Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

सरकारी विद्यालय हुनु त यस्तो, जहाँ प्रवेश गरेपछि जोकोहीको मन लोभ्याउछ

खबरडबली संवाददाता
रामपुर । गङ्गा माध्यामिक विद्यालय शैक्षिक क्षेत्रमा नमूना विद्यालयका रुपमा कहलिएको छ  । यहाँको शैक्षिक तथा भौतिक वातावरणले गर्दा पछिल्लो समय यस विद्यालय शैक्षिक अवलोकनको केन्द्र बनेको हो ।
 
सो विद्यालयमा विभिन्न जिल्लाबाट शैक्षिक अवलोकनका लागि शिक्षक, विद्यार्थी तथा अभिभावक  आउने गर्दछन् । यहाँको वातावरणले विद्यार्थीको मनोबल बढाएको छ भने विद्यालय हाताभित्र प्रवेश गरिसकेपछि जोकोहीको मनै लोभ्याउने खालको छ ।
 
पाल्पाको पूर्वी भेग रामपुर नगरपालिका–८ स्थित एक्लेटारमा रहेको यस विद्यालयले जिल्लामै शैक्षिक तथा भौतिक वातावरणमा अग्रणी विद्यालयका रुपमा चिनाउन सफल भएको छ । समयको परिवर्तनसँगै विद्यार्थीको आवश्यकताअनुसार हराभरा वातावरणमा प्रविधियुक्त शिक्षामा जोड दिइएको प्रधानाध्यापक देवराज देवकोटा बताए। उहाँ भने “हामीले समयको मागअनुसार विद्यार्थीलाई शिक्षक सिकाइ कार्यमा कुनै कमी हुन दिएका छैनौँ, बालमैत्री वातावरणमा प्रविधिको प्रयोग गरी शिक्षण कार्य गरिएको छ, अहिले धेरै विद्यालयबाट अवलोकन गर्न आइरहनुभएको छ ।” 
 
विद्यालयले साना–साना बालबालिकालाई दृष्टिगत गर्दै बाल उद्यान तयार गरिरहेको उनको भनाइ छ । शारीरिक विकास र बालबालिकाको मनोबल वृद्धि गराउन बाल उद्यानले सघाउ पुग्ने भएकाले विद्यालयमा उद्यानको व्यवस्था मिलाइँदैछ । विद्यालयभित्र फूल बगैँचा, यहाँको सुन्दर दृश्यले सबैलाई लोभ्याइरहेको छ । 
 
स्याङ्जाका गल्याङ नगरपालिका चण्डीका आधारभूत विद्यालय शिक्षक टीकाराम अधिकारीले विद्यालयभित्रको वातावरण देख्दा कुनै सुन्दर प्राकृतिक वातावरणमा पुगेजस्तो अनुभूति भएको बताए।   “गङ्गा मावि पाल्पाको नमूना विद्यालयको पहिचान बनाएकाले हाम्रो शिक्षकको समूहले पनि यस विद्यालयको अवलोकन ग¥यो, सुन्दा भन्दा यहाँ आएर हेर्दा शैक्षिक वातावरण अत्यन्त सुन्दर छ, विद्यालय भनेको गङ्गा मावि जस्तो बनाउनुपर्छ भन्ने हामीलाई पनि धेरै सिकाइ भयो, विद्यालय सुधारका लागि एकपटक यस विद्यालयको अवलोकन सबैले गर्नैपर्ने रहेछ उनले भने। 
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरनारायण अर्याल प्रविधियुक्त शिक्षा नै आजको आवश्यकता भएको हुँदा विद्यार्थीले चाहेअनुसारको सामग्रीको व्यवस्थापन गरेर शैक्षिक क्रियाकलाप अगाडि बढाएकोे बताए । “विद्यार्थीलाई शैक्षिक कार्यमा विद्यालयले कुनै पनि प्रविधि तथा सामग्रीमा कमी गराएको छैन, विद्यालय आउँदा जसरी उत्साहका साथ पढ्न आउँछन् त्यसरी नै विद्यालय सकिएपछि उत्साहका साथ नै विद्यार्थी पढेर घर फर्कने वातावरण विद्यालयले तयार पारेको छ,” उनले भने । 
 
उनले ‘सोचेजस्तै विद्यालय, खोजेजस्तै पढाइ’ अन्तर्गत विद्यार्थीहरुको रुचि र क्षमताअनुसार विद्यार्थीहरुको समूह विभाजन गरी विद्यालय समयभन्दा बाहिर विद्यार्थीहरुलाई बौद्धिक एवम् खेलकुद तालिम दिइने बताए कमजोर विद्यार्थीहरुका लागि सहायता कक्षको स्थापना गरी सबै विषय शिक्षकको पालो मिलाई विद्यालयमा सहयोग गर्ने कार्यक्रमको पनि सुरुआत गरिएको छ ।
 
वार्षिक रुपमा २० विद्यार्थीलाई छनोट भएको मितिदेखि विद्यालय नछाड्दासम्म वार्षिक रु तीन हजार ४०० दिइने छात्रवृत्ति ‘स्किम’ ल्याइएको छ । तहगत अनुसार प्रथम एवम् जेहेन्दार विद्यार्थीका लागि वार्षिक नगद पुरस्कारको व्यवस्था, गरिब, असहाय विद्यार्थीका लागि स्कुल पोसाक तथा नियमित छात्रवृत्ति वितरण भइरहेको छ ।
 
विद्यार्थीहरुको नियमित जन्मदिन मनाउने, प्रार्थनामा नियमित तीन प्रश्नहरु सोध्ने, नियमित प्रवचन, सङ्गीतसहितको पिटी, पालोअनुसार विद्यार्थीहरुबाट विद्यालय परिसर सरसफाइ, नियमित अतिरिक्त क्रियाकलाप जस्ता कार्यक्रम हुने गरेको छ ।यस विद्यालयमा औसतमा ५० भन्दा धेरै विद्यार्थी सबै कक्षामा  छन् । सबैमा कक्षाकोठामा दुई सेक्सन  छन् । विद्यालयमा नेपाली र अङ्ग्रेजी माध्यमका सबै विद्यार्थी गरी ६८३ विद्यार्थीहरु अध्ययनरत छन् । 
 
नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत विद्यालयले भौतिक र शैक्षिक विकासका लागि काम गरिरहेको र हाल भौतिक पूर्वाधार विकासका काम राम्रोसँग भएको छ । सफ्टवयर जडान गरी विद्यार्थीहरुको सम्पूर्ण विवरणहरु राख्ने व्यवस्था मिलाइएको छ । शिक्षक हाजिरीका लागी वायेमेट्रिक प्रणाली जडान गरी दुई वर्षदेखि नियमित प्रयोग गरिएको छ । विद्यालयमा इन्टरनेट जडान, नौ सिसिटिभी, क्यामेरा जडान गरी विद्यालय परिसर ल्याब तथा पुस्तकालय एवम् अन्य महत्वपूर्ण स्थानहरु रेखदेख गर्ने व्यवस्था गरिएको छ । शिक्षकलाई ल्यापटप खरिद गर्न आर्थिक सहयोग दिइएको छ ।
 
हाल विद्यालयमा बालकक्षादेखि कक्षा १२ सम्म नेपाली माध्यममा र नर्सरीदेखि कक्षा १० सम्म तथा आइएस्सी ९एजी० तीनवर्षे भेटेरिनरी विषयको कक्षासमेत गरेर जम्मा २८  कक्षा सञ्चालन भइरहेको छ । 
 
बिहानको समयमा प्राविधिक तर्फको मात्र कक्षा सञ्चालन हुने र दिउँसोका समयमा अन्य सबै कक्षाहरु सञ्चालन भइरहेका छन् । बिहान र दिउँसो गरी जम्मा ५०  शिक्षक यस विद्यालयमा कार्यरत रहेको विद्यालयले जनाएको छ । हाल यस विद्यालयमा चार तीनतले पक्की र दुई दुईतले पक्की भवन छन् भने एकतले एक पक्की भवन  छ । हालसम्म जम्मा ५८  कक्षाकोठा पक्की बनेका छन् । यसमा ३२  कक्षाकोठाका रुपमा र आठ प्रयोगशाला, पुस्तकालय तीन, एकहल, एक चमेनागृह, एक पार्किङ, पाँच प्रशासनिक कार्यालय, चार भण्डारण कक्षका रुपमा प्रयोग गरिएको छ भने बाँकी खाली छन् । 
 
विद्यालयमा एकै पटकमा ६० जनाले प्रयोग गर्न मिल्ने गरी शौचालयको व्यवस्था गरिएको छ । विद्यार्थीका लागी २५  खानेपानी धारा छन् भने नियमित रुपमा सफा खानेपानीको आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ । सबै कक्षाकोठामा फोहोर मलाई र सफा गर्ने सामग्रीको प्रबन्ध छ । बालमञ्च, इको क्लब, स्टार क्लब, सामाजिक सचेतनामूलक क्लब, विज्ञान क्लब र जुनियर रेडक्रस सर्कल क्लब सक्रिय छन् । क्लबलाई सक्रिय बनाइराख्न विभिन्न शैक्षिक क्रियाकलापमा विद्यालयले जोड दिएको छ । यो विद्यालय समुन्द्री सतहदेखि करिब ४०९ मिटरको उचाइमा अवस्थित छ । विसं २०१३ मा स्थापना भएको शारदा प्रावि रानीवास र २०२३ मा स्थापना भएको गङ्गा प्रावि आँपचौरलाई गाभेर २०३५ माघ १८ मा निम्नमाध्यमिक विद्यालय र ०५५ देखि मावि सञ्चालनको अनुमति पाएकोे इतिहास छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमान्डु गोर्खाजको डाइरेक्टरमा शरद

काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...

विदेशको पीआर लिएका कर्मचारीलाई कारबाही गर्न सिफारिस

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

साउदी सरकारद्वारा ३३ नेपाली कैदीलाई 'माफी'

काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...

आफ्नै दाजुको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट: सुलभ अग्रवाल र दीपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौं।  सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...

हेटौँडाको रातोमाटेमा गाडी दुर्घटना, छ जना घाइते

मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...

तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending