Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

पर्यटन प्रवद्र्धन तथा विकासका लागि के गर्नु पर्छ सरकार तयार छ: मन्त्री आले

खबरडबली संवाददाता

काठमाडौँ । कोभिड महामारीको प्रभाव अन्त्यसँगै अबको वर्ष पाँच लाख पर्यटक ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् ।

सन् २०२१ मा नेपालमा ३२ वर्ष यताकै सबैभन्दा कम एक लाख हाराहारी पर्यटक आगमन भएको थियो । सरकारले सन् २०२२ मा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यसका लागि राष्ट्रियस्तरको समिति गठन गरिएको छ ।

मन्त्रालयमा आज शुक्रबार पर्यटन पुनरुत्थान समितिले आयोजना गरेको पहिलो बैठकले सन् २०२२ मा पाँच लाख र सन् २०२३ मा यो सङ्ख्यालाई दोब्बर गर्ने लक्ष्य सार्वजनिक गरेको थियो । उक्त कार्यक्रममा मन्त्री आलेले कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न सरकारले प्राथमिकता दिने बताए । उनले भने,  “कोरोनाले हाम्रो पर्यटन क्षेत्र पूर्णरूपमा धरासायी बनेको छ, पर्यटन प्रवद्र्धन तथा विकासका लागि के गर्नु पर्छ सरकार तयार छ ।”

कोरोनाका कारण थला परेको पर्यटन उद्योगलाई लयमा फर्काउनका लागि यही माघ २ गते उक्त समिति विधिवत्रूपमा गठन भएको थियो । गठन भएसँगै सो समितिले आज पहिलो पटक आफ्नो बैठक राखेको थियो । उक्त समितिको नेपालका पर्यटन क्षेत्रहरुलाई नयाँ स्वरूपमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय पर्यटन बजारमा पन:स्थापित गराउने उद्देश्य रहेको समितिका संयोजक राजाराम गिरीले बताए । 

उनले भने, “कोभिडबाट धरासायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि हामी एक महिनाभित्र बृहत् पर्यटन अन्तरक्रिया कार्यक्रमको तयारी गर्दैछौँ, कमिटीका सदस्यबाट आएका सुझावहरु सङ्कलन गरी विस्तृत रिपोर्ट तयार गर्नेछौँ ।” 

छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले कोभिड महामारीका कारण थिलथिलो भएको पर्यटन क्षेत्रलाई सरकारले राहत उपलब्ध गराउनुपर्ने बताए । नेपाल टुर एण्ड ट्राभल एशोशिएसन (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटन ऐन तीन दशक पुरानो भएकाले त्यसलाई समयानुकूल बदल्नुपर्ने बताए । होटल सङ्घ नेपाल (हान) का अध्यक्ष सृजना राणाले सीमा नाकाबाट आउने पर्यटकलाई हवाई मार्गबाट आउने पर्यटक सरह सम्मान दिलाउनुपर्ने बताए । 

यसैगरी उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले अहिलेको कोरानाका कारण पर्यटन व्यवासायीहरुको मनोबल वृद्धि गरिनुपर्ने भन्दै पर्यटकहरुलाई राज्यका निकायबाटै समान व्यवहार गरिनुपर्ने बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending