Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

युक्रेन-रुस युद्ध : मानवीय संकट गहिरिँदै, 'तेस्रो विश्वयुद्ध' निम्त्याउन सक्ने !

रुसी फौज अगाडि बढ्ने क्रम जारी, अझै प्रतिकारमा युक्रेनी सैनिक

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनमा रुसी फौजको निरन्तर हमलाबीच मानवीय सङ्कट गहिरिँदै गएको छ।

रुसी फौजको गोलाबारीका कारण फसिरहेका सर्वसाधारण हातमुख जोड्न नसक्ने वा भोकभोकै बस्नुपर्ने स्थितिमा पुगेको बताइएको छ।

गोलाबारीमा सर्वसाधारण मारिने क्रम बढ्दो छ। आइतवार ईर्पिन नगरमा सुरक्षित स्थानतर्फ भाग्न खोजिरहेका केही मानिसहरू मारिएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यस्ता आक्रमणका लागि कहिल्यै क्षमा दिन नसिकने बताएका छन्।

भीषण गोलाबारी

राष्ट्रपतिका एक सल्लाहकारका अनुसार आइतवार अबेर राति रुसी फौजले राजधानी किएभको बाहिरी भेगका साथै मारिऊपोल र दोस्रो ठूलो शहर खार्किभका आवासीय क्षेत्रहरूमाथि भीषण गोलाबारी गरेका छन्।

यसैबीच युक्रेनी राष्ट्रपतिले रुसका लागि 'नो फ्लाई जोन' अर्थात्‌ हवाई उडानमा प्रतिबन्ध लगाउन आग्रह गरिरहँदा त्यसलाई लिएर अमेरिकी राजनीतिज्ञहरूबीच मतभेद देखिएको छ। एकजना अमेरिकी सिनेटरले उक्त कदमले ठूलो खतरा निम्त्याउन सक्ने जोखिम औँल्याएका छन्।युक्रेनयुक्रेनयुक्रेनयुक्रेनयुक्रेन

सिनेटको गुप्तचर समितिमा रहेका उच्च तहका रिपब्लिकन सिनेटर मार्को रुबिओले नो फ्लाई जोनको अर्थ तेस्रो विश्वयुद्धको शुरूवात हुने सीएनएन टेलिभिजनसँग भने।

'नो फ्लाई जोन के हो भन्ने कुरा मानिसहरूले बुझ्नुपर्छ। त्यो यस्तो नियम होइन जसलाई सबैले मान्नैपर्छ। त्यसको अर्थ रुसका विमानहरूलाई खसाल्नुहुनेछ' उनले थपे।

रुसबाट तेल आयातलाई जारी राख्नुको कुनै तुक आफूले नदेखिएको भन्दै सिनेटर रुबिओले रुसले उक्त आम्दानीको खर्च युक्रेन युद्धमा गरिरहेको टिप्पणी गरे।

तर, वेस्ट भर्जिनियाका डेमोक्र्याट सिनेटर जो म्यानचिनले चाहिँ नो फ्लाई जोनको विचारलाई अस्वीकार गर्न नसकिने एनबीसीलाई बताए। 'वार्ताको टेबुलमा म कुनै विषय छोड्दिनँ' उनले थपे।

रुसी फौजले प्रतिक्रारको सामना गर्दै : अमेरिका

रुसी फौजहरू अगाडि बढ्ने क्रम जारी रहे पनि युक्रेनी सैनिकहरूले अझै प्रतिकार गरिरहेको वाशिङ्गटनस्थित सैन्य स्रोतहरूले जनाएका छन्।

अमेरिकी सैन्य स्रोतका अनुसार मस्कोले युक्रेनी हवाई क्षेत्रमा अझै पूर्ण नियन्त्रण कायम गर्न नसकेको र किएभतर्फ बढ्न खोजेको रुसी फौजको विशाल लस्कर अझै रोकिएको अवस्थामा छ।प्रदर्शन

अतिक्रमणअघि जम्मा भएका रुसी फौजमध्ये ९५ प्रतिशत लडाइँमा जुटिसकेको अमेरिकी रक्षा अधिकारीहरूको विश्वास छ।

अमेरिकी कङ्ग्रेसले युक्रेनका लागि १० अर्ब डलर बराबरको सैन्य र मानवीय सहायतालाई छिट्टै अनुमोदन गर्ने अपेक्षा गरिएको छ।

तेलको मूल्यमा व्यापक वृद्धि

संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले रुसी निर्यातमाथि प्रतिबन्ध लगाउन सक्ने खबरहरूबीच तेलको भाउमा व्यापक वृद्धि भएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल १३८ डलर पुगेको छ। विवरणहरूमा जनाइएअनुसार तेलको मूल्य हालसम्मकै उच्च पुग्ने दिशामा उन्मुख छ।

युक्रेनमा जारी लडाइँ तत्काल रोकिने कुनै सम्भावना नदेखिएको पृष्ठभूमिमा धातुका साथै गहुँ, मकै लगायत वस्तुको मूल्यमा पनि व्यापक वृद्धि भएको छ।

परमाणु केन्द्रलाई लिएर चिन्ता

परमाणु ऊर्जा नियमनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुखले युक्रेनी परमाणु केन्द्र तथा त्यसका पर्यवेक्षकहरू रुसी नियन्त्रणमा रहेकाबारे गम्भीर चासो व्यक्त गरेका छन्।

आईएईएका प्रमुख रफाएल ग्रोसीका अनुसार युक्रेनी निकायलाई जोपोरिज्या परमाणु ऊर्जा केन्द्रका आफ्ना कर्मचारीहरूसँग सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको छ।

रुसी फौजले मोबाइल नेटवर्क र इन्टरनेट काटिदिएपछि भरपर्दो सूचना आउन नसकेको उनले बताएका छन्।

फ्रेन्च राष्ट्रपतिसँग कुराकानीका क्रममा रुसी राष्ट्रपतिले युक्रेनी परमाणु ऊर्जा केन्द्रहरूमाथि हमला गर्ने कुनै मनशाय नरहेको बताएका छन्।

तनाव मत्थर पार्ने प्रयास

फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँले तनाव मत्थर पार्ने र घेराबन्दीमा रहेका युक्रेनी शहरमा मानवीय सहायता पुर्‍याउन दिने प्रयासमा रुसी एवं युक्रेनी नेताहरूसँग कुराकानी गरेका छन्।

कुराकानीका क्रममा पुटिनले अतिक्रतमण वा वार्तामार्फत्‌ आफूले युक्रेनमा आफ्ना लक्ष्यहरू हासिल गर्न चाहेको माक्रोँलाई भनेको उनको कार्यालयस्थित अधिकारीहरूले बताएका छन्।

युक्रेनी परमाणु केन्द्रहरूको सुरक्षा सुनिश्चितताबारे माक्रोँले चासो राख्दा पुटिनले तिनीहरूमाथि हमला गर्ने कुनै मनशाय नरहेको बताएका थिए।

युक्रेनमा सर्वसाधारणमाथि जानाजान आक्रमण भइरहेको विषयमा वाशिङ्गटनले विश्वसनीय प्रमाणहरू सङ्कलन गरिरहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले बताएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वनमा लागेको डढेलो गाउँमा सल्किँदा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी  भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको ड...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक ल्हासामा

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न...

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

पढाइसँगै घरखर्चको जोहो गर्न कोर्छिन् चित्र

नयाँ बजेट कस्तो ल्याउने ? अर्थमन्त्री पुनले लिए सात पूर्वअर्थमन्त्रीसँग सुझाव

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। अर्थमन्त्री पुनले बुधबार पूर...

विष्णु पौडेल भन्छन्- यो सरकार अस्थिर छ भनेर चलाइएका हल्ला निराधार हुन्

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका प...

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी...

८० औं जन्मदिनमा नागरिकता उपहार

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छन्। विक्रम संवत् २००० साल वैशाख...

मन्त्री बस्नेतसँगको अन्तर्वार्ता- कतारका राजाको भ्रमणलाई ऐतिहासिक अर्थमा ग्रहण गर्न सकिन्छ

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमण...

कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री  नियुक्त भएको १६ दिनपछि एक जना मन्त्री थप गरेर आज विश्वासको मत ...

औषधीको परीक्षण अब फार्मेसीमै !

काठमाडौं । औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको परीक्षण अब फार्मेसीमै गरिने भएको छ। फार्मेसीमै औषधीको परीक्षण गर्न लागिएको यो पहिलो पटक हो।...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies