विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै तिक्तता नरहेको बताएका छन्।
नेपाली कांग्रेस विराटनगर महानगरपालिका कार्यसमितिद्वारा आज यहाँ आयोजित वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक बृहत् सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
उनले भने, “नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा एउटा कुरा र सत्तामा जाँदा अर्को कुरा गर्ने पार्टी होइन, कठिन परिस्थितिमा बनेको गठबन्धन सरकार चलाउनलाई मात्र हो, आगामी चुनावसम्मका लागि होइन ।”
सिद्धान्त र विचार नमिल्ने कम्युनिष्टसँग तालमेल गरेर नेपाली कांग्रेस चुनावमा नजाने भन्दै केन्द्रीय सदस्य डा कोइरालाले कांग्रेस निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने जिकिर गरे। उनले कांग्रेस विधि मान्ने र न्याय गर्ने पार्टी भएकाले पार्टीमा सबैको सम्मानजनक स्थान हुनुपर्छ भन्दै पार्टी पारदर्शी, उत्तरदायी र जवाफदेही हुनुपर्नेमा जोड दिए।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भावनात्मक एकता र व्यवहारले मात्र राष्ट्रवाद बलियो हुने भन्दै जनता विभाजित गरेर राष्ट्रवाद हुन नसक्ने तर्क गरे। उनले लोकसेवा उत्तीर्ण गर्ने राष्ट्रसेवक कर्मचारी र जनताबाट उत्तीर्ण भएको जनप्रतिनिधिले भ्रष्टाचारलाई रोक्नुपर्ने विचार व्यक्त गरे।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको १४औँ महाधिवेशनले एउटा तिथि बसालेको बताउँदै नेपाली कांग्रेस अर्धवाचन र वाचन गरेर नेतृत्व छनोट गर्ने पार्टी नभएको जिकिर गरे । उनले एमसिसी देश र जनताकै हित छ, कुनै पनि ठाउँमा राष्ट्रघात नभएको प्रष्ट पार्दै आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएर छाड्ने कुरामा जोड दिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले नेपाली कांग्रेस जहिले जनता र राष्ट्रका निम्ति अघि बढिरहेको बताए । कांग्रेस प्रदेश नं १ संसदीय दलका नेता एवं पार्टीका केन्द्रीय सदस्य राजीव कोइरालाले आम नागरिकको आस्था र विश्वास बोकेको कांग्रेस जनताको चाहनाअनुसार काम गर्नुपर्ने विचार व्यक्त गरे।
सो कार्यक्रममा कांग्रेसका केन्द्रीय सरिता प्रसाई अमृत अर्याल, नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू, नेता डा चन्द्र भण्डारी, कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईँ, नेता गुरुराज घिमिरेलगायतले बोलेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ०९:१९
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...
मंसिर २३ गते, २०८२ - ०७:४०
वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...
मंसिर २३ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...
मंसिर २३ गते, २०८२ - ०७:३४
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...
मंसिर २३ गते, २०८२ - ०७:०७
काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्...
मंसिर २३ गते, २०८२ - ०७:०४
काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...
मंसिर २३ गते, २०८२ - ०७:०१
काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...
मंसिर २३ गते, २०८२ - ०६:५८
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...




प्रतिकृया लेख्नुहोस्: