Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

स्थानीयको दबाबपछि ध्यान केन्द्र पुग्ने बाटोको निर्माण कार्य रोकियो

खबरडबली संवाददाता

कञ्चनपुर ।भीमदत्त नगरपालिका–९ को चुरे क्षेत्र ताराकोटमा विपश्यना (ध्यान केन्द्र) का लागि सुरु गर्न लागिएको बाटो निर्माण रोकिएको छ । जिल्ला वन डिभिजन कार्यालय कञ्चनपुरले स्थानीयवासीको दबाबपछि बाटो निर्माण रोकेको हो । ध्यान केन्द्र बनाउनका लागि ताराकोटमा जेसिभी लगाएर बाटो निर्माण सुरु गरिएको थियो ।

स्थानीयवासीका अनुसार ताराकोटसम्म ४०० मिटर बाटो निर्माण गरिएको छ । जिल्ला वन डिभिजन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले जेसिभी लगाएर बाटो निर्माण गरिएको जानकारी आएपछि रोकिएको बताए। “कार्य योजनाविपरीत कार्य गरिएको पायौँ”, उनले भने, “अवैधरूपमा वन क्षेत्रमा गतिविधि गर्न नपाइने भएकाले बाटो निर्माणको कार्य रोकिएको छ ।” पन्ध्र हेक्टरको वन दर्ता गरिएपछि अहिले त्यस क्षेत्रमा ध्यान केन्द्र बनाउन थालिएको छ ।

स्थानीयवासीहरूले ध्यान केन्द्रका नाममा ताराकोटमा होटल रेस्टुराँ बनाउने नियत राखेर काम अघि बढाएको आशङ्का गरेका छन् । झिलमिला ताल नजिकको ताराकोट क्षेत्रबाट केही वर्षअघि मात्रै गोठ हटाइएका थिए । त्यसपछि त्यस क्षेत्रमा चुरे संरक्षण सञ्जाल र वन कार्यालयले वृक्षरोपण गरेका थिए ।

ताराकोटमा ध्यान केन्द्र बनाउन थालिएपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेलगायतले वन कर्मचारीसहित ताराकोट क्षेत्र निरीक्षणसमेत गरेका छन् । वन कार्यालयले बाटो निर्माण बन्द गरेकाले तत्काल प्रशासनले केही गर्न नसक्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । “वनले केही गर्ला, नगरे हामी गराँैला । उता प्रक्रिया चलेका बेला केही गर्नुपर्ने भएन”, उनले भने । 

ब्रह्मदेव सबडिभिजन कार्यालयका प्रमुख प्रकाश जोशीले वन कार्यालयको अनुमतिविना बाटो खनिएको बताए । सबडिभिजन कार्यालयले प्रतिवेदन तयार गरी वन कार्यालयमा पेश गरी कारवाही प्रक्रिया अघि बढाएको उनले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending