जाजरकोट । गाउँ–गाउँमा जनचेतना बढेसँगै सुरक्षित रुपमा सुत्केरी हुनेको सङ्ख्या ह्वात्तै बढेको छ ।
यहाँका स्वास्थ्य संस्थामा सुरक्षित रुपमा सुत्केरी हुन आउने महिलाको सङ्ख्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् । जनचेतनामा आएको वृद्धिसँगै सुरक्षित रुपमा सुत्केरी हुन र गर्भ जाँच गराउन स्वास्थ्य संस्थामा आउनेको सङ्ख्यामा वृद्धि भएको बताइएको छ ।
दुर्गममा क्षेत्रमा बसोबास गर्ने महिला गर्भवती हुँदा सुत्केरी हुने समय नजिकै आउँदा स्वास्थ्य संस्थाको पहुँच हुने ठाउँमा अस्थायी रुपमा बसाइँ गरेर सुत्केरी सेवा लिने गरेको आफूले पाएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए । “हामीले गर्भवतीलाई सुरक्षित रुपमा स्वास्थ्य संस्था ल्याउन र लिनका लागि एम्बुलेन्स सेवा समेत दिएका छौँ, आर्थिक रुपमा हैसियात हेरेर भाडा दरसमेत निर्धारण गरिएको छ”, उनले भने, “घर घर झण्डा, सुत्केरीलाई अण्डा कार्यक्रम सञ्चालन गरेर सुत्केरीको स्याहारसुसारमा थप ध्यानसमेत दिइएको छ ।”
जुम्लाको सिमानासँग जोडिएको बारेकोट गाउँपालिकामा समेत स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको दर बढेको पाइएको छ । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहका अनुसार अघिल्लो दुई आर्थिक वर्षमा सत प्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा आएर सुत्केरी भएका छन् । सुत्केरी तथा गर्भवतीलाई प्रोत्साहन थप व्यवस्था गर्दा नतिजा राम्रो आएको उनले बताए ।
पश्चिमका छेडागाड, शिवालय र जुनिचाँद र कुशे गाउँपालिकामा सुत्केरी हुने अपेक्षा गरिएको भन्दा कमजोर रहेको छ । भेरी, नलगाड, बारेकोटमा भारी सुधार आएको बताइएको छ । स्वास्थ्य सेवा कार्यालयमा जाजरकोटमा सुत्केरी हुन आउनेको सङ्ख्या बढेको छ । गएको वर्ष २४१ महिला जिल्ला अस्पताल जाजरकोटमा सुत्केरी हुन आएका थिए ।
विस्तारै गाउँघरमा जनचेतना बढेसँगै स्वास्थ्यचौकी तथा अस्पतालमा गर्भवती तथा सुत्केरीले लिने सेवा बढ्दै गरेको पाइएको छ । अस्पतालमा सुत्केरी हुन आउनेलाई सरकारले दुई हजार दिने गरिएको छ । ८०० रुपैयाँ गर्भजाँच गरेमा दुई हजार प्रदेश सरकारले समेत थप पोषण भत्ता दिने गरेको छ । साथै अस्पतालबाट न्यानो झोलासमेत दिने गरिएको डाक्टर औंसर सिंह राठौरले जानकारी दिए ।
जिल्लामा ५० शय्याको अस्पतालको निर्माण कार्य अन्तिम चरण पुगेसँगै सेवा विस्तारको भारी अपेक्षा गरिएको छ । अस्पतालमा अक्सिजन पलान्टसमेत सञ्चालनमा आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: