म्याग्दी । विद्यार्थीलाई कुटपिट गरेर घाइते बनाउने बेनीको प्रकाश माविका शिक्षकले माफी मागेका छन् । विद्यालयले उपचार खर्च बेहोर्ने, शिक्षकलाई स्पष्टीकरण सोध्ने र शिक्षकले माफी माग्नेलगायत पाँचबुँदे सहमति आइतबार भएको हो ।
यही फागुन १३ गते लेखा विषय शिक्षक नवीन घिमिरेको कुटाइबाट कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको दुई वटा करङ भाँचिएको थियो ।
घटनाको दश दिनपछि कुटपिट गर्ने शिक्षक घिमिरेले कमजोरी स्वीकार गरेर गल्ती नदोहोराउने लिखित माफी मागेपछि विद्यार्थीका अभिभावक र व्यवस्थापन समितिका पदाधिकारीबीच सहमतिमा हस्ताक्षर भएको हो ।
शिक्षक घिमिरेले कक्षा कोठामै पाइपले निलडाम र चोट पर्ने गरी टाउको र दाडमा पिटेपछि करङ भाँचिएर घाइते भएका पौडेलको उपचार भइरहेको छ । निमित्त प्रअ लेखबहादुर हमाल र राजनका बुबा भीमप्रसाद पौडेलबीचको हस्ताक्षर भएको सहमतिपत्रमा घाइते विद्यार्थीलाई विद्यालयले १२ कक्षासम्म निःशुल्क पढाउने उल्लेख छ ।
पौडेलको स्वास्थ्य सामान्य नहुँदासम्म उपचारको क्रममा भएको खर्च पेश गरेको बिल भर्पाइको आधारमा भुक्तानी र चोटका कारण भविष्यमा कुनै समस्या आएमा विद्यालयले उपचार गर्ने सहमति भएको छ । यही फागुन १८ गतेको व्यवस्थापन समितिको बैठकले शिक्षक घिमिरेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
पढाउने क्रममा कागजको ढल्ला बनाएर हानेको जनाउँदै घिमिरेले पौडेलसहित कृष्ण तामाङ, निशान गर्बुजा, रुपेश बोहोरा र विपन पुर्जालाई कुटपिट गरेका थिए।
भीमप्रसादले मर्यादाविपरीत बालमनावैज्ञानिक असर पर्ने गरी यातना दिने शिक्षक घिमिरेलाई कारबाहीको माग गर्दै फागुन १५ गते विद्यालयमा निवेदन दर्ता गरेका थिए।
नेपाल विद्यार्थी सङ्घले फागुन १५ गते र अनेरास्वयु क्रान्तिकारीले फागुन २२ गते विज्ञप्ति प्रकाशन गरेर शिक्षकलाई कारबाही गर्दै सुरक्षित भएर पढ्ने वातावरण बनाउन माग गरेका थिए । विद्यार्थी कुटेर घाइते बनाएको समाचार सार्वजनिक भएपछि शिक्षक घिमिरे, विद्यालय प्रशासन र व्यवस्थापन समितिलाई दबाब परेको थियो ।
शिक्षक अभिभावक सङ्घका अध्यक्ष दिनेश शर्मा, विद्यालय व्यवस्थापन समितिका सदस्य सरला सुवेदी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष नारायण ढुङ्गाना, घाइते विद्यार्थीका भिनाजु यामनाथ सुवेदी, आफन्त ऋषिकेस तिवारी, नेविसङ्घ म्याग्दीका सभापति निर्मल खत्री र बेनपा–६ का अध्यक्ष कृष्णसिंह बानियाँको रोहबरमा सहमति भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: