Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

काठमाडौँ उपत्यकामा सहरी पक्षीको सङ्ख्यामा वृद्धि

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो समयमा सहरी पक्षीको सङ्ख्यामा वृद्धि भएको छ । यस वर्षको जाडो मौसममा गरिएको ‘अर्बन बर्ड काउन्ट’ मा उपत्यकामा कूल छ हजार ७०१ चराको सङ्ख्या रेकर्ड गरिएको छ ।

गत वर्षको तुलनामा ९४७ सहरी पक्षीको सङ्ख्या वृद्धि भएको देखिएको हो । सन् २०२१ को गणनामा कूल पाँच हजार ७५४ सङ्ख्या रेकर्ड गरिएको थियो । नेपाल पक्षी संरक्षण सङ्घले सन् २०२२ को जनवरी १ देखि ८ सम्म उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिममा गरी कूल २४ योजनाबद्ध ‘ट्रान्जिट’ मा सहरी, उपनगरीय र ग्रामीण क्षेत्र गरी तीन क्षेत्रमा सहरी पक्षीको अवलोकन गरेको थियो । 

गणनामा मलेवा, घर काग, घर भँगेरा, घर गौँथली, डाङ्रे रुपी, जुरेली, वन रुपी, रुख भँगेरा, कालो चील र वस्तु वा बकुल्लालगायत प्रजातिका चरा सबैभन्दा बढी पाइएको सङ्घका ‘पोलिसी एण्ड एडभोकेसी अफिसर’ किर्ती नेपालले जानकारी दिइन् ।

उपत्यकाको सहरी क्षेत्रमा अघिल्लो वर्षको तुलनामा ७६९ सङ्ख्याले वृद्धि भएको छ । गत वर्षको गणनामा सहरी क्षेत्रमा जम्मा एक हजार ९२६ चरा देखिएका थिए भने यसवर्ष दुई हजार ६९५ चरा फेला परेका छन् । यसैगरी ग्रामीण क्षेत्रमा पनि चराको सङ्ख्या २९० ले बढेको छ । 

ग्रामीण क्षेत्रमा सन् २०२१ मा एक हजार ५२५ चराको सङ्ख्याको तुलनामा यस वर्ष एक हजार ८१५ चराको अभिलेखीकरण भएको छ तर उपनगरीय क्षेत्रमा चराको सङ्ख्या २८८ ले घटेको देखिएको छ । 

गत वर्ष दुई हजार ३०३  सङ्ख्या रेकर्ड गरिएको थियो भने यस वर्ष त्यहाँ दुई हजार १५ सङ्ख्या रेकर्ड गरिएको उनले बताइन् । यो कार्यक्रम सङ्घले जाडो र गर्मी दुई मौसममा गर्नेछ । प्राप्त जानकारीले उपत्यकाको सहरी चराको सङ्ख्याको अवस्थाबारे स्पष्ट चित्रण गर्छ । यस यामको गणनामा ३५ भन्दा बढी सरोकारवाला व्यक्ति संलग्न रहेका थिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई न...

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हेर्‍यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालिका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा ...

मापदण्ड संशोधन गरी बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समय थप

काठमाडौँ । सरकारले बहुवर्षीय आयोजनासम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन गर्दै नयाँ मापदण्ड जारी गरेको छ । ‘आयोजनाको बहुवर्षीय ठेक्का सह...

झापा–२ मा निवर्तमान सभामुखलाई उपसभामुखको चुनौती, अरु दलका कस्ता छन् प्रतिस्पर्धी ?

झापा । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा पनि चुनावी गतिविधि तीव्र बन्दै गएका छन् । निवर्तम...

दल र उम्मेदवारले २५ हजार माथिको नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) क...

निर्वाचन प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

काठमाडौँ । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्दे...

फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत । स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र भैरहवाको सहयोगमा फलेवास नगरपालिकामा तोरी र गहुँको बीउ उत्पादन प्रारम्भ भएको छ ।  ...

सर्लाहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

बरहथवा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्...

क्यान्सरबाट हरेक वर्ष जान्छ दश लाख मानिसको ज्यान

काठमाडौँ । आज विश्व क्यान्सर दिवस हो । यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रु...

नेपाली कामदारकै निम्ति ईपीएसको नियम फेर्न दक्षिण कोरियाद्वारा अस्वीकार

काठमाडौं । रोजगारीका निम्ति दक्षिण कोरिया लैजाने नेपाली कामदारकै निम्ति रोजगार अनुमति प्रणाली (ईपीएस) को विद्यमान नियममा परिवर्तन गर्न नसकिने कोरियाली...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE