Khabar Dabali ६ जेष्ठ २०८३ बुधबार | 20th May, 2026 Wed
Investment bank

प्लाष्टिकको झोलालाई विस्थापन गर्न कपडाको झोला बनाउने तालिम

खबरडबली संवाददाता

झापा । घरेलु तथा साना उद्योग कार्यालय झापाले प्लाष्टिकको झोलालाई विस्थापन गर्ने उद्देश्यले ४० महिलालाई कपडाको झोला उत्पादन गर्ने तालिम प्रदान गरेको छ । 

मेचीनगर नगरपालिका १२ र अर्जुनधारा नगरपालिका–११ मा २० जनाका दरले ४० महिलालाई व्यावसायिक बनाउने र बढ्दै गइरहेको प्लाष्टिकको झोलालाई निरुत्साहित गरी स्वच्छ वातावरण बनाउने लक्ष्यका साथ कार्यालयले एक महिने तालिम सञ्चालन गरेको थियो । 

प्रदेश नम्बर १ सरकारको ‘एक जिल्ला एक कार्यक्रम’ अन्तर्गत आएको रु १० लाखको बजेटमा सो कार्यक्रम गत माघ १३ गतेदेखि यही फागुन १५ गतेसम्म सञ्चालन गरिएको सो कार्यालयका प्रमुख जयनारायण अधिकारीले जानकारी दिए ।

उनले जिल्लामा प्लाष्टिकका झोलाले वातावरणमा प्रदूषण फैलाउने हुँदा यसको नियन्त्रण पनि हुने र युवालाई उद्यमी बनाउन मद्दतसमेत पुग्ने हुँदा कपडाको झोला उत्पादनको निम्ति तालिम प्रदान गरिएको बताए । यसका लागि कार्यालयले दुवै स्थानमा १० वटाका दरले मेसिन, टेबुललगायत आवश्यक सामग्रीसमेत गरी करिब रु तीन लाखको सामान खरिद गरिदिएको छ । 

उनले तालिम लिएका महिलालाई नै स्वरोजगार बनाउने उद्देश्यले समूह बनाई मेसिनसहितका सामग्रीसमेत हस्तान्तरण गरिने बताए । 

तालिमको समापन जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले तालिममा सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरेका थिए । कार्यक्रममा तालिमका प्रशिक्षक निर्मला भण्डारीले महिलाले उत्पादन गरेका झोला आफैँले खरिद गरेर बजारीकरणमा सहयोग पु¥याउने बताए । 

हालसम्म ६०० बढी महिलालाई उद्यमशील बनाउन तालिम प्रदान गर्दै आएकी उनले बजारमा कपडाको झोलाको अत्याधिक माग भइरहेको जानकारी दिए । कार्यक्रममा वडाध्यक्षद्वय भैरव खड्का र नगेन्द्र धिमालले उनीहरुले उत्पादन गरेका भोला खरिद गरी प्लाष्टिक झोला न्यूनीकरण आआफ्नै वडाबाट तत्काल सुरु गरिने जानकारी दिए ।

अर्जुनधारा –११ की माया सुब्बाले आफूले तालिममा सिकेको सीपबाट अब व्यवसायी बन्ने र अरु युवालाई पनि स्वरोजगार बनाउने बताए । एक महिनासम्म तालिम लिएकी मेचीनगर १२ की आरती सेञ्चुरीले पढाइसँग व्यवसाय सञ्चालन गर्ने सोच बनाएको जनाए । उनले विहान कलेज जाने र दिनभरको समय झोला बनाएर आयआर्जनतिर लाग्ने योजना रहेको सुनाए । 

घरेलु तथा साना उद्योग कार्यालयले महिलालाई उद्यमशील बन्न अभिप्रेरित गर्ने उद्देश्यले जिल्लाका १५ वटै पालिकाका युवालाई प्रशिक्षण प्रदान गर्ने तथा उनीहरुले सञ्चालन गरेका उद्योगलाई दर्ता गर्न प्रोत्साहन गर्नेलगायतका काम गर्दै आएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending