Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

अमेरिकाले एमसीसी पास गर्न निरन्तर चेतावनी र धम्की दिएको स्पष्ट छ : श्रेष्ठ

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अमेरिकाले नेपाललाइ एमसीसी पास गर्न निरन्तर चेतावनी र धम्की दिएको वताएका छन् ।उनले अमेरिकी दूतावासले शनिबार जारी गरेको विज्ञप्ति प्रति आपत्ति प्रकट गरेका छन् ।

अमेरिकाले नेपाललाई एमसीसी पारित गर्न निरन्तर धम्की दिँदै आएको बताउँदै श्रेष्ठले दूतावासले ‘एमसीसी पारित गर्ने नेपालको सार्वभौम अधिकार भएको’ भन्ने दाबीसहित जारी गरेको वक्तव्य झुटो भएको बताएका हुन् ।

सामाजिक सञ्जालमा श्रेष्ठले लेखेका छन् :

नेपाल स्थित अमेरिकी दूतावासले एमसीसी कम्प्याक्ट सम्झौताका बारेमा  एउटा सार्वभौम मुलुकका रूपमा नेपालले नै निर्णय गर्ने हो भनेर वक्तव्य निकालेको 'जानकारी' नेपालका मूलधार भनिने पत्रिकाहरूले आज उच्च महत्त्वकासाथ प्रकाशित गरेका छन् । तर निम्न तथ्यहरूले अमेरिकी वक्तव्य छलछाम र धोखा मात्र हो भन्ने स्पष्ट गर्दछ :

एक, अमेरिकी राजदूतले एमसीसी कम्प्याक्ट सम्झौता नेपालले पारित गरेन भने अमेरिकाले नेपाललाई आर्थिक नाकाबन्दी लगाउनेछ भनेर नेपालको एक प्रमुख राजनीतिक दलका नेतालाई उनकै निवासमा  गएर भनेका थिए ।

दुई, अमेरिकी राजदूतले भेटेर र सहायक मन्त्रीले फोनबाट नेपाली नेताहरूलाई यो सम्झौता स्वीकार गरिएन भने चीनका कारणबाट यस्तो निर्णय भएको भन्ने रूपमा लिन्छौ भनेका थिए।   

तिन , अमेरिकी उपमन्त्रीले भारतीय पत्रिका मार्फत अन्तर्वार्ता सार्वजनिक गरेर नेपालले एमसीसी सम्झौता अस्वीकार गरेमा नेपाल र अमेरिका बीचको सम्बन्धमा पुनर्विचार गरिनेछ भनेका थिए ।

चार , नेपालका एक प्रमुख दलका नेता सँगको भिडिओ वार्तामा वाशिङ्टनबाट एमसीसी अमेरिकाका प्रमुख कार्यकारी अधिकृत र फातिमा सुमार सहितको चार जनाको टोलीले एमसीसी कम्प्याक्ट पारित नगरिए यसलाई अमेरिकाले गम्भीर रूपमा लिनेछ भनेका थिए ।

यसरी अमेरिकाले एमसीसी कम्प्याक्ट पारित गर्न नेपाललाई निरन्तर चेतावनी र धम्की दिँदै आएको स्पष्ट छ। अमेरिकी दूतावासको झुटो वक्तव्यलाई उच्च महत्त्वकासाथ प्रकाशित गर्ने मित्रहरूले यी तथ्यहरू सहित वास्तविक सत्यलाई प्रकाशित गर्नुहोला ?

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद् बन्ने भएपछि निफ्राबाट लीमा अधिकारीको राजीनामा

काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...

बसपार्कबाट गाडी सञ्चालन नगरे २५ सय सम्म जरिवाना

सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...

नेप्से परिसूचक १३ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...

ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन घरमा क्षति, साढे ७५ लाख बराबरको नोक्सानी

ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...

सी जिनपिङको पुस्तक जलाएकोमा चीनको चासो, घटनामा छानबिन गर्न निर्देशन

काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...

चौरजहारी नगरपालिकाका नगर प्रमुख र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा : सेवा करार म्याद थप्न घुस मागेको आरोप

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...

नवनिर्वाचित सांसदहरूको शपथ र बैठक बहुउद्देश्यीय हलमा हुने

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...

घरदैलोमै पुगेर जन्म र मृत्युदर्ताको प्रमाणपत्र

घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: