Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

मन्त्री आलेद्वारा महाशिवरात्रिका अवसरमा क्षेत्रको व्यवस्थापन र निरीक्षण

खबरडबली संवाददाता

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा भगवान् पशुपतिनाथको दर्शनका लागि आज बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा लाखौँ भक्तजन उपस्थित रहेका छन् ।

महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि खुला गरिएको छ भने ढोका खोल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लागिसकेको थियो । 

भक्तजनको दर्शनका लागि सहज होस् भनेर पशुपतिनाथ क्षेत्रमा ५०० स्वयम्सेवक परिचालन गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य एवं मेला व्यवस्थापन समितिका संयोजक पूर्णसङ्गम जेठाराले बताए । उनले भने, “बिहानैदेखि भक्तजनको भीड लागेको छ, भक्तजनको सहजताका लागि ५०० स्वयम्सेवक परिचालन गरेका छौँ, आवश्यकताअनुसार थप स्वयम्सेवक पनि परिचालन गरेका छौँ ।”

मन्दिरमा भक्तजनको उपस्थितिलाई ध्यानमा राखेर मन्दिर एवं पूजाको व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज बिहानैदेखि खटिएका छन् । उनी आज बिहान ३ बजे नै मन्दिरमा उपस्थित भई आवश्यक सबै तयारी गरेका थिए। 

यसअघि उनले पाशुपत क्षेत्रका भित्ता तथा खाली स्थानमा भगवान्का तस्बिर बनाउने, विभिन्न रङ्गका फूलले यस क्षेत्र सजाउने आदि काम गर्न निर्देशन दिएका थिइन् । गएको हप्तादेखि नै महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा गर्नुपर्ने काममा उहाँ आफैँ खट्ने र निर्देशन दिने गरेकाले यस पटकको महाशिवरात्रि पर्वमा पशुपतिनाथमा मेला तथा दर्शन गर्न सहज र व्यवस्थित भएको देखिएको छ ।   

आज मध्याह्नदेखि पशुपति क्षेत्रमा दर्शनार्थीको बाक्लो भीड बढेसँगै सुरक्षाकर्मीको सङ्ख्या पनि थप गरिएको बताइएको छ । प्रत्येक वर्ष फाल्गुण कृष्ण चतुर्दशीको राति मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुसी पार्ने विशेष दिन भएको बताइन्छ । परब्रह्मले फाल्गुण कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए। 

यसैगरी पर्वलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष प्रेमबहादुर आलेको अध्यक्षतामा मूल समारोह समिति र विभिन्न १० वटा उपसमिति गठन गरिएको छ ।

पशुपतिनाथमा महाशिवरात्री पर्वमा आउने भक्तजन गएरातिदेखि नै भोकभोकै लाइनमा बस्ने गरेकाले उनीहरु बिरामी हुन पनि सक्ने भएकाले उपचारका लागि तत्काल अस्पताल पुर्‍याउन एम्बुलेन्सको व्यवस्था मिलाउन पनि मन्त्री आलेले समितिका पदाधिकारीलाई निर्देशन दिनुभएकाले यहाँ एम्बुलेन्सको व्यवस्था पनि मिलाइएको छ । मन्दिर दर्शनका लागि तीनवटा दर्शनमार्ग व्यवस्था गरिएको छ । गुह्येश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्र गाडेश्वर छेउको उत्तरतिरको ढोकाबाट एउटा लाइन हुनेछ भने मित्रपार्क जयबागेश्वरी, इँटापाखा भएर भुवनेश्वरमा रहेको फलामको ढोका हुँदै पश्चिम ढोकातर्फ तथा बत्तीसपुलती, गौशाला, एयरपोर्ट, तिलगङ्गा चार शिवालय हुँदै अर्को लाइनको व्यवस्था गरिएको विकास कोषले जनाएको छ ।

मन्त्री आलेको निर्देशनपछि पशुपति क्षेत्र विकास कोषले हंसमण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा नि:शुल्क भोजनको व्यवस्था गरिएको छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन/तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गरिएको छ । बाहिरी सबै लाइनमा आज दिनभर भक्तजनको भीड लागेको थियो । दक्षिणतर्फको लाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म, उत्तरतर्फको लाइन गुह्येश्वरी र पश्चिमतिरको लाइन गौशालासम्म पुगेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार पशुपतिनाथ दर्शनका लागि छिमेकी मुलुक भारतबाट पनि ठूलो सङ्ख्यामा साधुसन्त तथा भक्तजन आएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धानको समर्थन मूल्य तोकियो, यस्तो छ मन्त्रिपरिषद्को बैठकका चारवटा महत्त्वपूर्ण निर्णय

काठमाडौँ। सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य त...

प्रधानमन्त्रीज्यूले आवश्यकता अनुसार सम्बोधन गर्नैपर्ने ठाउँमा गर्नुहुन्छ: सकारका प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले प्रधानमन्त्रीको सम्बोधन आवश्यकताअनुसार हुने बताएका छन्। सोमबार मन्त्रिपरिषद्को बैठकक...

प्रधानमन्त्री बालेनको विदेश भ्रमण उपयुक्त समयमा हुन्छ: सरकार प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाहको भारतसहित अन्य वैदेशिक भ्रमण उपयुक्त समयमा मात्र ...

सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएका विकृति र समस्या समाधानका लागि तयार गरिएको सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गर...

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरण...

रवि लामिछानेको भारत भ्रमण जेठ १८ देखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। उनी जेठ २० गते स्वदेश फर्किने क...

सुशासन र सुधारमा केन्द्रित लुम्बिनीको नयाँ नीति तथा कार्यक्रम

दाङ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै नयाँ नीति तथा कार्यक्रम स...

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा साइबर अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा साइबर अपराध तथा राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ। पर्सा प्रहरीले दिए...

‘प्रतिनिधि सभा निर्वाचन–२०८२ सफल बनाउन सबैको भूमिका महत्त्वपूर्ण’

मोरङ। गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल एवं नागरिकले महत्त्वपूर्ण भू...

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध छ : कानुनमन्त्री गौतम

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending