Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

एमसीसीको विषयमा सहमति बन्नु राम्रो, दलहरू सहमत भए म रोक्दिनँ : सभामुख

खबरडबली संवाददाता

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय महत्वका विषयमा सबै राजनीतिक दलहरूबीच सहमति हुनु राम्रो हुने बताएका छन् । सर्वदलीय बैठकपछि प्रतिक्रिया दिँदै उनले राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमतिका लागि पहल गर्न भूमिका खेल्न आग्रह गरेको बताए । 

संघीय संसद् सचिवालयमा प्रधानमन्त्री शेरबहादुर देउवासहित चार घण्टाको सर्वदलीय बैठकपछि सभामुख सापकोटाले एमसीसी र अवरुद्ध संसद् खुलाउने विषयमा छलफल भएको बताए ।

उनले दलहरुबीच सहमति भए आफूले एमसीसी अघि बढ्नबाट नरोक्ने भन्दै आफ्नो भूमिका अम्पायरको जस्तो मात्रै भएको प्रतिक्रिया दिए । ‘एमसीसीका सम्बन्धमा म अम्पायरमात्रै हो । दलहरू सहमत भए म रोक्दिन’, सभामुख सापकोटाले भने, ‘आजको बैठक विशेष भएको छ । संसद्को अवरोध हटाउने विषयमा नेताहरूले पहल गर्नुहुनेछ ।’

संसद्को अवरोध हटाउनका लागि प्रमुख प्रतिपक्षी एमालेसँग सरकारले निरन्तर छलफल गर्ने समझदारी भएको पनि सभामुख सापकोटाको भनाइ थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पत्रकार किशोर श्रेष्ठलाई आज अदालत लगिँदै

काठमाडौं । प्रहरी हिरासतमा रहेका पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि म्याद थप गर्न बिहीबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ। जिल्ला प्र...

कांग्रेस नीति प्रतिष्ठानको सातौँ बैठक: उद्यमशीलता प्रवर्धन र समुदाय पहुँच उपसमिति गठन

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते पार्टी केन्द्रीय कार्यालय परिसरमा महिला उद्यमशीलता सम्...

नेपाल फकिएलगतै देउवाको आह्वान : प्रतिशोध होइन, मेलमिलाप र राष्ट्रिय एकताको बाटो रोजौं

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा बढ्दै गएको विभाजन, असहमति र विद्वेष अन्त्य गर्दै राष्ट्रिय ए...

'गौंथली’ बन्यो दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

काठमाडौं । नेपाली फिल्म ‘गौंथली’ प्रदर्शनको चौथो सातामै इतिहासकै दोस्रो सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ। प्रदर्शनको २८औँ दिन बिहीबार दिउँसो १...

स्वदेश फर्किए देउवा, विमानस्थलमा नेताहरूको जमघट

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि स्वदेश फर्किएका छन्। उनी बिहीबार दिउँसो करिब साढे १२ बजे...

सिंहदरबारमा खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सञ्चालनमा

काठमाडौं । सिंहदरबार परिसरमा सरकारी कर्मचारी तथा सर्वसाधारणलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्ष सञ्चालनमा ल्य...

देउवा स्वदेश फर्किँदै, विमानस्थलमा सुरक्षा कडाइ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा ...

विश्वासको मत जुटेन, सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह विश्वासको मत जुटाउन नसक्ने भएपछि पदबाट राजीनामा दिने तयारीमा छन्। प्रदेशसभामा सम्बोधन गरेपछि ब...

अपडेट: प्युठानको खोला किनारमा पाँच शव फेला

बुटवल । रोल्पाको थबाङमा पहिरोमा परेर बेपत्ता भएकाहरूको हुन सक्ने आशंका गरिएका पाँच जनाको शव प्यूठानमा फेला परेको छ। स्वर्गद्वारी नगरपालिका–९, जुडापाटा...

सिन्धुपाल्चोकको बाह्रबिसेमा टिपर दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरस्थित भित्री सडकखण्डमा ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । केन्द्री...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending