सिन्धुपाल्चोक । राष्ट्रिय समाचार समिति ९रासस० का सिन्धुपाल्चोकस्थित वरिष्ठ स्थानीय समाचारदाता राम केसीको आज साँझ ७ः४६ मा काठमाडौँस्थित काठमाडौँ मेडिकल कलेजमा निधन भएको छ । दमरोग र छातीमा सङ्क्रमणका कारण उनी अस्वस्थ थिए।
चौतारा साँगाचोक नगरपालिका–७, सानो सिरुवारी निवासी ७५ वर्षीय केसी गत कात्तिकदेखि स्वास्थ्यमा थप समस्या देखिएपछि गत महिना सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज अस्पतालको सघन उपचार कक्षमा १० दिन उपचार गराई घरमा बसेका थिए। पुनः अस्वस्थ भएपछि उनी अघिल्लो हप्ता फेरि अस्पताल भर्ना भएका थिए।
विसं २०२६ देखि पत्रकारिता सुरु गरेका केसी विसं २०५३ वैशाख १ गतेदेखि राससमा कार्यरत थिए।
नेपाल पत्रकार महासङ्घको प्रेस स्वतन्त्रता सेनानी सम्मान, २०७४ तथा राससबाट उत्कृष्ट जिल्ला समाचारदाताका रूपमा २०५४ र २०५७ मा पुरस्कृत उनका राम केसी ‘चौतारे’ का नाममा उत्पीडन (कथा सङ्ग्रह), सुस्केरा र सुसेली (गीती सङ्ग्रह) र नियति (कथा सङ्ग्रह) प्रकाशित छन् । उहाँले २०५७ सालमा मिडिया प्वाइन्ट पुरस्कार र २०६० सालमा दैवीप्रकोप उद्धार पदकसमेत पाएका छन्।
उनका श्रीमती एक छोरा चार छोरी हुनुहुन्छ ।
सभामुखद्वारा दुःख व्यक्त
सभामुख अग्निप्रसाद सापकोटाले रासस सिन्धुपाल्चोकका वरिष्ठ स्थानीय समाचारदाता एवं साहित्यकार राम केसीको निधनप्रति दुःख व्यक्त गरेका छन्।
पाको उमेरसम्म पत्रकारितामा क्रियाशील केसीको ७५ वर्षको उमेरमा निधन भएको खबरले आफूलाई दुखित तुल्याएको बताउँदै सभामुख सापकोटाले दिवङ्गत चौतारेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनका शोकसन्तप्त परिवार एवं आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: