स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक बदल्छु भन्ने नेताहरु पहिला आफैँ बदलिन आवश्यक रहेको बताएका छन्।
स्याङ्जाको वालिङ नगरपालिका–७ केवरे बनकट्टामा नवनिर्मित गुरुङ समुदायको कोइबोको आज उद्घाटन कार्यक्रममा उनले नेताहरुमा देखिएको अहिलेकै प्रवृत्तिले मुलुक नबदलिने बताए ।
“भाषणमा मुलुक बदल्ने कुरा निकै गर्छौं तर व्यवहारमा फरक छ, यसरी मुलुक बदलिँदैन”, उनले भने, “मुलुक बदल्नका लागि सबैभन्दा पहिला नेताहरुमा रहेका कमीकमजोरी तथा सोचलाई परिवर्तन गर्न आवश्यक छ, अनि मात्रै बदलिएको मुलुक बनाउन सकिन्छ ।”
धेरै नेताभन्दा पनि एक÷दुई जना असल नेता भए मात्रै पनि समाज रूपान्तरण गर्न सकिने उनको भनाइ छ। “खराब नेताले देश डुबाउँछ तर एउटै असल नेता भएदेखि देशको मुहार परिवर्तन गर्छ र माथि उठाउँछ”, उनले भने, “असल नेता भएकै कारण विश्वका केही देशहरुले निकै फड्कोसमेत मारेका छन् विकासशील देशका रूपमा अगाडि उदाएका छन् ।”
अब नजिकै स्थानीय तहको निर्वाचन पनि आइरहेकाले नागरिकहरु समयमै सचेत भएर कस्तो नेता छान्ने भन्ने सोच्नुपर्ने बेला भएको बताए। निर्वाचनका बेला बहकाउमा लागियो भने पाँच वर्षसम्म पछुताइरहनुपर्ने भएकाले समयमै सचेत भएर अगाडि बढ्न पनि आग्रह गरे।
“एमसिसी राष्ट्रघाती हुन् भनी गरिएका प्रचारहरु भ्रम मात्रै हुन्”, उनले भने, “हामी पनि नेपाल आमा र नेपाली जनताका लागि राजनीति गरेका हौँ, जुन भ्रम फिँजाइएको छ त्यो होइन ।”
कोइबो निर्माणले गुरुङ समुदायको भाषा, कला, संस्कृतिको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई अभियानकै रूपमा सञ्चालन गर्न पनि उनको सुझाव थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: