Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

भारी हिमपात पछि किसानलाई सास्ती

खबरडबली संवाददाता

गलकोट । माघ २१ गते परेको भारी हिमपातले तमानखोला गाउँपालिका–२ भयरबोङ्गा कटेरीका चुडामडी छन्त्यालको दुई हाइटेक टनेलमा क्षति गर्‍यो  । चार वर्षदेखि सञ्चालित डायमन्ड एग्रो फार्मका रूपमा रहेका दुई टनेलको अकाबरे खुर्सानी र सागमा नराम्रो क्षति भएको छ  भने गहुँ र जौ खेती उठ्नै नसक्नेगरी ढाकेको छ । 

उनले हिमपात बर्सेनि भइरहने भए पनि यसपटक ठूलो हिपमातका कारण टनेल र तरकारीमा क्षति भएको बताए ।  अहिलेसमेत जिल्लाको उच्च पहाडी क्षेत्रमा परेको हिउँ पग्लन नसक्दा किसानलाई सास्ती भएको छ । “हिमपातले सदरमुकाम क्षेत्रमा खुसी बनाएको होला, सिँचाइ नभएको सुक्खा ठाउँमा राम्रो पनि गर्‍यो, किसानहरु समेत खुसी भएका छन्,” छन्त्यालले भने, “तमानखोलाको उच्च स्थानलगायत उच्च पहाडी क्षेत्रमा भने हिमपातले समस्या भएको छ, मेरो फार्ममा लाखौँको मूल्यबराबरको तरकारी खेतीमा क्षति पुगेको छ ।”

तमानखोला बराहताल आसपासमा अझै हिउँ पग्लन सकेको छैन । भारी हिमपातका कारण किसानको जौ खेती पुरिएको छ ।  माघ २१ गते शुक्रबार परेको ठूलो हिमपातका कारण जिल्लाको तल्लो भागमा हिउँ खेल्न आन्तरिक पर्यटकको लर्को नै लाग्यो । त्यस्तै घोडाबाँधे, सीपलागयतमा हिउँ पग्लेर जनजीवन सामान्य भए पनि पातीहाल्नेमा भने अझै हिउँ पग्लिन सकेको छैन । जिल्लाको तल्लो भागमा हिउँ खेल्न जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सयौँ आन्तरिक पर्यटन त्यस क्षेत्रमा पुगेका थिए । भारी हिमपातका कारण हिउँको खात बनेर बसेको छ । 

जिल्लामा २०६३ साल यताकै ठूलो हिमपात भएको  स्थानीयवासीले बताउँदै आएका छन् ।  हिमपातले हिउँ खेल्ने पर्यटक र खेती लगाएका किसानहरु खुसी भए पनि उच्च पहाडी क्षेत्रका बासिन्दा भने सास्ती खेप्न बाध्य भएका छन् । हिमपातले मध्यपहाडी पुष्पलाल लोकमार्गको पातीहाल्नेमा कष्टकर यात्रा गर्न यात्रुहरु बाध्य भएका छन् । मध्यपहाडी लोकमार्गमा चलेका सवारीसाधनहरु अझै पातीहाल्नेबाट रुकुम जान नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । 

उनका अनुसार बागलुङ र पूर्वी रुकुमको सिमानामा बल्लतल्ल सवारी साधन पुग्न सके पनि रुकुमतर्फको सडकमा अझै बाक्लो हिउँ जमेको छ । लगाएको खेतीमा पनि अझै हिउँले ढाकेको छ । उच्च पहाडी क्षेत्रमा गहुँ, जौजस्ता खेतीलाई हिमपात मल जस्तै हुने भए पनि भारी हिमपातले खोती नष्ट हुने सम्भावना रहेको छ ।  मध्यपहाडी लोकमार्गको सीपदेखि पातीहाल्नेसम्म डोजर लगाएर हिउँ फाल्दासमेत यात्रा सहज बन्न सकेको छैन ।  उच्च पहाडी क्षेत्र ढोरपाटन, तमानखोलाको उच्च पहाडी भाग, गलकोटको घुम्टेमा अझै हिउँ पग्लन नसकेको तमानखोलाका ढालेन्द्र छन्त्यालले जानकारी दिए । उनले हिउँ समयमै नपग्लदा पशुपालक किसानलाई सास्ती भएको बताए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending