सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा १५ शय्याको अस्पताल उद्घाटन गरिएको छ । नवनिर्मित नवलपुर प्राथमिक अस्पतालको आज एक कार्यक्रमबीच बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले उद्घाटन गरे।
उनले हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउनु सरकारको पहिलो प्राथमिकता रहेको बताए । बागमती प्रदेशका हरेक स्थानीय तहमा जतिसक्दो छिटो सरल र सहज रूपमा स्वास्थ्योपचार सर्वसुलभ बनाउन सरकार लागिपरेको उनको भनाइ छ ।
गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले इन्द्रावतीका १२ वटै वडामा आधारभूत स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए। केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरी जनशक्ति व्यवस्था गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने बताए।
प्रदेश सरकारको पाँच करोड ७३ लाख र गाउँपालिकाको २८ लाख बजेटबाट निर्मित अस्पतालमा १५ शय्या र ३९ कोठा छन् ।
अस्पतालमा दुई एमबिबिएस चिकित्सकसहित, मेडिकल, एक्स–रे, ल्याब, इमरजेन्सी वार्ड, अपरेटिङ, माइनर, इसिजीजस्ता सबै अत्यावश्यक प्राथमिक सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष तामाङले बताए।
२८ हजारभन्दा बढी जनसङ्ख्या भएको इन्द्रावती–१ देखि १२ सम्मका वडाका स्थानीयवासीले स्वास्थ्य चौकीभन्दा माथिल्लो सेवा पाउन चौतारा, धुलिखेल या मेलम्ची पुग्नुपथ्र्यो । एक्स–रे, रगत, स्वास्थ्य परीक्षणकै लागि चौतारा, धुलिखेल या मेलम्ची धाउनुपर्ने बाध्यताबाट स्थानीयवासीले मुक्ति पाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: