काठमाडौं । स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन प्रयोजनका लागि १० राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । आयोगका अनुसार जनमत पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी दर्ता भएका हुन् ।
नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐनअनुरूप आयोगमा नेपाल कम्युनिष्ट पार्टी(गौरवशाली), साझा पार्टी नेपाल र समावेशी लोकतान्त्रिक पार्टीसहित आयोगमा हालसम्म दर्ता भएका राजनीतिक दलको सङ्ख्या १०९ पुगेको छ ।
मतदाता नामावली सङ्कलन अन्तिम तथा मतदाता नामावाली अद्यावधिकको विषय राजपत्रमा प्रकाशन गर्ने प्रयोजनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सूचना सम्पादनका लागि आइतबार पठाइएको आयोगद्वारा आज आयोजित पत्रकार भेटघाटमा सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिए।
मतदाता नामावली अद्यावधिक कार्यअन्तर्गत कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटि भए सच्याउन वडा कार्यालयको सिफारिससहित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
यसअघि मतदाता परिचयपत्र पाई हराएको, नासिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदाताले आफ्नो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा यही फागुन २० गतेभित्र निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
आयोगले प्रतिस्पर्धात्मक आधारमा २३ प्रकारका निर्वाचन सामग्रीको खरिदका लागि आइतबार बोलपत्रसम्बन्धी सूचना प्रकाशन गरिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १७:१२
काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...
चैत्र ३ गते, २०८२ - १६:५७
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...


प्रतिकृया लेख्नुहोस्: