रुकुम । रुकुम (पूर्व) मा विभिन्न ठाउँमा खोप अभियान सञ्चालन गर्दा पनि खोप लागाउने लक्षित उमेर समूहका व्यक्ति खोप केन्द्रसम्म नआउँदा समस्या भएको स्वास्थ्य कार्यालय रुकुम (पूर्व) ले बताएको छ ।
जिल्लामा खोप पर्याप्त भए पनि लगाउने व्यक्तिको अपेक्षित उपस्थिति नहुँदा समस्या भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवम् कोरोना रोग नियन्त्रण फोकल पर्सन नीमप्रसाद गिरीले बताए । उनका अनुसार जिल्लामा खोप लगाउने लक्षित जनसङ्ख्या ४५ हजार ३६९ हो । अहिलेसम्म ३३ हजार ५५१ जना अर्थात् ७३ प्रतिशतले कोभिडविरुद्धको पहिलो डोज लगाएका छन् भने २९ हजार ५०१ जना अर्थात् ६५।०२ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् ।
कोरोना फोकल पर्सन गिरीका अनुसार पुथाउत्तरगङ्गा गाउँपालिकामा नौ हजार १६४ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने आठ हजार १३० जनाले दोस्रो मात्रा लगाएका छन् । त्यहाँको खोप लगाउने लक्षित जनसङ्ख्या १५ हजार ४८७ हो ।
भूमे गाउँपालिकामा ११ हजार ९८२ जनाले पहिलो मात्राको खोप लगाएका छन् भने १० हजार ४३० जनाले दोस्रो मात्राको खोप लगाएका छन् । त्यहाँको लक्षित जनसङ्ख्या १८ हजार ८१३ हो । सिस्ने गाउँपालिकाका १२ हजार ४०५ जनाले पहिलो मात्रा लगाएका छन् भने १० हजार ९८२ जनाले दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस गाउँपालिकाको लक्षित जनसङ्ख्या १४ हजार ६८ हो ।
पहिले कत्ति पनि खोप नलगाएका, दोस्रो मात्रा छुटेका र बुस्टर डोज खोप लगाउने कार्य अहिले चलिरहेको छ । सिस्ने गाउँपालिकामा स्वास्थ्य कार्यालयबाट र भूमेमा गाउँपालिका केन्द्र खाबाङबाट खोप अभियान चलिरहेको छ । पुथाउत्तरगङ्गामा खोप पठाए पनि मानिस नआउँदा खोप कार्यक्रम सञ्चालन हुन नसकेको फोकल पर्सन गिरीले बताए । मानिसले कोभिडलाई सामान्य रुपमा लिँदा खोपप्रतिको चासो कम देखिएको पाइएको छ । अहिले जिल्लामा मात्रै दुई हजार २०० डोज कोभिडको खोप मौज्दात रहेको स्वास्थ्य कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: