काठमाडौं । ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितामा करिब एक हजार ५८० धावकको सहभागिता रहने भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानमा शनिबार बिहान ७ बजे म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिता प्रारम्भ हुँदैछन् ।
सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतका अनुसार बिहान ७ बजेदेखि पाँच मिनेट समय अन्तरालमा म्याराथन, हाफ म्याराथन, १० किमी दौड र पाँच किमी दूरीको वाकाथन प्रारम्भ हुनेछ । सैनिक–नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्य रहेको प्रतियोगिताको नारा ‘मनोरञ्जनका लागि खेल’ भन्ने छ ।
प्रतियोगिताअन्तर्गत ४२।१९५ किमी पुरुष म्याराथन, २१ किमी महिला–पुरुष हाफ म्याराथन, सैनिक अधिकृत र सैनिक सहचारी महिला–पुरुषको १० किमी दौड तथा उपत्यकाभित्रका सहायकरथी र सो भन्दामाथिका रथीवृन्द, सैनिक श्रीमती सङ्घका कार्यकारिणी पदाधिकारी सम्मिलित पाँच किमी वाकाथन हुनेछ ।
म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिनेछ । हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेले क्रमशः रु ७५ हजार, ५० हजार र ३५ हजार नगर पुरस्कार पाउने छन् ।
प्रतियोगितामा मुलुकका ख्यातिप्राप्तका अतिरिक्त रक्षा मन्त्रालय, युवा तथा खेलकुद, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, खेलकुद पत्रकार मञ्चका प्रतिनिधि पनि धावकका रूपमा सहभागी हुनेछन् ।
‘एकता नै बल हो, आउनुस् खेलका माध्यमबाट हातेमालो गरौँ’ भन्ने नारा दिएर यो प्रतियोगिता विसं २०७२ देखि आरम्भ गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: