काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमक्ष न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकार मिडिया अध्ययन प्रतिवेदन, २०७८ र श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस, २०७८ पेश गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री कार्कीलाई समितिका अध्यक्ष राजेन्द्र अर्यालले ती प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन ग्रहण गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले समाजलाई गतिशील बनाउन पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए । उनले समितिले बुझाएका दुवै प्रतिवेदनलाई मन्त्रालयले अत्यन्त महत्वपूर्ण दस्तावेजका रूपमा ग्रहण गरी यसमा दिइएका सुझावको कार्यान्वयन गर्दै लैजाने आश्वासन दिनुभयो । मन्त्री कार्कीले भने, “हामी सबै एकै परिवारका सदस्य हौँ, सुझाव दिने र लिनेभन्दा पनि यस क्षेत्रमा देखिएका समस्याको आपसी समन्वयका आधारमा निकाल्न सक्छौँ ।”
सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले बढ्दो महँगी, बजार मूल्य र अन्य क्षेत्रमा कार्यरत कर्मचारीको पारिश्रमिकको आधारमा पत्रकारको पनि ५० प्रतिशत पारिश्रमिक वृद्धि गर्नुपर्ने आवश्यकता रहे पनि समितिले तत्काल २५ प्रतिशतले वृद्धि गर्न गरेको सिफारिस तत्काल वृद्धि गर्न आग्रह गरे। उनले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न पनि माग गरे।
समितिका अध्यक्ष अर्यालले सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पेसागत हक, हित र सेवा सुविधा तथा सुरक्षाका लागि समितिले अध्ययन गरी तयार गरेको न्यूनतम पारिश्रमिक प्रदान गर्न, समितिलाई साधन स्रोत सम्पन्न बनाई कार्याधिकारसमेत विस्तार गरी पारिश्रमिक निर्धारण तथा अनुगमन बोर्ड बनाउन आग्रह गर्नुभयो । उहाँले प्रत्येक सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार ऐन नियमावलीअनुसार कल्याणकारी कोषको स्थापना गर्न र कोभिड प्रभावित पत्रकार, कर्मचारी तथा कामदारलाई विशेष राहत प्याकेज घोषणा गर्नसमेत अनुरोध गरे।
सो अवसरमा मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याललगायत उच्च अधिकृतहरु पनि उपस्थित हुनुहुन्थ्यो । श्रमजीवी पत्रकारसम्बन्धी ऐनअनुसार स्थापना भएको यस समितिको वर्तमान कार्यसमितिको दुई वर्षको कार्यकाल भोलिदेखि समाप्त हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १७:१२
काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...
चैत्र ३ गते, २०८२ - १६:५७
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...


प्रतिकृया लेख्नुहोस्: