काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा दुई महिनादेखि भारतको नयाँ दिल्लीमा अलपत्र एक महिलाको उद्धार गरिएको छ ।
पैसा कमाउने लोभले दलाललाई २ लाख २० हजार रुपैयाँ बुझाएर भारतको नयाँदिल्ली हुँदै खाडी मुलुक युएई जान हिंडेकी मोरङ सुन्दरहरौंचाकी ३२ बर्षीया महिलाको दुई महिनापछि उद्धार गरिएको हो ।
उर्जेन लामा नाम गरेका व्यक्तीले वैदेशिक रोजगारीको प्रलोभनमा भारतको नयाँदिल्ली पुर्याएको र त्यहाँबाट पर्यटन भीसामा दुबई लैजाने बताएपनि झण्डै दुई महिनासम्म अलपत्र पारेपछि उनले उद्धारका लागि श्रममन्त्रीको सचिवालयमा रहेको गुनासो सेन्टरमा खवर गरेकी थिइन् । उनले लामो समय बन्धकजस्तै भएको र उपचार समेत नपाएको गुनासो गरेकी थिइन् ।
मन्त्री श्रेष्ठले नयाँ दिल्ली स्थित नेपाली दुतावास तथा प्रहरीको सहयोगमा उद्धारका लागि पहल गरेको थियो। स्थानीय एजेन्ट शम्भु लामालाई प्रहरीले नयाँदिल्लीमा पक्राउ गरी उनको रकम फिर्ता गराएको थियो । दिल्ली महिला आयोगको सहयोगमा बेचबिखन विरुद्ध कार्यरत संस्था ‘आफन्त नेपाल’ले उनलाई उद्धारपछि सेल्टरमा राखेको थियो । उद्धार गरिएकी महिलाले सोमवार मन्त्री श्रेष्ठलाई भेटी दलाललाई कारवाही गर्न माग गरिन् । प्रहरीले लामाको खोजी गरिरहेको छ ।
२०७२ सालमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा खाडी मुलुक जान रोक लगाइएपछि दलालहरूले ग्रामीण भेकका अशिक्षित महिलालाई विभिन्न प्रलोभनमा भारत पुर्याउने र त्यहाँबाट खाडीलगायत देशमा पठाउने गरेको पाइएको छ ।
अहिले लाखौं महिला भारतीय बाटो हुँदै विदेशिन बाध्य छन् । महिलाहरूलाई विदेश पुग्ने क्रममा हुने दुःख र उत्पीडनबाट जोगाउन विद्यमान नीतिमा परिवर्तन जरुरी देखिएको मन्त्री श्रेष्ठको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: