Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

रोल्पामा सडक स्तरोन्नतिको आवश्यकता

खबरडबली संवाददाता

रोल्पा । गत कात्तिक २८ गते रोल्पाको माडी गाउँपालिका–१ घर्तीगाउँमा भएको जीप दुर्घटनामा एक महिलासहित तीन जनाको ज्यान गयो । दुर्घटना घर्तीगाउँ बजार नजिक शहीदमार्गमा भएको थियो । दुर्घटनामा परी मृत्यु हुने सबै एउटै गाउँका थिए । घटनामा तीन गम्भीर घाइते भए ।

गत मङ्सिर १ गते माडी गाउँपालिका–४ तार्केवाङमा भएको बस दुर्घटनामा एक महिलासहित चार जनाको ज्यान गयो । दुर्घटनामा १८ जना घाइते भए ।  दाङ घोराहीबाट रोल्पाको थवाङ आउँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी गाँउपालिका–४ तार्केबाङ शहीदमार्गमा दुर्घटना भएको थियो । बस शहीदमार्गबाट २०० मिटर तल खोलामा खसेको छ । जलजला दर्शनका लागि सो बस बुकिङ गरिएको थियो ।

यस्तै गत पुस १८ गते रोल्पा नगरपालिका–९ ह्वामा गर्पामा अटोरिक्सा दुर्घटना भयो । दुर्घटनामा चालकको मृत्यु भयो । रोल्पामा सडक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बढ्दै  गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा रोल्पामा १४  सवारीसाधन  दुर्घटनामा परे । दुर्घटनामा तीन महिलासहित १५ जनाले ज्यान गुमाए । दुर्घटनामा १५ महिला, ११ पुरुष र नौ बालबालिका घाइते भए ।

यस्तै आव २०७६/७७ मा जिल्लामा २४ सवारीसाधन दुर्घटना भए । दुर्घटनामा परी दुई महिला, १०  पुरुष र एक नाबालिकाको ज्यान गयो । दुर्घटनामा पाँच महिला, १९ पुरुष र ६ बालक घाइते भए । आव २०७५/७६ मा २६ सवारीसाधन दुर्घटना भए । दुर्घटनामा एक महिला, १० पुरुष र चार बालबालिकाको ज्यान गयो । दुर्घटनामा २३ महिला, २५ पुरुष र नौ बालबालिका घाइते भए । 

जिल्लामा पक्की सडक ५८ किलोमिटर मात्रै छ । चकचके लिवाङ खुङ्ग्री लिवाङखण्ड ३८ किलोमिटर, लिवाङ सिमलवाङ पाँच किलोमिटर, घोराही चुनवाङ शहीदमार्ग १३ किलोमिटर र सुलीचौर काधधारादेखि केराबारी तीन किलोमिटर लामो छ । जिल्लाका अन्य सबै सडक  कच्ची  छन् । अधिकांश सडक मापदण्ड विपरीत छन् । साँघुरो मोड, मापदण्डभन्दा बढी उकालोओरालो भएका सडकमा दुर्घटना बढी हुने गरेको जिल्ला ट्राफिक  प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रञ्जित आचार्यको भनाइ छ । 

जिल्लाभर सडक सञ्जाल विस्तार भए पनि यसको नियन्त्रण र नियमन गर्ने निकाय ट्राफिक प्रहरीको पहँुच भने निकै कम छ । जिल्लामा हाल १२ मात्रै ट्राफिक प्रहरी कार्यरत छन् । सदरमुकाम लिवाङमा पाँच जना, सुलीचौर र होलेरीमा दुई/दुई तथा सातदोबाटो, दारबोट र घर्तीगाउँमा एक/एक ट्राफिक प्रहरी कार्यरत छन् । सडकका खाल्डाखुल्डी, झाडी, पहिरो र साँघुरो मोडले यात्रालाई असहज बनाएको छ । सडक स्तरोन्नतिका नाममा बर्सेनी करोडौँ बजेट खर्च हुने गरेको छ । बाटोको अवस्था भने उस्तै छ । 

जिल्लाका सबै स्थानीय तहको विकास प्राथमिकतामा सडक सञ्जाल परे पनि वर्षौं बित्दासमेत सडकको अवस्था भने सुधार हुन नसक्नु दु:खद् पक्ष भएको सरोकारवालाको भनाइ छ । जिल्लाका सबै स्थानीय तहले सडक निर्माण तथा मर्मत शीर्षकमा कूल बजेटको झण्डै ६० प्रतिशत बजेट विनियोजन गर्ने गर्दछन् । सङ्घीय सरकार र प्रदेश सरकारले समेत जिल्लाको सडक निर्माणलाई नै प्राथमिकता दिएको देखिन्छ । यो क्रमले विगत पाँच वर्षयता निरन्तरता पाइरहे पनि जिल्लाका सडक गुणस्तरीय भएको जिल्लावासीको गुनासो छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending