काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले अभिव्यक्ति स्वतन्त्रतामा नेपाल दक्षिण एशियामै अग्रणी मुलुककारुपमा स्थापित गर्न सरकार लागिपरेको छ भने ।
सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले युट्वसम्बन्धी नयाँ व्यवस्था गरेर यसलाई अझ व्यवस्थित र मर्यादित तुल्याउन खोजिएको तर अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न नभएको स्पष्ट पारे । उनले भने, “हामी सभ्य र सुन्दर समाज निर्माण गर्न चाहन्छौँ ।” वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन हुनेगरी कुनै कानून ल्याउँदैन र विगतमा ल्याइएका कानूनहरु पनि आवश्यकताअनुसार परिमार्जन गरिनेछ ।”
नेपाललाई संसारभर चिनाउन र सरकार जनताको हितमा काम गर्दैछ भन्ने सन्देश फैलाउन र आवश्यक सहयोग जुटाउन पनि विभिन्न देशमा सरकारीस्तरमा भ्रमण हुन लागेको जानकारी दिए । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा २०२२ मार्च ७ देखि १८ सम्म सञ्चालन हुने राष्ट्रिय क्षेत्राधिकार बाहिरको सामुन्द्री, जैविक विविधाको संरक्षण र दिगो उपयोगसम्बन्धी राष्ट्रसङ्घीय सामुन्द्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत अन्तरसरकारी सम्मेलनको चौथो सत्रमा नेपालका तर्फबाट सहभागिताका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा नेतृत्वको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै बङ्गलादेशको ढाकामा ८ देखि ११ मार्च २०२२ मा आयोजना भएको खाद्य तथा कृषि सङ्गठनको एशिया तथा प्रशान्त क्षेत्रमा हुने ३६औँ क्षेत्रीय सम्मेलनमा सहभागी हुन कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ ।
यसैगरी साउदी अरबका परराष्ट्रमन्त्रीबाट यही फागुन ३० गतेदेखि चैत १ गतेसम्म गर्नुहुने नेपाल भ्रमणका अवसरमा द्विपक्षीय वार्ताका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गरेको सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिए ।
उनका अनुसार नेपाल र साउदी अरब सरकारबीच हुने सहयोग सम्झौताको मस्यौदा स्वीकृत गरी नेपालकोतर्फबाट हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिइएको छ । बैठकले आगामी चैत १४ गते संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा हुने अल्पविकसित राष्ट्रबीचको संलग्नताको परामर्शसम्बन्धी रणनीति तयारी बैठकमा सहभागी हुन सचिव डा पे्रमनारायण कँडेललाई स्वीकृति दिएको छ ।
साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डलललाई संयुक्त अरब इमिरेट्स, सेशेल्स र कतारको भ्रमण गर्न स्वीकृति दिने निर्णय पनि बिहीबारको मन्त्रिपरिषद्को बैठकले गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: