Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

कञ्चनपुरका विद्यालयमा गणित पार्क

खबरडबली संवाददाता

कञ्चनपुर । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले लालझाडी गाउँपालिकाले विद्यालयमा ‘गणित पार्क’को अवधारण अघि सारेको छ ।

यहाँका पूर्णिमा आधारभूत विद्यालय र डाँडाजाइको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा पार्क निर्माण गरेको छ । गाउँपालिकाको बल्मीमा रहेको पार्कमा ज्यामितीय अवधारणाअनुसारका वृत्त, चर्तुभुज, घन, वेलना, गोलालगायत निर्माण गरिएका छन् । यससँगै गणित विषयका लागि आवश्यक पर्ने सूत्र र चिह्नहरुसमेत पार्कमा राखिएका छन् ।

आकर्षक रङ लगाएर पार्कमा ज्यामितीय गणितका अवधारणालाई विद्यार्थीले सहजै बुझ्नसक्ने तरिकाबाट राखिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले जानकारी दिए । 

विद्यार्थीले सैद्धान्तिक ज्ञानभन्दा पनि चित्र हेरेर अवलोकन गरेर सहजरूपमा बुझ्ने भएकाले पार्क निर्माण गरी गुणस्तरीय शिक्षका लागि कार्य अगाडि बढाइएको उताए। 

“विद्यालयमा बिहानीको प्रार्थनापश्चात् कक्षाकोठामा प्रवेश गर्नुअघि अनिवार्यरूपमा विद्यार्थीलाई पार्कको अवलोकन गर्न लगाउने व्यवस्था विद्यालयले मिलाएका छन् । पार्कमै गणित विषयका शिक्षकले विद्यार्थीलाई सिकाउँदछन्”, उनले भने, “गणितलाई जटिल विषयका रूपमा हेर्ने गरिएकाले जटिलता हटाउनका लागि यस कार्यले सघाउ पु¥याउने विश्वास लिएका छौँ ।”

विद्यार्थीले पार्कमा निर्माण गरिएका गणित विषयवस्तुका रूपमा रहेका रेखा, कोण र तिनबाट निर्मित आकृतिको अध्ययन गर्न सक्छन् । वृत्त, चतुर्भुज र त्रिभुजलगायतका ज्यामितीय आकार र  घन, वेलना र गोलाजस्ता केही जटिल आकार जुन  ज्यामितीय गणितमा अध्ययन गरिन्छ । 

ज्यामितीय गणितको अध्ययनका कार्यलाई सरलीकृत गर्नका लागि गणित पार्कमा आकृतिहरू निर्माण गरिएको जनाइएको छ । अङ्कगणित, बीजगणित र ज्यामितीका धारणालाई छुट्टाछुट्टै प्रयोग नगरीकन एकापसमा सम्बन्धित गराएर सिकाउन सक्नुपर्छ भन्ने धारणाअनुसार पार्कमै ती गणितका सूत्र र चित्रसमेत आकर्षक ढङ्गले राखिएको उनले जानकारी दिए। 

पार्क निर्माण ती दुवै विद्यालयलाई रु एक लाख ५० हजारका दरले रकम उपलब्ध गराइएको छ । गाउँपालिका क्षेत्रभित्रका अन्य आधारभूत विद्यालयमा समेत यसैगरी गणित पार्क निर्माण गर्दै लैजाने योजना अघि सारिएको छ ।

“गणित पार्कसँगै वनस्पति विज्ञानका लागिसमेत विद्यालयमै पार्क निर्माण गर्ने योजना अघि सारेका छौँं”, शाखा प्रमुख भट्टले भने, “फूल फुल्ने–नफुल्ने विभिन्न प्रजातिका बिरुवा विद्यालय परिसरमै रोपेर विद्यार्थीलाई व्यवहारिक ज्ञान दिनका लागि कार्य अगाडि बढाउने योजना छ ।” 

विद्यार्थीलाई पार्कमा घुमेर मनोरञ्जनसँगै सहजरूपमा सिक्छन् । यस कार्यले वातावरण संरक्षणमा समेत टेवा पुग्ने उहाँको भनाइ छ । गणित पार्कका पोलमा जनावरका तस्वीरसँगै नेपाली, अङ्ग्रेजी र वैज्ञानिक नामको जानकारीसमेत राख्ने कार्य गरिएको छ । दुवै विद्यालयका पार्कको लम्बाइ ९७ फिट र चौडाइ २५ फिट रहेको छ ।

“गणित पार्क नेपालमै नौलो अवधारणा हो”, उनले भने, “भारतलगायतका अन्य देशमा विद्यायमा गणित पार्क बनाएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिइने गरेको भए पनि नेपालका लागि भने यो नौलो अभ्यासका रूपमा प्रयोग भइरहेको छ, गणितलाई निकै अप्ठ्यारो विषयका रूपमा चित्रित गर्दा विद्यार्थीमा मनोवैज्ञानिक त्रास सिजना हुने गरेको छ ।”

गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले भने, “विद्यार्थीमा गणित त्रास फैलाउने कार्य अभिभावकदेखि शिक्षकसम्मले गर्दै आएका छन् । यसलाई दैनिक क्रियाकलापसँग जोडेर हेर्नुपर्दछ । यसै आधारमा शिक्षकले शिक्षण गर्नु पर्दछ । शिक्षणकार्यलाई सरलीकृत गरी विद्यार्थीलाई सहजरूपमा गणित अवधारणा बुझाउनका लागि पार्क निर्माणमा जोड दिएका छौँ ।”   

विद्यार्थी, शिक्षक र अभिभावकको प्रतिक्रियापछि पार्कमा राखिएका वस्तु थपघट तथा सुधार गर्ने कार्यसमेत हुने उनको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending