Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

आठ जनाको ज्यान गएको प्युठान दुर्घटना, जहाँ बेहुलीले दाहिने हात गुमाइन्

बेहुला र अन्य घाइते खतरा मुक्त

दुर्घटनामा हात गुमाएकी बेहुली रिमा जिसी
खबरडबली संवाददाता

काठमाडौं । शनिबार बिहानै प्युठानमा भएको जिप दुर्घटनामा परेर घाइते भएकी बेहुलीको हात काटिएको छ। आठ जनाको मृत्यु हुनेगरी भएको दुर्घटनामा बेहुली रिमा जिसीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ अस्पतालमा उपचारको क्रममा हात काटिएको हो। 

जिप दुर्घटनामा गम्भीर घाइते जिसीको दाहिने हात बचाउन नसकेपछि काट्न बाध्य भएको अनेरास्ववियुकी नेतृ लक्ष्मी केसीले जानकारी दिएकी छन्। अरु अवस्था सामान्य छ। बेहुला र अन्य घाइते पनि खतरा मुक्त र घाइते ३ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको उनले बताइन्। 

बेहुलाको भाइ नरेश खड्काको लुम्बिनी सिटी अस्पताल बुटवलमा टाउकोको अप्रेशन गरिएको छ। भने गाडी चालकको छोरीको मर्सी सिटी अस्पताल बुटवलमा खुट्टाको अप्रेशन भएको छ। 

जन्ती बोकेको जीप शनिबार बिहानै गौमुखी गाउँपालिका–६, लिवाङ ओखरपाटामा दुर्घटनामा ६ जनाको घटनास्थल र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो।

मृत्यु हुनेमा प्यूठान गौमुखी ६ लिवाङ बस्ने ४० वर्षीया वसन्ती खड्का,२९ वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर बुढा, ३२ वर्षका खिम बहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६ लुङकी १८ वर्षीया विपना जिसी छन्। 

स्थानीय ३९ वर्षीय वसन्त खड्का र उनकी छोरी वर्ष ११ को एलिसा खड्काको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको थियो। दुर्घटनामा बेहुला र बेहुलीसहित पाँचजना घाइते भएका थिए।

जीप सडकबाट करिब एकसय ५० मिटर तल खसेको थियो। प्युठानको नौवहिनी–६ लुङबाट दुलही लिएर फर्किने क्रममा ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दुर्घटना भएको थियो। जीपमा १३ जना सवार थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending