Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको हो ?

शान्ति सम्झौताका शर्तहरूलाई लिएर खुशी छैन युक्रेन

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनसँग जोडिएका सीमा नाकामा आफ्ना करिब एक लाख ३० हजार फौज तैनाथ भइरहँदा रुसले पश्चिमा देशबाट सुरक्षाको सुनिश्चितता खोजिरहेको छ।

रुसले जुनसुकै बेला पनि हमला गर्नका लागि आफ्ना फौजहरू तयारी अवस्थामा राखेको अमेरिकाले बताइरहँदा रुसले त्यसलाई निरन्तर अस्वीकार गर्दै आएको छ।

अब त्यहाँ हुने घटनाक्रमले युरोपको समग्र सुरक्षा संरचनालाई जोखिममा पार्न सक्छ।

आक्रमणको जोखिम

युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै योजना नरहेको कुरामा रुस अडिग रहिआएको छ।

रुसी गुप्तचर निकायका प्रमुख सर्गेई नरिस्किनले अमेरिकाले फैलाइरहेको खतरनाक झूटको निन्दा गरेका छन्।

तर रुसले सन् २०१४ मा युक्रेनमाथि अतिक्रमण गरेको र उसको भूमि आफूमा गाभेको पृष्ठभूमिमा त्यो धम्कीलाई गम्भीर रूपमा लिइँदै छ।

बेलारुसमा हजारौँ रुसी सेना अभ्यासरत छन्

उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका महासचिवले द्वन्द्वको जोखिम वास्तविक रहेको चेतावनी दिएका छन्।

रुसले जतिबेला पनि अतिक्रमण गर्नसक्ने अमेरिकाले बताउँदै आएको छ।

यद्यपि त्यसबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले के निर्णय गरेका छन् भन्नेबारे केही थाहा छैन।

अमेरिकी राष्ट्रपति जो बाइडनका उच्च सैन्य अधिकारी जेनरल मार्क मिलीले रुसी फौजको हमलाले ठूलो स्तरमा हताहती निम्त्याउन सक्ने र सहरी क्षेत्रमा डरलाग्दो लडाइँ हुन सक्ने चेतावनी दिएका छन्।

युक्रेनी राष्ट्रपतिले त्रास नफैलाउन पश्चिमा देशहरूलाई अपिल गरेका छन्।

रुसले युक्रेनी सीमानजिक अनुमानित एक लाख फौज तैनाथ गरेको छ भने सीमादेखि १,०८४ किलोमिटर टाढा बेलारुसमा ३० हजार रुसी सैनिक अभ्यासरत छन्।

रुसले युक्रेनलाई किन धम्काइरहेको छ ?

रुसले लामो समयदेखि नेटो र युरोपेली सङ्घप्रति युक्रेनी कदमको विरोध गर्दै आएको छ।

उसको अहिलेको मुख्य माग भनेको युक्रेन नेटोमा आबद्ध नहुने कुराको सुनिश्चितता पश्चिमा देशहरूले गर्नुपर्ने रहेको छ।

अग्रपङ्क्तिमा देखिएका युक्रेनी राष्ट्रपति

हुन त युक्रेनी सीमा ईयू र रुस दुवैसँग जोडिएको छ। तर पूर्वसोभियत गणतन्त्रसँग उसको गहिरो सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको छ।

नेटोबाट के चाहन्छ रुस 

राष्ट्रपति पुटिनका अनुसार युक्रेन नेटोमा आबद्ध भयो भने उक्त गठबन्धनले क्राइमियामाथि पुनः नियन्त्रण कायम गर्ने प्रयास गर्न सक्छ।

रुसलाई समर्थन गर्ने तत्कालीन राष्ट्रपति सन् २०१४ को सुरुतिर पदच्युत भएपछि मस्कोले क्राइमियालाई आफूमा गाभेको थियो।

नेटोले युक्रेनमा अस्त्रहरू पठाइरहेको र रुसी विकासलाई रोक्न अमेरिकाले तनाव बढाइरहेको मस्कोको आरोप छ।

नेटो सन् १९९७ अघिका सीमामा फर्कियोस् भन्ने रुस चाहन्छ।नेटो पूर्वतर्फ नबढ्न नहुने र पूर्वी युरोपमा उसका गतिविधि बन्द हुनुपर्ने उसको माग छ।

त्यसको अर्थ पोल्यान्ड तथा इस्टोनिया, लाट्भिआ र लुथिआनियाबाट कम्ब्याट एकाइहरू हटून् अनि पोल्यान्ड र रोमानियाजस्ता देशमा क्षेप्यास्त्र तैनाथ नगरियोस् भन्ने हो।

रोकिएला रुसी कदम ?

अमेरिकी राष्ट्रपति बाइडन र फ्रेन्च राष्ट्रपति एम्यानुअल माक्रोँसँग भएका कैयौँ वार्तामा पुटिनले आफू तनावको स्रोत नबन्ने प्रतिबद्धता जनाएका छन्।

टेलिफोन वार्ता

तर प्रश्न यो छ कि रुसले के सम्म गर्ला। सीमापार चालिने जुनसुकै कदम नयाँ आक्रमण सरह हुने ह्वाइट हाउसले बताउने गरेको छ।

तर, रुसले साइबर हमला र अर्धसैनिक रणनीतिहरूलगायत अरू अस्त्रहरू आफूसँग रहेको सङ्केत गर्ने गरेको छ।

गत ज्यानुअरीमा ७० वटा युक्रेनी सरकारी वेबसाइटहरू नचल्दा साइबर हमलामा आफ्नो हात रहेको रुसले अस्वीकार गरेको थियो।

सम्झौता 

सम्भावित सहमतिले पूर्वी युक्रेन युद्ध र बृहत् सुरक्षा मुद्दा दुवैलाई समेट्नुपर्ने हुन्छ।

सन् २०१४ र २०१५ को मिन्स्क शान्ति सम्झौताहरूलाई ब्युँताउने विषयमा रुस, युक्रेन, फ्रान्स र जर्मनी सम्मिलित वार्ताहरूबाट अहिलेसम्म निष्कर्ष निस्कन सकेको छैन।

सम्झौताका शर्तहरूलाई लिएर युक्रेन खुशी छैन। उसलाई लाग्छ त्यसबाट रुस र पृथकतावादीहरूको हात माथि परेको छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रे । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक...

घर घरमै चिकित्सा सेवा पुर्‍याउँदै डा चेवन

झापा । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय ब...

पाल्पा टिपर दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

 पाल्पा । पाल्पामा शनिबार  बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।  मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धा...

ब्रोइलर कुखुराबाट वार्षिक ५८ अर्ब आम्दानी

काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...

नेपाली भूमि लिपुलेक पास हुँदै चीनसँग व्यापार खुलाउने भारतको तयारी

काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...

कांग्रेसमा ब्युँतियो विवाद- गगनलाई काउन्टर दिन पुरानै केन्द्रीय समिति बैठक राख्दै देउवा पक्ष

काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ ।  निर्वा...

कांग्रेस बैठक- सभापति थापाको राजीनामा अस्वीकृत गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ।  यसअ...

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...

पौवादुङमाका किसान उद्यममा जोडिदै

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...

आज कोशी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।  साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: