झापा । घरेलु तथा साना उद्योग कार्यालय झापाले प्लाष्टिकको झोलालाई विस्थापन गर्ने उद्देश्यले ४० महिलालाई कपडाको झोला उत्पादन गर्ने तालिम प्रदान गरेको छ ।
मेचीनगर नगरपालिका १२ र अर्जुनधारा नगरपालिका–११ मा २० जनाका दरले ४० महिलालाई व्यावसायिक बनाउने र बढ्दै गइरहेको प्लाष्टिकको झोलालाई निरुत्साहित गरी स्वच्छ वातावरण बनाउने लक्ष्यका साथ कार्यालयले एक महिने तालिम सञ्चालन गरेको थियो ।
प्रदेश नम्बर १ सरकारको ‘एक जिल्ला एक कार्यक्रम’ अन्तर्गत आएको रु १० लाखको बजेटमा सो कार्यक्रम गत माघ १३ गतेदेखि यही फागुन १५ गतेसम्म सञ्चालन गरिएको सो कार्यालयका प्रमुख जयनारायण अधिकारीले जानकारी दिए ।
उनले जिल्लामा प्लाष्टिकका झोलाले वातावरणमा प्रदूषण फैलाउने हुँदा यसको नियन्त्रण पनि हुने र युवालाई उद्यमी बनाउन मद्दतसमेत पुग्ने हुँदा कपडाको झोला उत्पादनको निम्ति तालिम प्रदान गरिएको बताए । यसका लागि कार्यालयले दुवै स्थानमा १० वटाका दरले मेसिन, टेबुललगायत आवश्यक सामग्रीसमेत गरी करिब रु तीन लाखको सामान खरिद गरिदिएको छ ।
उनले तालिम लिएका महिलालाई नै स्वरोजगार बनाउने उद्देश्यले समूह बनाई मेसिनसहितका सामग्रीसमेत हस्तान्तरण गरिने बताए ।
तालिमको समापन जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले तालिममा सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरेका थिए । कार्यक्रममा तालिमका प्रशिक्षक निर्मला भण्डारीले महिलाले उत्पादन गरेका झोला आफैँले खरिद गरेर बजारीकरणमा सहयोग पु¥याउने बताए ।
हालसम्म ६०० बढी महिलालाई उद्यमशील बनाउन तालिम प्रदान गर्दै आएकी उनले बजारमा कपडाको झोलाको अत्याधिक माग भइरहेको जानकारी दिए । कार्यक्रममा वडाध्यक्षद्वय भैरव खड्का र नगेन्द्र धिमालले उनीहरुले उत्पादन गरेका भोला खरिद गरी प्लाष्टिक झोला न्यूनीकरण आआफ्नै वडाबाट तत्काल सुरु गरिने जानकारी दिए ।
अर्जुनधारा –११ की माया सुब्बाले आफूले तालिममा सिकेको सीपबाट अब व्यवसायी बन्ने र अरु युवालाई पनि स्वरोजगार बनाउने बताए । एक महिनासम्म तालिम लिएकी मेचीनगर १२ की आरती सेञ्चुरीले पढाइसँग व्यवसाय सञ्चालन गर्ने सोच बनाएको जनाए । उनले विहान कलेज जाने र दिनभरको समय झोला बनाएर आयआर्जनतिर लाग्ने योजना रहेको सुनाए ।
घरेलु तथा साना उद्योग कार्यालयले महिलालाई उद्यमशील बन्न अभिप्रेरित गर्ने उद्देश्यले जिल्लाका १५ वटै पालिकाका युवालाई प्रशिक्षण प्रदान गर्ने तथा उनीहरुले सञ्चालन गरेका उद्योगलाई दर्ता गर्न प्रोत्साहन गर्नेलगायतका काम गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: