Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

युक्रेनमा रुसले आक्रमण गर्नुअघि र पछिका तस्बिरहरू

खबरडबली संवाददाता

काठमाडौं । रुसी क्षेप्यास्त्र आक्रमणले युक्रेनका सहरहरू ध्वस्त पारेको छ।

यहाँ प्रस्तुत आक्रमणअघि र आक्रमणपछिका तस्बिरहरूले गत हप्ता रुसले गरेको आक्रमणपछि आवासीय क्षेत्रहरूमा भएको विनाश देखाउँछ।

युक्रेनको राजधानी किएभबाट केही दूरीमा रुसी सेना रहेको भए पनि राजधानी सहरमा थुप्रै घातक हवाई आक्रमण भएका छन्।

तल प्रस्तुत अपार्टमेन्टको एउटा भागमा गत शनिवार बिहानै रुसी क्षेप्यास्त्र प्रहार भएको थियो।

किएभ

किएभको २० किलोमिटर उत्तर पश्चिममा सानो सहर इर्पिन पर्छ र केही सातायता रुस र युक्रेनका सेनाहरू बीचको अग्रपङ्क्तिमा रहेको छ।

तोप र हवाई आक्रमणहरूले त्यस क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको छ।

एउटा आक्रमणले तल चित्रित आवासीय क्षेत्र लगभग पूर्ण रूपमा ध्वस्त बनाएको छ।

इर्पिन

युक्रेनको दोस्रो ठूलो सहर खार्किभ धेरै दिनदेखि रुसको तीव्र हवाई प्रहारको केन्द्रबिन्दु बनेको छ र त्यस सहरको केन्द्रलाई नराम्ररी क्षति पुगेको छ।

युक्रेनी अधिकारीहरूका अनुसार सहरका आवासीय र अन्य क्षेत्रहरूमा बुधवार "रातभरि अन्धाधुन्ध गोली प्रहार" गरिएको थियो।

यसबारे संयुक्त राष्ट्रका अधिकारीहरूले सम्भावित युद्ध अपराधको अनुसन्धान गरिरहेका छन्।

खार्किभ
खार्किभ

किएभबाट ६० किलोमिटर उत्तर पश्चिममा अवस्थित सहर बोरोद्यान्कामा पनि रुसी हवाई आक्रमणले धेरै आवासीय भवनहरू ध्वस्त पारेको छ।

बिहीवारको ड्रोनमार्फत कैद गरिएको दृश्यले कुन हदसम्म विनाश भयो भन्ने प्रस्ट्याउँछ।

त्यहाँका केही भवनहरूको अवशेष अझै जलिरहेको छ। सडकमा सवारीसाधनहरू छरिएका देखिन्छन्।

किएभबाट १२० किलोमिटर उत्तर पूर्वमा रहेको सहर चेर्निहिभले पछिल्ला दिनहरूमा उत्तरबाट आक्रमण गर्ने रुसी सेनाहरूको भारी प्रहारको सामना गरेको छ।

अधिकारीहरूले बिहीवार सहरका विद्यालय र एउटा अग्लो अपार्टमेन्ट भवनलगायतका आवासीय क्षेत्रमा भएका आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु भएको बताएका छन्।

चेर्निहिभ
चेर्निहिभ

भूउपग्रहबाट खिचिएका तस्बिरहरूले चेर्निहिभको उत्तरमा अवस्थित रिभ्नोपिल्या नजिकैको गाउँको जमिनमा खाडलहरू देखाउँछन्।

रुसका सेनाद्वारा क्षेप्यास्त्र आक्रमणपछि जलिरहेको घरहरूबाट धुवाँ निस्किएको पनि देख्न सकिन्छ।

रिभ्नोपिल्या
 

बीबीसी 

 
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद्‌ ब्युँताउने रिट निवेदनमा देउवाको समर्थन छ ?

काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...

बयानमा नआउने ओलीको अडान, प्रहरी परिचालन गर्ने आयोगको तयारी

काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...

एमाले महासचिवमा ६ जना आकांक्षी, कसले मार्ला बाजी ?

काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...

विश्व उड्डयन बजार पुनः सशक्त बन्दै

जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...

निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ ।  पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...

यस्तो रहने छ आजको मौसम

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन ।  आज दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी ...

एनपीएलः एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । त्रिभुवन  अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...

र्‍यापर स्यामुयलद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

काठमाडौँ । चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending