काठमाडौं । धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन १६ गतेसम्म ५० लाख नाघेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार हाल डिम्याट खाताको सङ्ख्या ५० लाख सात हजार २४२ छ । त्यस्तै डिम्याट खाताका साथै मेरो शेयर खाताको सङ्ख्यासमेत बढेको छ । सिडिएसका अनुसार मेरो शेयरको सङ्ख्या ४१ लाख नाघेको छ । विवरणानुसार पछिल्लो समय डिम्याट र मेरो शेयर खाताको सङ्ख्या उल्लेख्य बढेको देखिन्छ ।
गत असार मसान्तसम्म २८ लाख ५५ हजार रहेको मेरो शेयरको सङ्ख्या ४१ लाख १९ हजारभन्दा बढी रहेको छ । त्यस्तै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सर्वसाधारण लगानीकर्तालाई केन्द्रीय निक्षेप सेवा सहज बनाउन तथा शेयरको अभिलेखीकरण कार्य गर्नका लागि निक्षेप सदस्यका रूपमा सेवा प्रवाह गर्ने सदस्यको सङ्ख्या गत आवको अन्त्यमा ७८ रहेकामा सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार त्यस्तो सदस्य सङ्ख्या ८२ पुगेका छन् ।
धितोपत्र बजारमा धितोपत्रको कारोबारका साथै प्रारम्भिक सार्वजनिक निष्काशन आइपिओको आवेदनमा समेत डिम्याट खाता अनिवार्य भएकाले यस्ता खाता खोल्ने क्रम बढेको धितोपत्र बोर्डको बुझाइ छ ।
प्राथमिक बजारतर्फ प्राथमिक निष्काशन, हकप्रद निष्काशन, ऋणपत्र तथा सामूहिक लगानी योजना गरी सबै निष्काशन अनुमति रकममा उच्च बढोत्तरी आएको छ । कम्पनीको आइपिओे निष्काशनमा भाग लिनेको सङ्ख्या उल्लेख्य बढ्नुले धितोपत्र कारोबारमा सर्वसाधारणको सहभागिता बढेको पुष्टि हुन्छ । पछिल्लो समय कम्पनीले निष्काशन गर्ने आइपिओमा २५ लाखभन्दा बढीले आवेदन गर्दै आएका छन् ।
प्रविधिको विकास र विस्तारले धितोपत्र बजारमा कारोबार गर्नेको सङ्ख्या बढेको बोर्डले उल्लेख गरेको छ । बोर्डलगायत धितोपत्र बजारसम्बद्ध निकायहरूबाट बजारलाई प्रविधिमैत्री, लगानीमैत्री एवं देशव्यापी बनाउन विभिन्न काम भएका छन् । बोर्डबाट धितोपत्रको पूर्ण अभौतिक कारोबार हुने व्यवस्था, नेप्सेको कारोबार अनलाइनबाट हुने व्यवस्था, प्राथमिक बजारमा आस्वा तथा सि–आस्वा प्रणाली लागू, उपत्यका बाहिर धितोपत्र दलाल तथा मर्चेन्ट बैंकरको शाखा विस्तार गर्नका लागि आवश्यक नीतिगत व्यवस्थाहरू गरेसँगै बजारमा सर्वसाधारणको सहभागिता व्यापक तथा उत्साहजनक रहेको बोर्ड बताउँछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: