Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

म्यानमारको सैनिक सरकारको एक बर्ष, ८ सय भन्दा बढी कैदी रिहा

खबरडबली संवाददाता

याङ्गोन । म्यानमारको सैनिक (जुन्टा) सरकारले सत्ता सम्हालेको एक बर्ष पूरा भएको छ । सरकारले ८०० भन्दा बढी कैदीबन्दीलाई शनिबार आममाफीको घोषणा गरेको छ । 

म्यानमारले देशको संघीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा आममाफीको घोषणा गरेको हो । म्यानमारको निर्वाचित सरकारलाई अपदस्थ गरेको बर्ष दिन पुग्दा सैनिक प्रशासनले राजधानीमा परेडका साथै विशाल प्रदर्शन छ ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार गत वर्षको सैन्य ‘कू’ देखि नै म्यानमारमा ठूलो समूहले सरकारविरोधी प्रदर्शन गर्दै आएको छ । देशभर आम विरोध प्रदर्शन र त्यसपछिको सैन्य दमनमा एक हजार ५०० भन्दा बढी नागरिकहरूको ज्यान गएकोे छ ।

जुन्टा प्रमुख मिन आङ हलिङले ८१४ कैदीहरूका लागि ‘माफी आदेश’ जारी गर्नुभएको राज्य सञ्चालित सञ्चार माध्यमले ७५ औं संघीय स्वतन्त्रता दिवसका अवसरमा अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेका छन् । यस्तै सात विदेशी पनि रिहा भएका छन् ।

जुन्टा प्रवक्ता जाउ मिन टुनले एएफपीसँग भन्नुभयो, म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी र विभिन्न जातीय समूहहरूबीच बेलायती शासनबाट स्वतन्त्र बर्मा संघ गठन गर्ने सम्झौताको सम्झनामा म्यानमारले एक दिन बार्षिक विदा दिने र स्वतन्त्रता दिवस मनाउने गर्दछ ।

सरकारले स्वतन्त्रता दिवसका एक वर्षभन्दा बढी समयदेखि थुनामा रहेका अर्थशास्त्रका प्राध्यापक निजामती नेता आङ सान सुचीको सल्लाहकारको रूपमा काम गरिरहेका अस्ट्रेलियाली शिक्षाविद् शन टर्नेललाई रिहा गर्नेछ वा थुनामा नै राख्ने छ भन्नेबारे उनले खुलाए। गत फेब्रुअरीर्मा  सैनिक सरकारले उहाँलाई पदबाट हटाएको केही दिनपछि उनी पक्राउ परेका थिए। 

उनलाई म्यानमारको आधिकारिक गोप्य कानुन उल्लंघन गरेको अभियोग लगाइएको छ र दोषी प्रमाणित गरिएमा उनलाई अधिकतम १४ वर्षको जेल सजाय दिनसक्ने कानुनी प्रावधान छ ।  

प्रियजनहरूसँग पुनर्मिलन हुने आशामा शनिबार बिहान याङ्गोनको इनसिन जेलबाहिर लगभग १०० जना मानिसहरू भेला भएका एएफपी संवाददाताहरूले बताएका छन् ।

यसैबीच स्थानीय समयको मध्याह्नतिर चारवटा मिनीबसहरूमा चढी जेलबाट बाहिरिएका थिए । यद्यपि आफन्तसँग पुनः मिलनको सपना लिँदै जेलसम्म पुगेका मानिसहरूको भीडले उनीहरूलाई तत्काल भेट्न भने पाएनन् । 

आफन्तहरूले नातेदारहरूको नाम रहेको प्लाकार्ड हल्लाउँदा भित्रका मानिसहरूले आफूहरू त्यहाँ रहेको सङ्केतमात्र गरेका देखिएको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद्‌ ब्युँताउने रिट निवेदनमा देउवाको समर्थन छ ?

काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...

बयानमा नआउने ओलीको अडान, प्रहरी परिचालन गर्ने आयोगको तयारी

काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...

एमाले महासचिवमा ६ जना आकांक्षी, कसले मार्ला बाजी ?

काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...

विश्व उड्डयन बजार पुनः सशक्त बन्दै

जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...

निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ ।  पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...

यस्तो रहने छ आजको मौसम

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन ।  आज दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी ...

एनपीएलः एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । त्रिभुवन  अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...

र्‍यापर स्यामुयलद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

काठमाडौँ । चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending