Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

कर्णाली प्रदेश स्थापना दूरगामी महत्वको घटना: प्रदेश प्रमुख

रासस

कर्णाली । कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश स्थापनाको दिन दूरगामी महत्वको भएको बताएका छन् । कर्णाली प्रदेशसभाको चौथो स्थापना दिवसको अवसरमा आज आयोजित ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै प्रदेश प्रमुख परियारले समयको रफ्तारसँगै स्थापनाको चौथो वर्ष पार गरेको प्रदेशसभाले संंविधानको मर्म अनुरुप संघीयता कार्यान्वयनमा सहयोग पुगेको बताए । “संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज स्थापनाको कल्पना गर्दै समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ,” उनले भने, “यसको ध्येय अनुसार जनप्रतिनिधिहरुको संस्था प्रदेशसभा र सरकारले अति क्रियाशील भएर काम गर्न आवश्यक छ ।” 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले कर्णालीको विकास र समृद्धि अझै बलियो र सुदृढ बन्दै जाने अपेक्षा रहेको बताउँदै प्रदेश प्रमुख परियारले ऐतिहासिक महत्वको बोकेको दिनको स्वर्णीम सपनालाई विपनामा परिणत गर्न सबैको साझा दायित्व रहेको उनको भनाइ थियो ।

प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार गठनदेखि नीति निर्माण गर्ने जनप्रतिनिधिहरुको संस्था प्रदेशसभाको चार वर्षको भूमिका कदर गर्न लायक भएको बताए । उक्त कार्यक्रममा सभामुख राजबहादुर शाहीले प्रदेशसभाको चार वर्षे कार्यकालले प्रादेशिक संरचनाको आकार दिएको बताए । उनले भने, “हामीले यो चार वर्षमा सरकार, समीति, नीति, बजेट तथा कार्यक्रम निर्माणदेखि ३६ वटा कानून बनाएका छौ । सरकारको कामको प्रभावकारिताको निगरानी गर्दैै आएका छौं ।”

कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सदस्य, प्रमुख सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending