Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

म्यानमारको सैनिक सरकारको एक बर्ष, ८ सय भन्दा बढी कैदी रिहा

खबरडबली संवाददाता

याङ्गोन । म्यानमारको सैनिक (जुन्टा) सरकारले सत्ता सम्हालेको एक बर्ष पूरा भएको छ । सरकारले ८०० भन्दा बढी कैदीबन्दीलाई शनिबार आममाफीको घोषणा गरेको छ । 

म्यानमारले देशको संघीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा आममाफीको घोषणा गरेको हो । म्यानमारको निर्वाचित सरकारलाई अपदस्थ गरेको बर्ष दिन पुग्दा सैनिक प्रशासनले राजधानीमा परेडका साथै विशाल प्रदर्शन छ ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार गत वर्षको सैन्य ‘कू’ देखि नै म्यानमारमा ठूलो समूहले सरकारविरोधी प्रदर्शन गर्दै आएको छ । देशभर आम विरोध प्रदर्शन र त्यसपछिको सैन्य दमनमा एक हजार ५०० भन्दा बढी नागरिकहरूको ज्यान गएकोे छ ।

जुन्टा प्रमुख मिन आङ हलिङले ८१४ कैदीहरूका लागि ‘माफी आदेश’ जारी गर्नुभएको राज्य सञ्चालित सञ्चार माध्यमले ७५ औं संघीय स्वतन्त्रता दिवसका अवसरमा अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेका छन् । यस्तै सात विदेशी पनि रिहा भएका छन् ।

जुन्टा प्रवक्ता जाउ मिन टुनले एएफपीसँग भन्नुभयो, म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी र विभिन्न जातीय समूहहरूबीच बेलायती शासनबाट स्वतन्त्र बर्मा संघ गठन गर्ने सम्झौताको सम्झनामा म्यानमारले एक दिन बार्षिक विदा दिने र स्वतन्त्रता दिवस मनाउने गर्दछ ।

सरकारले स्वतन्त्रता दिवसका एक वर्षभन्दा बढी समयदेखि थुनामा रहेका अर्थशास्त्रका प्राध्यापक निजामती नेता आङ सान सुचीको सल्लाहकारको रूपमा काम गरिरहेका अस्ट्रेलियाली शिक्षाविद् शन टर्नेललाई रिहा गर्नेछ वा थुनामा नै राख्ने छ भन्नेबारे उनले खुलाए। गत फेब्रुअरीर्मा  सैनिक सरकारले उहाँलाई पदबाट हटाएको केही दिनपछि उनी पक्राउ परेका थिए। 

उनलाई म्यानमारको आधिकारिक गोप्य कानुन उल्लंघन गरेको अभियोग लगाइएको छ र दोषी प्रमाणित गरिएमा उनलाई अधिकतम १४ वर्षको जेल सजाय दिनसक्ने कानुनी प्रावधान छ ।  

प्रियजनहरूसँग पुनर्मिलन हुने आशामा शनिबार बिहान याङ्गोनको इनसिन जेलबाहिर लगभग १०० जना मानिसहरू भेला भएका एएफपी संवाददाताहरूले बताएका छन् ।

यसैबीच स्थानीय समयको मध्याह्नतिर चारवटा मिनीबसहरूमा चढी जेलबाट बाहिरिएका थिए । यद्यपि आफन्तसँग पुनः मिलनको सपना लिँदै जेलसम्म पुगेका मानिसहरूको भीडले उनीहरूलाई तत्काल भेट्न भने पाएनन् । 

आफन्तहरूले नातेदारहरूको नाम रहेको प्लाकार्ड हल्लाउँदा भित्रका मानिसहरूले आफूहरू त्यहाँ रहेको सङ्केतमात्र गरेका देखिएको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending