Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

को हुन् पुटिनका विशेष सहयोगी ? जसले युद्धको योजना बुने

युद्धमा सेनालाई होम्ने भ्लादिमिर पुटिन, जसको व्यक्तित्व एकलकाँटे छ

खबरडबली संवाददाता

काठमाडौं । रुसको अर्थतन्त्रलाई अस्तव्यस्त पार्न सक्ने सम्भावना भएको उच्च जोखिमयुक्त युद्धमा रुसी सेनालाई होम्ने भ्लादिमिर पुटिनको व्यक्तित्व एकलकाँटे खालको छ।

आफ्ना विश्वासपात्र र निकटतम सल्लाहकारसँगका पछिल्ला दुई बैठकमा उनी स्पष्ट रूपमा पर बसेका थिए। त्यो सुनियोजित जस्तो पनि देखिन्थ्यो।

रुसी सेनाको सर्वोच्च नेतृत्वकर्ताको को हैसियतले आक्रमणको निर्णायक जिम्मेवारी उनमा निहित छ। तर उनी भने सधैँ आफ्ना बफादार र रुसी सैन्य सेवामा सँगै सेवा सुरु गरेका विश्वासपात्रहरूको भर पर्छन्।

आफ्नो शासनकालमा उत्पन्न सबैभन्दा कठिन अहिलेको अवस्थामा उनी कसको कुरा सुन्छन् त?

सर्गेई शोइगु।

यदि कसैको कुरा पुटिन सुन्छन् भने ती व्यक्ति पुटिनसँग लामो सङ्गत रहेका रक्षामन्त्री सर्गेई शोइगु हुन्। उनले पुटिनले जसरी नै युक्रेनलाई निरस्त्र पार्ने र रुसलाई पश्चिमा साझेदारहरूको सुरक्षा धम्कीबाट जोगाउनुपर्ने बताउँदै आएका छन्।

यी ती व्यक्ति हुन् जो पुटिनसँगै साइबेरियामा सिकार गर्न र माछा मार्न जान्छन्। विगतमा उनलाई पुटिनको सम्भावित उत्तराधिकारीको रूपमा चित्रण गरिएको थियो।

तर, तल देखाइएको यो असाधारण तस्बिरमा उनी पुटिनभन्दा पर देखिन्छन्।

उनी उनी सशस्त्र बलका प्रमुखको छेउमा छन्। यसले हाल पुटिनले उनको कुरा कति सुन्छन् भन्ने विषयमा संशय उत्पन्न हुन्छ।

बैठकमा रुसी राष्ट्रपति त अन्य अधिकारीहरू

एउटा बैठकमा रुसी राष्ट्रपति र अन्य अधिकारीहरू

 

उक्त तस्बिर रुसले युक्रेनमा सैन्य आक्रमण गरेको तेस्रो दिनपछि लिइएको हो। त्यतिबेला रुसी सेना युक्रेनमा भएको अप्रत्याशित प्रतिकारका कारण कमजोर मनोबलसँग सङ्घर्ष गरिरहेको थियो।

'शोइगु किएभतिर गएको हुनुपर्थ्यो। किनकि उनी रक्षामन्त्री हुन् र उनले यो युद्ध जित्नुपर्थ्यो' सशस्त्र द्वन्द्वविज्ञ भेरा मिरोनोभा भन्छिन्।

सन् २०१४ मा उनलाई क्राइमियामाथिको सैन्य नियन्त्रणको श्रेय दिइएको थियो। उनी सैन्य गुप्तचर निकाय जीआरयूको समेत नेृतत्व गर्थे। उक्त निकायलाई दुई चरहरूलाई विष आक्रमण गरिएको आरोप लागेको थियो - पहिलो सन् २०१८ मा यूकेको सालिस्बरीमा र सन् २०२० मा विपक्षी नेता एलेक्सी नभाल्नीलाई साइबेरियामा।

प्रस्तुत तस्बिर थप नजिकबाट नियाल्दा अवस्था झनै विषम देखिन्छ। 'यो मलाम गएको बेला जस्तो देखिन्छ' मिरोनोभाले भनिन्।

भालेरी गेरासिमोभ र सर्गेई शोइगु।

भालेरी गेरासिमोभ र सर्गेई शोइगु

 

यो दृश्य केही असहज देखिए पनि रुसी सुरक्षाविज्ञ एवं लेखक आन्द्रेई सोल्दातोभका अनुसार रक्षामन्त्री शोइगु अझै पनि पुटिनले बढी कुरा सुन्ने र निकटस्थ विश्वासपात्र हुन्।

'शोइगुले सैन्य मामिला मात्र नभई रुसी विचारधारा पनि हेर्छन्। रुसी विचारधारा इतिहाससँग जोडिएको छ र उनी यो भाष्यलाई नियन्त्रण गर्छन्।'

भालेरी गेरासिमोभ।

रुसी सैन्य बलको प्रमुख भएकाले युक्रेनमा आक्रमण गर्ने र काम चाँडै फत्ते गर्ने जिम्मा भालेरी गेरासिमोभको हो। तर, उनले नतिजा हात पारिसकेका छैनन्।

सन् १९९९ को चेचेन युद्धमा रुसी फौजको नेतृत्व गरेदेखि उनले अहिलेसम्म पुटिनका अधिकांश सैन्य अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। युक्रेनविरुद्धको सैन्य आक्रमणको योजनामा पनि उनी अग्रपङ्क्तिमा खटेका थिए। गत महिना उनलाई बेलारुसमा सैन्य अभ्यासको निरीक्षण गरेको देखिएको थियो।

रुसी मामिलाविज्ञ मार्क गालिओटीले जेनरल भालेरी गेरासिमोभलाई 'रूखो र जब्बर' को सङ्ज्ञा दिएका छन्। उनका अनुसार क्राइमिया रुसमा गाभ्ने सैन्य अभियानमा गेरासिमोभको भूमिका प्रमुख थियो।

युक्रेनविरुद्धको सैन्य अभियानको सुस्त थालनी र रुसी सेनाको खस्किँदो मनोबलका कारण उनलाई अहिले कुनामा पारिएको केही विवरणहरूले जनाएका छन्।

तर, रुसी अनुसन्धान पत्रकार आन्द्रेई सोल्दातोभका अनुसार केही मानिसहरू 'पुटिनले सबै मामिला र सबै सैन्य सैनिक दलको एक्लै निरीक्षण गर्न सक्दैनन् र यही उनको जिम्मेवारी हो' जस्ता आशावादी टिप्पणी गरेको बताउँछन्। 

उनी भन्छन्, 'रक्षामन्त्रीलाई आफ्नो सैनिक पोसाकप्रतिको मोह निकै होला, तर सैन्य अनुभव अभावका कारण उनले पनि विशेषज्ञको भर पर्नुपर्ने हुन्छ।'

निकोलाइ पात्रुशेभ।

'पात्रुशेभ एक आक्रामक र हक्की स्वभावका व्यक्ति हुन्। उनी पश्चिमा मुलुकहरूले वर्षौँदेखि रुसलाई कमजोर बनाउन खोजेको ठान्छन्' यूनिभर्सिटी कलेज लन्डनका सहप्राध्यापक बेन नोबलले भने।

उनी पुटिनका तीन बफादारमध्ये एक हुन् जसले सन् १९७० यता पुटिनसँगै सेन्ट पिटर्सबर्गमा सेवा गरेका थिए। रुसको दोस्रो ठूलो सहर सेन्ट पिटर्सबर्ग त्यतिबेला लेनिनग्रादको नामले चिनिन्थ्यो।

अन्य दुई बफादारमा सुरक्षा सेवा प्रमुख अलेक्जेन्डर बोर्न्तिकोभ र परराष्ट्र गुप्तचर प्रमुख सर्गेई नारीश्किन हुन्। राष्ट्रपतिको सबै भित्री र निकटस्थहरूलाई 'सिलोभिकी' भनिन्छ। तर, यी तीन व्यक्ति पुटिनका निकटतम भएको विश्वास गरिन्छ।

पुटिनमा प्रभाव पार्न सक्ने केहीमा निकोलाई पात्रुशेभ पनि पर्छन्।

उनले कम्युनिस्ट शासनकालमा 'केजीबी' भनिने सुरक्षा निकायमा पुटिनसँगै काम गरे। सन् १९९९ मा केजीबीको उत्तराधिकारीको रूपमा आएको अर्को संस्था 'एफएसबी' मा पुटिनलाई प्रतिस्थापन गर्दै उनी प्रमुखको रूपमा आएका थिए। उनले त्यहाँ सन् २००८ सम्म सेवा गरे।

अलेक्जेन्डर बोर्तिन्कोभ।

युक्रेनमा धावा बोल्नु तीन दिनअघि पात्रुशेभले रुसी सुरक्षा परिषद्को बैठकमा अमेरिकाप्रतिको आफ्नो अडान स्पष्ट गरे। रुसलाई विभाजन गर्नु अमेरिकाको उद्देश्य भएको उनको भनाइ थियो।

उक्त बैठक एउटा विशिष्ट रङ्गमञ्चको हिस्साजस्तै देखिएको थियो, राष्ट्रपति पुटिन केही पर डेस्कमा बसेर सभा चलाउँदै थिए भने उनको सुरक्षा टोलीका सदस्यहरू एक-एक गर्दै माइक भएको ठाउँमा पुगेर युक्रेनमा रुस-समर्थित विद्रोहीहरूको स्वतन्त्रतालाई मान्यता दिनेबारे आफ्नो विचार व्यक्त गर्दै थिए।

पात्रुशेभले उक्त बैठकमा पुटिनलाई प्रभावित पारे। 'सैन्य आक्रमणमा विश्वास गर्ने अधिकारीहरूमध्ये उनी एक प्रमुख हुन्। अनि धेरैको अनुमानअनुसार पुटिन उनकै चरम सैन्यवादतर्फ ढल्किँदै छन्', बेन नोबलले भने।

क्रेम्लिन नियालिरहेका केही पर्यवेक्षकहरूका अनुसार रुसी राष्ट्रपति अन्य स्रोतबाट प्राप्त जानकारीभन्दा सैन्य निकायबाट प्राप्त जानकारीप्रति अधिक विश्वास गर्छन्। यस मामिलामा अलेक्जेन्डर बोर्न्तिकोभ पुटिनसँग नजिक मानिन्छन्।

सुरक्षा परिषद्मा पुटिनद्वारा आयोजित बैठक।

उनको पुटिनसँगको सङ्गत लेनिनग्रादस्थित केजीबीमा काम गर्दादेखिकै हो। केजीबीको उत्तराधिकारी निकाय एफएसबीको प्रमुखको रूपमा निकोलाई पात्रुशेभपश्चात् उनी आएका थिए।

पात्रुशेभ र बोर्त्निकोभ दुवै पुटिनको निकटस्थ र विश्वासपात्र मानिन्छन्। तर बेन नोबलका अनुसार पुटिनले लिने निर्णयहरू यी दुईमध्ये कसको हो भनेर खुट्याउन गाह्रो छ।

देशका कानुन कार्यान्वयनकारी निकायहरूमा एफएसबीकोप विशेष प्रभाव छ र उसको आफ्नै छुट्टै विशेष फौज पनि छ। आन्द्रेई सोल्दातोभका अनुसार बोर्न्तिकोभ महत्त्वपूर्ण छन्। तर, उनी पुटिनलाई चुनौती वा अरूले जसरी सुझाव दिन सक्दैनन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डडेलधुरामा देउवापछि को ?

काठमाडौं । डडेलधुराबाट निरन्तर संसद्मा प्रतिनिधित्व गर्दै आएका कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले यसपालि पनि चुनाव लड्न चाहेका थिए तर टिकट पाएनन् ...

प्रहरीलाई निर्वाचन लक्षित प्रशिक्षण सुरू

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम बुधबारदेखि प्रहरी प्रधान ...

प्रतिनिधिसभा निर्वाचनः महोत्तरी–४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ । उम्मेदवारसँगै राजनीतिक दलका कार्यकर्ता गाउँबस्ती पुगेर मत माग्न व्यस्त छन् । ...

बालेनलक्षित ओलीको टिप्पणी- म त जहाजै उडाउन सक्छु भन्दै यात्रुले पाइलट सिटमा बस्न मिल्दैन

दुई चरणमा चुनाव गर्ने कुरा कुनै हालतमा पनि स्विकार्य हुदैन

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, कहाँ कस्तो रहन्छ मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्...

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई न...

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हेर्‍यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालिका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा ...

मापदण्ड संशोधन गरी बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समय थप

काठमाडौँ । सरकारले बहुवर्षीय आयोजनासम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन गर्दै नयाँ मापदण्ड जारी गरेको छ । ‘आयोजनाको बहुवर्षीय ठेक्का सह...

झापा–२ मा निवर्तमान सभामुखलाई उपसभामुखको चुनौती, अरु दलका कस्ता छन् प्रतिस्पर्धी ?

झापा । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा पनि चुनावी गतिविधि तीव्र बन्दै गएका छन् । निवर्तम...

दल र उम्मेदवारले २५ हजार माथिको नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE