काठमाडौं । अभिनेता पल शाहले चरित्र हत्या भएको भन्दै आक्रोश पोखेका छन् । पलले समीक्षा अधिकारीलाई आफ्ना पुरुष सहकर्मी (व्यवसायिक प्रतिस्पर्धी) ले उकास्ने काम गरेको आरोप लगाएका छन् ।
फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादहरुलाई समेत वास्तविक जीवनसँग जोड्ने प्रयास गरेर चरित्र हत्या भएको उनले वताएका छन्।
‘फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादहरुलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केहि पुरुष सहकर्मी ९व्यवसायीक प्रतिस्पर्धीले निज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरुले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
अधिकारीको नामै उल्लेख नगरेर ‘एक जना गायिका’ भन्दै समीक्षासँगको विवादबारे मुख खोलेका शाहले अधिकारीलाई आफ्ना प्रतिस्पर्धी साथीहरुले उकासेको अडियो लगायत अन्य प्रमाणहरु आफूसँग सुरक्षित रहेको पनि बताएका छन् । ती सवुत प्रमाणहरु आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्ने बताउँदै उनले आफ्नो नाम जोडेर प्रकाशित समाचारहरु वास्तविकता भन्दा धेरै टाढा रहेको बताएका छन् ।
अनलाईन माध्यमहरुमा प्रकाशित समाचार र अडियो रेकर्डहरु हेर्दा र सुन्दा आफू आश्चर्यचकित भएको पनि शाहले बताएका छन्। ‘प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसंग मिलेको जस्तो भएतापनि उक्त आवाज मेरो हो भन्नेमा पुर्ण शंका रहेको, प्रविधिको कुटिल प्रयोग मार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न भिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भईसकेको छ’, उनले भनेका छन् ।
लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहि दर्शकहरुले एक कुशल अभिनेताको रुपमा मन मुटुमा सजाएको प्रति आफू कृतज्ञ रहेको बताउँदै शाहले समाजलाई सकरात्मक बाटोतर्फ उन्मुख गराउने प्रकारका गतिविधी र खदिलो, दरिलो मनोञ्जनात्मक प्रस्तुतिहरु लिएर आउने प्रण पनि गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - १२:०६
काठमाडौँ । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावा...
जेष्ठ १२ गते, २०८३ - ११:४२
उर्लाबारी। मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव बक्राहा खोला किनारमा फेला परेको छ। लिम्बू चार दिनदेखि हराइेको थिइन्। ...
जेष्ठ १२ गते, २०८३ - ११:२८
कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मङ्गलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भए...
जेष्ठ १२ गते, २०८३ - ११:१४
नेपालगन्ज। पश्चिम नेपालको बाँके, बर्दिया र कैलाली लगायतका जिल्लामा अत्यधिक गर्मीका कारण ‘हिटस्ट्रोक’ हुने जोखिम बढेपछि भेरी अस्पताललाई २४ सै घण्टा ‘हा...
जेष्ठ १२ गते, २०८३ - १०:५१
बागमती। बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५:०० ब...
जेष्ठ १२ गते, २०८३ - १०:३७
खजुरा। इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेले अदालतबाट एक करोड रुपियाँभन्दा बढी जरिवाना तोकिएर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । विभिन्न मु...
जेष्ठ १२ गते, २०८३ - १०:२२
जनकपुरधाम। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत सुत्केरी महिलाको मृत्युपछि आइतबार उच्चस्तरीय छानबिन ...
जेष्ठ ११ गते, २०८३ - १७:५९
काठमाडौँ। सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य त...
जेष्ठ ११ गते, २०८३ - १७:२३
काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले प्रधानमन्त्रीको सम्बोधन आवश्यकताअनुसार हुने बताएका छन्। सोमबार मन्त्रिपरिषद्को बैठकक...
जेष्ठ ११ गते, २०८३ - १७:१५
काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाहको भारतसहित अन्य वैदेशिक भ्रमण उपयुक्त समयमा मात्र ...



प्रतिकृया लेख्नुहोस्: