Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

४ महिनामा १० लाखभन्दा बढी अफगानिस्तानीले देश छाडे

रासस

काबुल । पछिल्लो चार महिनामा १० लाख भन्दा बढी अफगानिस्तानीले देश छाडेको  स्थानीय मिडियाले न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

टोलो न्युजका अनुसार अधिकांश आप्रवासीहरू सीमा क्षेत्र पार गरेर इरान र पाकिस्तान पुगेका छन्। एक निजी यातायात उद्योगका प्रमुखले दैनिक चार हजार मानिस इरान जाने गरेको बताएका छन् ।

समस्याहरू सबैलाई स्पष्ट छन्। त्यहाँ गरिबी, बेरोजगारी र युवाहरूको लागि शैक्षिक अवसर छैन, टोलो न्यूजका अनुसार उनले भने ।

म बाहिर जान चाहन्छु किनभने म मेरो छोराछोरी – दुई केटा र दुईछोरी राम्रो वातावरणमा आफ्नो पढाइ जारी राख्न चाहन्छु, उनले थपे ।

उनले उच्च शिक्षा मन्त्रालयमा १० वर्ष काम गरेका थिए । अयुबीले अफगानिस्तानमा आफ्नो र उनको परिवारको लागि जीवन कठिन भएको बताउँदै आफू इरान जान चाहेको उल्लेख गरेका छन् ।

हेरात प्रान्तका धेरै यात्रुहरू यातायात उद्योगका प्रमुखहरूले भने अनुसार इरानको सीमा पार गर्न खोज्ने मानिसहरू  नै छन् । ती मध्ये केही पाकिस्तान पनि जाने गरेको बताए ।

एक यातायात कम्पनीका प्रमुख इस्माइल जावानमर्द अमरखेलले भने, “हामी यहाँ (काबुल) बाट कान्दाहार, निमरोज र हेरात प्रान्तमा हरेक दिन ३,५०० देखि ४,००० मानिसलाई लैजान्छौं ।

न्युयोर्क टाइम्सले  सामूहिक आप्रवासनले यस क्षेत्र र युरोपमा २०१५ को आप्रवासी संकटको पुनरावृत्तिको जस्तै  चिन्ता बढाएको छ । त्यतिबेला १० लाख भन्दा बढी मानिसहरू प्राय: सिरियालीहरूले युरोपमा शरण खोजेका थिए ।
यद्यपि तत्काल आर्थिक सङ्कटको कारण धेरैले देश छाड्ने छनौट गरिरहेका छन् । तालिबान शासनमा महिलाहरूमाथिको प्रतिबन्ध र बदलाको डरले थप सङ्कट बढाएको छ ।  त्यसैगरी इरानमा शरणार्थी अधिकार रक्षकहरूले इरानमा अफगान शरणार्थीहरूको स्थिति बारे थप चिन्ता व्यक्त गरेका छन् ।

इरानमा रहेका अफगान शरणार्थीहरूले काममा पहुँच र शरणार्थी परिचयपत्रको अभाव जस्ता विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन् । शरणार्थीलाई सधैं फिर्ता पठाइने जोखिममा हुन्छन्, शरणार्थी अधिकारकर्मी नकिबुल्लाह रसिखले भने ।

इस्लामिक इमिरेट्सले अफगानिस्तानमा आर्थिक र मानवीय सङ्कटको सामना गर्न प्रयास भइरहेको बताएको छ।
इस्लामिक इमिरेट्सका उपप्रवक्ता बिलाल करीमीले भने, इस्लामिक इमिरेट्सको तथ्याङ्कले दैनिक रूपमा अफगानिस्तानबाट १,५०० देखि २,००० मानिसहरू इरान जाने गरेको देखाउँछ ।

इरान प्रवेश गर्ने धेरै आप्रवासीहरू टर्कीको सीमा पार गर्न र त्यहाँबाट शरणका लागि युरोप जान खोजिरहेका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending