काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र औषधि व्यवस्था विभागबाट खटिएको टोलीले उपत्यकाका विभिन्न क्षेत्रमा गरेको खोजतालासका क्रममा २४ हजार ८०० बढी क्याप्सुल नियन्त्रित औषधसहित पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँ सिफल बस्ने रामेछापका २५ वर्षीय सुनिल भन्ने निमा दोर्जे शेर्पा, काठमाडौँ गोकर्णेश्वर बस्ने बझाङका २९ वर्षीय उमेशकुमार केसी, काठमाडौँ चावहिलस्थित कल्याणकारी मेडिकल हलका सञ्चालक सङ्खुवासभाका ३० वर्षीय पेम्वा शेर्पा, नुवाकोटका ३४ वर्षीय राजाराम दवाडी र काठमाडौँ टोखा बस्ने लमजुङका ३८ वर्षीय बद्रिनाथ पौडेल छन् ।
प्रहरीले निमाबाट ११५ ट्याब्लेट ट्रामाडोल र उमेशकुमारबाट २० हजार ७०० क्याप्सुल ट्रामाडोल बरामद गरेको छ । साथै पेम्वा शेर्पाबाट २९० ट्याब्लेट लोबाजाम, १५३ ट्याब्लेट लोरी, १०० ट्याब्लेट निट्रेस्ट, ९० ट्याब्लेट जोलियुम, २७५ ट्याब्लेट कोडोट्याब, ३९० ट्याब्लेट क्लोजिप क्लोजिप, १४ ट्याब्लेट क्लोप्रियुम, ५१८ ट्याब्लेट पाज, २८५ ट्याब्लेट क्लोनाज, ३० ट्याब्लेट स्टागन र ५० ट्याब्लेट कोफटाब बरामद भएको छ ।
राजारामबाट बा ११ च १०१४ नम्बरको भ्यानमा ल्याएको १८० ट्याब्लेट लेभोनोरजेस्ट्रेल, ९० ट्याब्लेट अन्वान्टेड लेभोनोरजेस्ट्रेल, ८५० थान सफ्टजेल क्याप्सुल, ६७२ ट्याब्लेट बर्थ स्पेसिङ पिल्स, ३० वटा ल्याबोडर्म, १८४ ट्याब्लेट जेनेग्रा, १६० ट्याब्लेट जेनेग्रा रेड र ९० ट्याब्लेट प्रेगौट किक तथा बद्रिनाथ पौडेलबाट नगद १ लाख ४० हजार रुपैयाँ बरामद भएको छ ।
उपत्यकामा नियन्त्रित लागुऔषध ट्रामाडोलको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो तथा औषधि व्यवस्था विभागबाट खटिएको संयुक्त टोलीले उनीलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको ब्यूरोले आज एक सूचना जारी गरी जनाएको छ । बरामद औषधि, सवारीसाधन र नगदसहित उनीहरूलाई आवश्यक कानुनी कारबाहीको लागि औषधि व्यवस्था विभाग पठाइएको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: