गलकोट । बागलुङ बजारदेखि १२ किलोमिटरमा पुग्न सकिने सिगाना पुग्न सवारी साधनहरुलाई दुई घण्टा लाग्थ्यो । उकालोमा जेनतेन गाडीले ताने पनि समथर भागमा सवारी फसेर हैरान हुन्थ्यो । बागलुङ बजारको देउराली चोकदेखि बोक्सेसम्मको जम्मा २।६ किमी सडक पार गर्न एक घण्टा लाग्थ्यो । तर पछिल्लो चार वर्षका अवधिमा सिगाना पुग्ने सडक निकै सुधार भएको छ ।
सिगाना पुग्ने सडकअन्तर्गत बागलुङ बजारदेखि बोक्सेसम्मको सडक अहिले पूरै पक्की भएको छ । देउराली चोकदेखि सवारी फस्ने स्थानमा सडक ढलान र अन्य स्थानमा कालोपत्र गरी पछिल्लो चार वर्षका अवधिमा सडक पक्की भएको हो । योसँगै बागलुङ बजारदेखि सिगाना पुग्ने सडक बोक्सेसम्म निकै सहज भएको छ भने सिगाना पुग्न लाग्ने यात्राको समयसमेत छोटिएको छ ।
बागलुङ बजारदेखि बोक्से पुग्नै सवारीलाई एक घण्टा लाग्ने गरेकामा अहिले सडक कालोपत्र भएपछि निकै सहज भएको बागलुङ बजारदेखि सिगाना सडकमा नियमित सवारी साधन चलाउँदै आएका सवारी चालक गोविन्द शर्माले जानकारी दिए । “देउराली चोकदेखि बोक्से पार गर्नै समस्या हुन्थ्यो, बर्खाको समयमा मात्र नभएर हिउँदमा समेत सवारी फस्ने गर्दथ्यो,” उनले भने, “अहिले कतै ढलान र कतै कालोपत्र गरेर बोक्सेसम्मको सडक पक्की बनेको छ, अहिले त देखिराली चोकबाट १० मिनेटमै बोक्से पार गर्न सकिन्छ ।” चालक शर्माका अनुसार सिगाना जाने सडक पहिलाको तुलनामा अहिले निकै सुधार भएको छ । साँघुरो सडकलाई अहिले ६ मिटर कायम गरी पक्की बनाइएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।
लगातार चार वर्षको प्रयास र सबै वर्षको बजेट जोड्दा झन्डै रु साढे दुई करोडका लागतमा अहिले बोक्सेसम्मको सम्पूर्ण सडक पक्की भएको पौडेलको भनाइ छ । “सिगाना जाने सडकको सबैभन्दा समस्या बागलुङ नगरपालिका–३ अन्तर्गत नै धेरै सडक मर्मत तथा कालोपत्र भएको छ तर यस्ले सिगानाका यात्रुलाई सहज भएको छ,” नगप्रमुख पौडेलले भने, “अहिले सेरामा धमाधम सडक कालोपत्र भइरहेको छ, बागलुङ बजारभित्रका अन्य सडकसमेत सडक बोर्डको साझेदारीमा कालोपत्र कार्य भइरहेको छ ।”
बजारदेखि बोक्से जाने सडक गत वर्ष ७०० मिटर र अहिले ८०० मिटर सडक कालोपत्र भएपछि बोक्सेसम्मको सम्पूर्ण सडक पक्की भएको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले जानकारी दिए । पक्की भएको २.६ किलोमिटर सडकमध्ये झन्डै ५०० मिटर सडक भने ढलान गरिएको र अन्य सडक कालोपत्र गरिएको शर्माको भनाइ छ । यो आर्थिक वर्षमा आरएस निर्माण सेवासँग सडक बोर्ड र बागलुङ नगरपालिकाको साझेदारीमा रु एक करोड ३८ लाखको लागतमा ठेक्का सम्झौता भएर सडक कालोपत्र भइरहेको छ ।
यस वर्ष सिगाना जाने सडक बोक्सेसम्म कालोपत्र सम्पन्न भएसँगै उक्त बजेटले समिट चोक, अस्पताल रोडलगायत बागलुङ बजार क्षेत्रका भित्री तथा टुक्रे सडकको समेत कालोपत्र गर्दै विस्तारै बागलुङ बजारलाई खाल्टाखुल्टी मुक्त गराउने नगरपालिकाको अभियान रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: