Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

थानकोटमा एक अर्बको लगानीमा विशेषज्ञ सेवा अस्पताल बन्ने

खबरडबली संवाददाता
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ ।  यसका लागि स्वास्थ्य तथा जनसङ्ख्यालाई जर्मन विकास बैंक (केएफडब्लु) एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ । 
 
सो सहयोगमा मन्त्रालय, नगर प्रमुख घनश्याम गिरी र बैंकका प्रतिनिधिका बीचमा हालै प्रारम्भिक सम्झौतासमेत भइसकेको छ । सम्झौताका अनुसार अस्पताल चार वर्षभित्रमा सम्पन्न हुने जनाइएको छ । 
 
नगरपालिकाको समन्वय र सहकार्यमा मन्त्रालय र केएफडब्लुले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारी अन्तिम चरणमा पु¥याएका छन् । नगरप्रमुख गिरीले भने, “डिपिआरको काम सम्पन्न भएसँगै भवन पूर्वाधारको काम अगाडि बढ्छ । निर्धारित समयभित्र अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्छ । यस क्षेत्रमा जनशक्ति, उपकरण र पूर्वाधारमा  अस्पताललाई उत्कृष्ट बनाउँछौँ । नगरवासीले चाहेको गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध छ ।”
 
अस्पतालले काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ बासिन्दालाई विशेष सुविधा पु¥याउने छ । साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पु¥याउने अपेक्षा गरिएको छ । 
 
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका मातहतमा सो अस्पताल सञ्चालन हुने जनाइएको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा नै १५ शय्याका अस्पताल सञ्चालनमा आइसकेको छ । प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहितको उत्कृष्ट सेवा अस्पतालले प्रदान गरिराखेको छ । 
 
अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटु रोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको  अस्पतालका मेडिकल अधिकृत डा हेमनाथ शर्माले जानकारी दिए । उत्कृष्ट कार्यसम्पादन गरेबापत नगरपालिकाको तर्फबाट हालै रु ५० हजार नगद पुरस्कार तथा सम्मानपत्र प्राप्त गरेको छ। उनले भने, “प्रयोगशाला,  उपकरणसहित अस्पतालले उत्कृष्ट सेवा प्रदान गरिराखेको छ ।”         
 
महामारी नियन्त्रणमा उदाहरणीय प्रयास 
 
कोभिड–१९ को महामारीबाट नगरवासीलाई जोगाउन नगरपालिकाले उत्कृष्ट सेवा प्रदान गरेको थियो । 
 
नगरप्रमुख गिरीले भने, “महामारीका सुरुआती दिनमा नै उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गामा कोरोना जाँच तथा यातायातका साधनलाई ‘डिसइन्फेट्यान्ट’ गर्ने काम थालनी भयो । यसबाट कोरोना जोखिम न्यूनीकरणमा सहयोग  पुग्यो । नगरभित्रका सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्यौँ । चारस्थानमा होल्डिङ सेन्टर बनाई सेवा प्रदान गर्ने काम भयो ।  स्वाब सङ्कलनमा नगरपालिकाले सशस्त्र प्रहरी बल अस्पताल बलम्बुलाई सहयोग ग¥यो ।  माक्स, स्यानिटाइजर वितरण गर्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न नगरवासीलाई जानकारी दिने काम भयो । यसबाट कोरोना नियन्त्रणमा सहयोग पुग्यो ।”
 
नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार  नगरपालिकाले एन्टिजेन र पिसिआर गरी १० हजार ३७५ को निःशुल्क परीक्षण गर्न सहयोग पु¥याएको छ । हालसम्म नगरमा आठ हजार ५८७ कोरोना पोजेटिभ देखिएकामा आठ हजार ४०० निको भएका र १०० होमआइसोलेसनमा रहेका जनाइएको छ ।  
 
महामारीको पहिलो र दोस्रो लहरका समयमा नगरपालिकाले आफ्नो एम्बुलेन्समार्फत निःशुल्क सेवा प्रदानसमेत गरेको थियो । पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाउन नगरपालिकाले घरदैलो अभियान सञ्चालन गरी खोप कार्यक्रम सञ्चालन गरिराखेको छ । 
 
नगरप्रमुख गिरीले भने, “कोरोनाविरुद्धको खोप सबै नगरवासीका पाखुरासम्म पु¥याउन मैले उच्च प्राथमिकतामा राखेको छु । सबै वडाका स्वास्थ्यचौकी, विद्यालय तथा अस्पतालमा खोप सेवा जारी छ ।   म हरेक दिन खोप केन्द्रको निरीक्षण गर्छु । खोपको अभाव हुन दिएको छैन ।” 
 
उहाँ स्वयं पनि कोरोनाबाट सङ्क्रमित भएका थिए। नगरपालिकाले स्थानीय बजेटमार्फत १५ वटै वडामा स्वास्थ्य प्रवद्र्धन गर्न चार लाख विनियोजनसमेत गरेको छ ।  यस्तो बजेट विनियोजन गर्ने चन्द्रागिरि पहिलो भएको बताइएको छ । प्रमुख प्रशासकीय अधिकृत नीरज पौडेलले नगरपालिकाले स्वास्थ्य सेवामा लगानी वृद्धि गर्दै जाने नीति लिएको जानकारी दिए । 
 
नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव जगदिश्वरी अवस्थी पाण्डेका अनुसार नगरपालिकाले एक सहरी स्वास्थ्य केन्द्र, एक अस्पतालसहित १० स्वास्थ्यचौकीमार्फत स्वास्थ्य सेवा प्रदान गरिराखेको छ । यी स्वास्थ्य संस्थामा सरकारको मापदण्डअनुसारका प्रयोगशालाको पनि सुविधा छ । उनले भने, “समग्र स्वास्थ्यको  सूचाङ्ककमा चन्द्रागिरिको नगरपालिकाको अवस्था सुदृढ देखिन्छ ।” 
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending