Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

बन्दुकधारीद्वारा लिबियाका प्रधानमन्त्रीको गाडीमा आक्रमण

खबरडबली संवाददाता

त्रिपोली ।  अज्ञात बन्दुकधारीहरूले बिहीबार राजधानी त्रिपोलीमा लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाहको काफिलेमा आक्रमण गरेको लिबियाको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता अब्दुलमेनेम अल–अरबीले एक विज्ञप्तिमा भने, “आज अघि, प्रधानमन्त्रीको काफिलेलाई सुक अल–जुमा जिल्ला (मध्य त्रिपोली) मा लाइसेन्स प्लेट बिनाको गाडीमा सवार व्यक्तिहरूले सशस्त्र आक्रमणको शिकार बनाएको थियो।“ । आक्रमणमा कुनै हताहत नभएको पुष्टि गर्दै अल–अरबीले “देशको राजनीतिक घटनाक्रम“ विरुद्धको विरोधपछि उक्त घटना भएको बताएका छन् ।

“आन्तरिक मन्त्रालयले यस आपराधिक कार्यको निन्दा गर्दछ,“ प्रवक्ताले भने, “अपराधीहरूलाई न्यायको दायरामा ल्याउन अनुसन्धान भइरहेको छ।“प्रतिनिधिसभा (संसद्ले) फाथी बाशाघालाई देशको नयाँ प्रधानमन्त्रीका लागि सर्वसम्मतिले मतदान गरेको केही घण्टापछि विज्ञप्ति जारी गरिएको हो ।

यद्यपि, डेबिबाले मङ्गलबार उनको चुनाव नभएसम्म पदमा रहने र “निर्वाचित सरकारलाई मात्र शक्ति हस्तान्तरण गर्ने।“ बताएका थिए ।उत्तर अफ्रिकी देशमा वर्षौंदेखिको राजनीतिक विभाजनको अन्त्य गर्दै गत वर्ष फेब्रुअरीमा संयुक्त राष्ट्र प्रायोजित लिबियाको राजनीतिक संवाद मञ्चले डबेबाहको राष्ट्रिय एकताको सरकारलाई नियुक्त गरेको थियो।

लिबियाको संसद्ले गत वर्ष सेप्टेम्बरमा डबेबाहको सरकारबाट विश्वास फिर्ता लिएको थियो र यसलाई कामचलाउ सरकारको रूपमा राखेको थियो। लिबियामा गत वर्ष डिसेम्बर २४ मा आम चुनाव हुने भनिएको थियो तर प्राविधिक र कानुनी कारणले अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending