Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

सोमालियाका ५० प्रतिशत बालबालिकामा कुपोषणको जटील समस्याः राष्ट्रसंघ

खबरडबली संवाददाता

जेनेभा । गम्भीर खडेरीका कारण पाँच वर्षमुनिका झण्डै आधा सोमालियाली बालबालिकालाई खाद्यान्न अभावका कारण पोषण तत्व कम हुँदा यो बर्ष उनीहरू कुपोषणका कारण प्रभावित बन्ने खतरा देखिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । 

लाखौँ बालबालिकाको ज्यान बचाउनका लागि उपचार आवश्यक रहेको भन्दै संयुक्त राष्ट्रसंघले तत्काल कदम चाल्न आह्वान गरेको हो । 

संयुक्त राष्ट्र बालकोष (युनिसेफ)को सोमालिया परिचालनका लागि सञ्चार प्रमुख भिक्टर चिन्यामाले भने, “सोमालियामा कुपोषण संकटस्तरमा पुगेको छ ।”

जेनेभामासंवाददाताहरूलाई भिडियो–लिङ्क मार्फत् भने, “यदि विश्व समुदायले परिस्थिति बिग्रनुअघि वा अनिकाल घोषणा नगरेसम्म पर्खनुभयो भने धेरै ढिलो हुन सक्छ ।”

दशकौंदेखि सोमालियाको ‘हर्न अफ अफ्रिका’ क्षेत्रले सबैभन्दा लामो खडेरीसँग जुधिरहेको हुनाले यो क्षेत्रलाई सोमालियाको सबैभन्दा बढी प्रभावित स्थान मानिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार सोमालियाली जनसंख्याको एक चौथाइ अर्थात् ४१ लाख नागरिकहरू अहिले नै खाद्य सहायताको भरमा रहेका छन् । 

भोकमरीको संकटमा बालबालिकाले सबैभन्दा बढी मूल्य चुकाइरहेका छन् । तीमध्ये १४ लाख अर्थात् पाँच वर्षमुनिका सन्ततिहरूमध्ये झन्डै आधाले वर्षको अन्तसम्ममा तीव्र कुपोषणबाट पीडित हुने खतरा देखिएको चिन्यामाले बताए । 

उनले भने, “यीमध्ये तीन लाख ३० हजारभन्दा बढी बालबालिकालाई गम्भीर कुपोषणको कारण उपचारको खाँचो पर्नेछ ।”

ती बालबालिकाको उपचारका लागि आवश्यक पर्ने उपचारात्मक खानेकुरा खरिद गर्न मार्चसम्ममा तत्काल ७० लाख अमेरिकी डलर आवश्यक पर्ने युनिसेफले अनुमान गरेको उनले बताए। 

थप सामग्री विना ‘गम्भीर कुपोषण भएका एक लाख केटाकेटीले उपचार गुमाउनेछन् जसका कारण उनीहरूको मृत्यु टार्न कठीन हुनेछ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending