमा भत्किएको छ । झण्डै दश कट्ठा क्षेत्रफल रहेको उक्त जग्गाको पछिल्लो एक दशकभन्दा बढी समयदेखि कसैबाट रेखदेख भएको देखिँदैन ।  

जग्गा नजिकैको कालोपत्र सडक छेउमा व्यापार गर्दै आएका रसीतुल्लाले भने, “सरकारी कार्यालय भएर पनि नेपाल वायुसेवाको जग्गा बेवारिसे बनेको छ, धनगढी सहरको मुटुमा रहेको यो जग्गा उपयोगमा ल्याउन सके कार्यालयको आम्दानी बढ्ने थियो ।” धनगढीमा सञ्चालनमा रहेको नेपाल वायुसेवा निगमको कार्यालय झण्डै पाँच वर्षअघि बन्द गरिएको थियो । धनगढी विमानस्थलबाट वायुसेवा निगमले आफ्नो जहाज उडाउन नसकेपछि धनगढीको कार्यालय पनि बन्द गरेको थियो । 

निगमले सुदूरपश्चिमको डोटी, अछाम, बझाङ, बाजुरालगायतका क्षेत्रमा धनगढी विमानस्थलबाट केही महिनादेखि हवाई सेवा सुरु गरेको छ । योसँगै धनगढी विमानस्थलमै निगमको कार्यालय सञ्चालन गरिएको छ । निगमका एक कर्मचारीले भने, “धनगढीमा रहेको जग्गा भाडामा लगाउने वा आफ्नै भवन निर्माण गर्ने भन्ने विषयमा केन्द्रमा कुरा चलिरहेको छ ।”

यसअघि निगमले विगतमा उक्त जग्गालाई भाडामा दिने प्रक्रिया थालेको थियो । भाडामा लिने पहल गर्नुभएका स्थानीयवासी रमणचन्द्र श्रेष्ठले जटिल कानुनी प्रक्रियासँगै लापर्बाहीका कारण भाडामा लिन नसकिएको बताए  । “जग्गा भाडामा लगाउन नेपाल वायुसेवा निगमले प्रकाशित गरेको बोलपत्रबमोजिम हामीले उक्त जग्गामा ‘स्मार्ट सहर’ बनाउने योजनासहित भाडामा लिने प्रयास गरेका हौँ”, उनले भने, “तर बोलपत्रमा चार वर्षभन्दा बढी समय भाडामा लिन नपाइने भनेर उल्लेख भएको अवस्थामा यसमा ठूलो लगानी गर्नुपर्ने देखिएपछि आफूहरु पछि हट्नुपरेको हो ।”

पछिल्लो समय उक्त जग्गामा बालुवा र गिट्टीसमेत थुपार्ने गरिएको छ । “कवाडी राख्ने र शौच गर्ने थलो बन्दा वरिपरिको वातावरणसमेत दुर्गन्धित भइरहेको छ”, स्थानीयवासी रसीतुल्लाले भने । जग्गा नजिकै रहेको खोलामा धनगढी उपमहानगरपालिकाले फोहोरको व्यवस्थापन गर्न थालेपछि वातावरण थप दुर्गन्धित बनेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies