Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अध्ययन अनुसार कोरोनाले पुरुषको प्रजनन क्षमता घटाउन सक्ने खुलासा

कोरोनाले कसरी पुर्‍याउँछ शुक्रकीटमा नोक्सानी ?

खबरडबली संवाददाता

काठमाडौं ।  कोरोना संक्रमणमुक्त भइसकेपछि पनि धेरै स्वास्थ्य समस्याहरु आइरहेका छन् । भर्खरै गरिएको एक अध्ययनले कोभिड(१९ ले शुक्रकीटमा पनि क्षति पुर्‍याउने बताएको छ। जसले पुरुषको बच्चा जन्माउने क्षमतालाई पनि असर गर्न सक्छ। यस अध्ययनमा चिन्ताको कुरा के पनि छ भने कोभिड(१९ बाट निको भएको धेरै महिनापछि पनि शुक्रकीटको संख्या घटेको देखिएको छ ।

कोरोनाले कसरी पुर्‍याउँछ शुक्रकीटमा नोक्सानी ?

हालै बेल्जियममा गरिएको एक नयाँ अध्ययनले कोरोना भाइरसले पुरुषको शुक्रकीटको संख्या घटाउन सक्ने खुलासा गरेको छ । फर्टिलिटी एन्ड स्टेरिलिटी जर्नलमा प्रकाशित यस अध्ययनमा बेल्जियमका १२० पुरुषको नमुना लिइएको थियो । जसको औसत उमेर ३५ वर्ष थियो र उनीहरु कोरोना संक्रमणमुक्त भएको कम्तिमा एक हप्ता र औसतमा ५३ दिन भएको थियो ।

अध्ययनमा कोभिड–१९ बाट संक्रमण भएको एक महिनाभन्दा कम समय भएकाहरुमा शुक्रकीटको संख्या ३७ प्रतिशतले घटेको पाइएको छ । कोरोना संक्रमण भएको एकदेखि दुई महिना पुगेका पुरुषमा शुक्रकीटको संख्या २९ प्रतिशतले घटेको थियो । यस्तै दुई महिनापछि शुक्रकीटको संख्या ६ प्रतिशतले घटेको पाइयो । यस अध्ययनमा संलग्न पुरुषहरुमा कोरोनाका कारण उनीहरुको शुक्रकीटको संख्या मात्र नभई शुक्रकीटको गतिशीलता (स्पर्म मोटिलिटी) पनि प्रभावित भएको देखियो । जो पुरुषलाई कोरोना संक्रमण भएको एक महिना बढी भएको थिएन उनीहरुमा शुक्रकीटको गतिशीलता ६० प्रतिशतले घटेको पाइयो ।

त्यसैगरी, कोरोना संक्रमण भएको एकदेखि दुई महिना पुगेका पुरुषहरुमा शुक्रकीटको गतिशीलतामा ३७ प्रतिशत र दुई महिनापछि पनि २८ प्रतिशतले कमी देखिएको छ । अनुसन्धानकर्ताहरूले भनेका छन् कि, यौन सम्पर्कबाट कोरोना सर्दैन भन्ने बलियो प्रमाण छ । अर्थात् कोरोनाबाट निको भइसकेका व्यक्तिको वीर्यबाट भाइरस सर्दैन । कोरोना संक्रमित व्यक्तिको वीर्यमा कोरोना अर्थात् भाइरसको आरएनएको उपस्थिति पाइएको छैन । कोरोनाले सन्तान जन्माउने क्षमतामा दीर्घकालिन असर गर्छ कि गर्दैन भन्ने बारे थप अध्ययन गर्न अझै बाँकी रहेको अनुसन्धानकर्ताहरुले बताएका छन्।

कोरोनाले कसरी घटाउन सक्छ पुरुषको सन्तान जन्माउने क्षमता ?

यस अध्ययनमा कोरोना संक्रमित पुरुषको शुक्रकीटमा पर्ने असरलाई लिएर दुईवटा कुरा बाहिर आएको थियो–एउटा उनीहरुको शुक्रकीटको संख्या घटेको र दोस्रो उनीहरुको शुक्रकीटको गतिशीलतामा पनि असर परेको देखियो ।

यतिसम्मकी संक्रमणमुक्त भइसकेको दुई महिनाभन्दा बढी समय भइसकेका पुरुषहरुमा पनि यसको असर देखिएको छ । पुरुषलाई बुवा बन्नमा शुक्रकीटले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्छ । यस्तो अवस्थामा गर्भधारण गर्ने योजनामा ​​रहेका जोडीका लागि पुरुष पार्टनरको शुक्रकीट स्वस्थ हुनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ।

के हो स्पर्म काउन्ट (शुक्रकीट संख्या) ?

पुरुष प्रजनन प्रणालीले शुक्रकीट उत्पादन गर्दछ जुन प्रत्येक अण्डकोष भित्र सिमन नलिहरूमा बन्छ। शुक्रकीटको माथिल्लो भागमा डिएनए हुन्छ जसले महिलाको डिम्बको डिएनएसँग मिलेर बच्चा बनाउँछ। स्वस्थ शुक्रकीटका लागि ६ वटा मापदण्डहरू छन् तर तीमध्ये दुईवटा सबैभन्दा महत्त्वपूर्ण छन्। ति हुन्( शुक्रकीट गणना (स्पर्म काउन्ट) र शुक्रकीटको गतिशीलता (स्पर्म मोटिलिटी)।

शुक्रकीट गणना, अर्थात् पुरुषको वीर्यमा शुक्रकीटको संख्या प्रति मिलिलिटर (एमएल) । एक एमएल वीर्यमा १.५ करोडदेखि २० करोड शुक्रकीटहरू हुँदा स्वस्थ स्पर्म काउन्ट मानिन्छ । यदि कुनै पुरुषमा प्रति एमएल १.५ करोडभन्दा कम शुक्रकीट र प्रति स्खलन (स्खलन) मा ३.९ करोडभन्दा कम शुक्रकीट छ भने उसलाई कम लो स्पर्म काउन्टको समस्या हुनसक्छ।

खास कुरा के हो भने एक मिलिलिटर वीर्यमा करोडौं शुक्रकीटहरू हुन्छन् । तर, बच्चा जन्माउनको लागि एउटा मात्र शुक्रकीट आवश्यक पर्छ।

शुक्रकीट गतिशीलता (स्पर्म मोटिलिटी) किन महत्त्वपूर्ण ?

बुवा बन्नको लागि पुरुषमा स्वस्थ शुक्रकीटको संख्या मात्र भएर हुँदैन शुक्रकीटको गतिशीलता पनि उत्तिकै महत्त्वपूर्ण छ । शुक्रकीटको गतिशीलता भन्नाले महिलाको अण्डामा पुग्न शुक्रकीटको उचित गतिलाई जनाउँछ । शुक्रकीटको सबैभन्दा महत्त्वपूर्ण गुण भनेको तैरने क्षमता हो । शुक्रकीट तबसम्म तैरिरहन्छ जबसम्म त्यो निषेचन (फर्टिलाइज) गर्न अण्डामा पुग्दैन ।

एक स्वस्थ शुक्रकीटको गतिशीलता कम्तिमा २५ माइक्रोमिटर प्रति सेकेन्ड हुन आवश्यक छ ।  यदि शुक्रकीट प्रति सेकेन्ड २५ माइक्रोमिटरभन्दा कम गतिमा चल्छ भने उक्त पुरुषमा स्पर्म मोटिलिटी अर्थात शुक्रकीटको गतिशीलतामा समस्या हुन सक्छ ।- Healthpost

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies