Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

अब छिट्टै पशुपति धर्मशालाबाट बतास समूह हट्छ: मन्त्री आले

खबरडबली संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको धर्मशाला छिटै सरकारको स्वामित्वमा ल्याउने बताएका छन् । मंगलवार महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले बतास समूहलाई हटाउने सरकारको निर्णयमा सो समूहले लिएर आएको अल्पकालीन आदेश समेत अदालतले खारेज गरिसकेकाले छिटोभन्दा छिटो धर्मशाला फिर्ता ल्याइने बताएका हुन् । 

विगतका प्रतिनिधिले धर्मशाला कौडीको भाउमा बेचेको भन्दै उनले अब त्यस्तो कदम सह्य नहुने बताए । मन्त्री आलेले पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेहरुको कहिल्यै कल्याण नहुने बताए । उनले भने, ‘भारतीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड भारु पैसा दिएर धर्मशाला निर्माण गर्न दिएको त्यो भवन आज कौडीको भाउमा विगतको प्रतिनिधिले त्यसलाई बेच्ने कामहरु गरेका छन् । त्यो कतैपनि सह्य हुनेवाला छैन । र हिजो मात्रै हामीले अल्पकालीन आदेश लिएर आउनुभएको थियो बतास अर्गनाइजेशनले त्यो अल्पकालीन आदेशपनि खारेज भइसकेको अवस्था छ । त्यसोभएको हुनाले पशुपतिले सबैको रक्षा गर्नेछन् । जसले पशुपतिमा गिद्धे दृष्टि लगाउँछ, त्यसको कहिल्यै पनि कल्याण हुनेवाला छैन । हुँदा पनि हुँदैन । कम्तिमा आज हामीसँग त्यो धर्मशाला भएको भए करिब ४०० भन्दा बढी बाबाहरुलाई त्यहाँ राख्न सकिन्थ्यो । वृद्धहरुलाई त्यहाँ राख्न सकिन्थ्यो । तर त्यो भएन । तर मलाई लाग्छ छिट्टै नेपाल सरकारको त्यो सम्पती भारत सरकारले गरेको जो सहयोग धर्मशालाको लागि त्यो अवश्यपनि हामी छिटोभन्दा छिटो फिर्ता ल्याउनेछौँ भन्ने म राख्न चाहान्छु ।’

मन्त्री आलेले यस वर्षको महाशिवरात्री पर्व विगतका वर्षहरुभन्दा भव्य र सभ्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिए । महाशिवरात्री पर्वलाई भव्य र सभ्य बनाउन कुनैपनि कसर बाँकी नराख्न उनले निर्देशन समेत दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कपिलवस्तुमा बस दुर्घटना, ३८ जना घाइते

कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मङ्गलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भए...

भेरी अस्पताल ‘हाइ अलर्ट’मा, हिटस्ट्रोक जोखिम बढ्यो

नेपालगन्ज। पश्चिम नेपालको बाँके, बर्दिया र कैलाली लगायतका जिल्लामा अत्यधिक गर्मीका कारण ‘हिटस्ट्रोक’ हुने जोखिम बढेपछि भेरी अस्पताललाई २४ सै घण्टा ‘हा...

बागमती प्रदेशसभाको बैठक बस्दै : नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती। बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ ।  प्रदेशसभाको आज साँझ ५:०० ब...

एक करोड जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ

खजुरा। इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेले अदालतबाट एक करोड रुपियाँभन्दा बढी जरिवाना तोकिएर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । विभिन्न मु...

जनकपुरधाममा सुत्केरी मृत्यु प्रकरण: उच्चस्तरीय छानबिन समिति गठन हुने

जनकपुरधाम। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत सुत्केरी महिलाको मृत्युपछि आइतबार उच्चस्तरीय छानबिन ...

धानको समर्थन मूल्य तोकियो, यस्तो छ मन्त्रिपरिषद्को बैठकका चारवटा महत्त्वपूर्ण निर्णय

काठमाडौँ। सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य त...

प्रधानमन्त्रीज्यूले आवश्यकता अनुसार सम्बोधन गर्नैपर्ने ठाउँमा गर्नुहुन्छ: सकारका प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले प्रधानमन्त्रीको सम्बोधन आवश्यकताअनुसार हुने बताएका छन्। सोमबार मन्त्रिपरिषद्को बैठकक...

प्रधानमन्त्री बालेनको विदेश भ्रमण उपयुक्त समयमा हुन्छ: सरकार प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाहको भारतसहित अन्य वैदेशिक भ्रमण उपयुक्त समयमा मात्र ...

सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएका विकृति र समस्या समाधानका लागि तयार गरिएको सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गर...

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending