बनेपा । गाउँमा नै फलफूल र पक्षीपालन गरेर यहाँका युवाले राम्रो आम्दानी गर्दै आएका छन् काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका–७ का नमस्कार लामाले मादन गाउँमा पहिलोपटक ‘नमस्ते कृषि फार्म’ सञ्चालन गरी व्यावसायिकरूपमा पक्षी र फलफूलखेती सुरु गरेका हुन् ।
कृषि पेशामा राम्रो भविष्य देखेको कारण सहरमा गरिरहेको व्यवसाय छाडेर गाउँ फर्की कृषि फार्म सञ्चालन गरेको लामाले बताए । यसअघि निर्माण व्यवसायमा सक्रिय लामा अहिले पक्षीपालन र फलफूल खेतीमा व्यस्त भएका छन् । उनले गाउँमा विभिन्न जातका पक्षीदेखि त्यहीअनुसारको फलफूल खेती गरिरहेका छन् । एकल व्यवसाय सञ्चालन गर्दै आएका उनले कृषि क्षेत्रमा लगानी गरेअनुसार जोखिम मोल्न नपर्ने र मेहेनतअनुसारको कमाइ हुने भएका कारण गाउँमा फर्केर कृषितर्फ केन्द्रित भएको उनले बताए ।
अहिले उनी बिहानदेखि बेुलकासम्म आफ्नै कृषि फार्ममा व्यस्त रहन्छन् । उनको फार्ममा पक्षीमा लोकल कुखुरा, लौकाट, टर्की र कालिज छन् भने फलफूलमा बुद्धचित्त माला, कागती, एभोकाडो, अनार, आँप र अम्बा रहेको छ । फलफूलको बिरुवा र पक्षीपालन गरी रु ३५ लाख लगानीमा सुरु गरेको व्यवसाय अब बजारको मागअनुसार बढाउँदै लैजाने उनले बताए ।
पचहत्तर रोपनी आफ्नै जग्गा र त्यसबाहेक ३५ रोपनी जग्गा भाडामा लिएर ११० रोपनी जग्गामा सो व्यवसाय गरेका हुन् । सहरमा भन्दा गाउँमा जग्गा कम भाडामा पाइने र आफ्नै पनि जग्गामा व्यवसाय गर्न पाउने भएकाले गाउँमा फर्केर व्यवसाय गरेको हो । “बजारमा जुन वस्तुको बढी माग हुन्छ, त्यहीअनुसारले व्यवसायलाई थप वृद्धि गर्दै लैजानका लागि पनि यसरी मिश्रितरूपमा पालन गरेको हुँ”, उनले भने, “बजारमा जुन पक्षीको बढी माग आउँछ, त्यहीअनुसार प्राथमिकतामा राखेर पालन गर्दैछु”, उनका फार्ममा कुखुरा दुई हजार, कालिज १५०, टर्की अलि कम रहेको छ । कुखुरा लागि गाउँतिर अलिअलि बिक्री भए पनि मुख्य बजार काठमाडौँ नै हुने गरेको लामाले बताए ।
बुद्धचित्त माला १५० बोट, कागती एक हजार ५०० बोट, एभोकाडो २०० बोट, अनार १०० बोट, आँप १०० बोट, अम्बा गरी करिब दुई हजार ५०० बोट फलफूल खेती गरिरहेको लामाले बताए । पाँच वर्षदेखि सुरु गरेको फलफूलमध्ये कागती, आँप र बुद्धचित्त मालाबाट यस वर्षदेखि आम्दानी लिन थालेको फार्म सञ्चालक लामाको भनाइ छ । सबै व्यवसायबाट मासिक रु ३० देखि ३५ हजार आम्दानी गरिरहेको र फलफूलको बोटबाट उत्पादन दिन थालेकाले अब राम्रो आम्दानी लिन पाउने अवस्थामा रहेको उनले बताए ।
फलफूलको बोट बिरुवा रोपेको र कुखुरापालन गर्ने काम थालनी गरेको करिब पाँच वर्ष भएको उनले फार्म दर्ता नै गरेर काम गरेको एक वर्ष भएको बताए । आम्दानी सोचेजस्तो लिन नपाए पनि धेरै तनाव लिनु नपर्ने र आफ्नै तालमा काम गरेर खटेअनुसारको फाइदा लिन पाउने भएकाले कृषि र पक्षीपालन व्यवसायमा लागेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: