Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

बाह्र दिनपछि उठ्यो उपत्यकाको फोहर

खबरडबली संवाददाता

काठमाडौं । बाह्र दिनपछि बल्ल काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न थालिएको छ । बुधबार स्थानीय र सरोकारवाला बीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकाको १८ स्थानीय तहका फोहर विसर्जन हुन थालिएको हो ।

तोकिएका समयमा सडक निर्माणको काम सम्पन्न नगरेको जनाउँदै स्थानीयको अवरोधका कारण यही फागुन १ गतेदेखि फोहर उठ्न सकेको थिएन । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने छ किलोमिटर बाटो मर्मतको काम समयमा नै सम्पन्न नगरेको जनाउँदै पासाङल्हामु राजमार्गका स्थानीयले गरेको अवरोधका कारण ती स्थानीय तहको फोहर उठ्न नसकेको हो । 

बाह्र दिनपछि फोहोरको व्यवस्थापन आज बिहानदेखि हुन थाले पनि यसअघि काठमाडौँ उपत्यकाको सडकमा जम्मा भएको सबै फोहर व्यवस्थापन गर्न भने कम्तीमा पाँच दिन लाग्ने कामपाको भनाइ छ ।  

ती स्थानीय तहको फोहर विसर्जन गर्नका लागि दीर्घ समाधान हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ । उनका अनुसार २०७० सालदेखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटकपटक स्थानीयले आन्दोलन गर्दा फोहर विसर्जनमा अवरोध हुने गरेको छ । “यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ”, उनले भनिन्, “त्यसका लागि बाटो छिटो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।” 

सडक बनाउने जिम्मेवारी

संघीय सरकारको भए पनि उपत्यकाको फोहर पटकपटक रोकिँदा गाली कामपाको खाने गरेको छ । हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण कार्य भइरहेको र निर्धारित समस्यमा काम सम्पन्न नहुँदा समस्या भएको पनि कामपाको भनाइ छ ।  

कामपाले नियमितरुपमा उपत्यकाको फोहर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घ समाधन खोज्न आवश्यक रहेको भन्दै अन्यथा आगामी बर्खाका समयमा झन ठूलो समस्या आउने जनाएको छ । 

काठमाडौँ उपत्यकाको फोहर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ उक्त स्थान पनि भरिएपछि फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो । हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाको भनाइ छ ।    

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तोलामा १३ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावा...

चार दिनदेखि हराएकी महिलाको शव फेला

उर्लाबारी। मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव बक्राहा खोला किनारमा फेला परेको छ। लिम्बू चार दिनदेखि हराइेको थिइन्। ...

कपिलवस्तुमा बस दुर्घटना, ३८ जना घाइते

कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मङ्गलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भए...

भेरी अस्पताल ‘हाइ अलर्ट’मा, हिटस्ट्रोक जोखिम बढ्यो

नेपालगन्ज। पश्चिम नेपालको बाँके, बर्दिया र कैलाली लगायतका जिल्लामा अत्यधिक गर्मीका कारण ‘हिटस्ट्रोक’ हुने जोखिम बढेपछि भेरी अस्पताललाई २४ सै घण्टा ‘हा...

बागमती प्रदेशसभाको बैठक बस्दै : नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती। बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ ।  प्रदेशसभाको आज साँझ ५:०० ब...

एक करोड जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ

खजुरा। इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेले अदालतबाट एक करोड रुपियाँभन्दा बढी जरिवाना तोकिएर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । विभिन्न मु...

जनकपुरधाममा सुत्केरी मृत्यु प्रकरण: उच्चस्तरीय छानबिन समिति गठन हुने

जनकपुरधाम। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत सुत्केरी महिलाको मृत्युपछि आइतबार उच्चस्तरीय छानबिन ...

धानको समर्थन मूल्य तोकियो, यस्तो छ मन्त्रिपरिषद्को बैठकका चारवटा महत्त्वपूर्ण निर्णय

काठमाडौँ। सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य त...

प्रधानमन्त्रीज्यूले आवश्यकता अनुसार सम्बोधन गर्नैपर्ने ठाउँमा गर्नुहुन्छ: सकारका प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले प्रधानमन्त्रीको सम्बोधन आवश्यकताअनुसार हुने बताएका छन्। सोमबार मन्त्रिपरिषद्को बैठकक...

प्रधानमन्त्री बालेनको विदेश भ्रमण उपयुक्त समयमा हुन्छ: सरकार प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाहको भारतसहित अन्य वैदेशिक भ्रमण उपयुक्त समयमा मात्र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending