काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र औषधि व्यवस्था विभागबाट खटिएको टोलीले उपत्यकाका विभिन्न क्षेत्रमा गरेको खोजतालासका क्रममा २४ हजार ८०० बढी क्याप्सुल नियन्त्रित औषधसहित पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँ सिफल बस्ने रामेछापका २५ वर्षीय सुनिल भन्ने निमा दोर्जे शेर्पा, काठमाडौँ गोकर्णेश्वर बस्ने बझाङका २९ वर्षीय उमेशकुमार केसी, काठमाडौँ चावहिलस्थित कल्याणकारी मेडिकल हलका सञ्चालक सङ्खुवासभाका ३० वर्षीय पेम्वा शेर्पा, नुवाकोटका ३४ वर्षीय राजाराम दवाडी र काठमाडौँ टोखा बस्ने लमजुङका ३८ वर्षीय बद्रिनाथ पौडेल छन् ।
प्रहरीले निमाबाट ११५ ट्याब्लेट ट्रामाडोल र उमेशकुमारबाट २० हजार ७०० क्याप्सुल ट्रामाडोल बरामद गरेको छ । साथै पेम्वा शेर्पाबाट २९० ट्याब्लेट लोबाजाम, १५३ ट्याब्लेट लोरी, १०० ट्याब्लेट निट्रेस्ट, ९० ट्याब्लेट जोलियुम, २७५ ट्याब्लेट कोडोट्याब, ३९० ट्याब्लेट क्लोजिप क्लोजिप, १४ ट्याब्लेट क्लोप्रियुम, ५१८ ट्याब्लेट पाज, २८५ ट्याब्लेट क्लोनाज, ३० ट्याब्लेट स्टागन र ५० ट्याब्लेट कोफटाब बरामद भएको छ ।
राजारामबाट बा ११ च १०१४ नम्बरको भ्यानमा ल्याएको १८० ट्याब्लेट लेभोनोरजेस्ट्रेल, ९० ट्याब्लेट अन्वान्टेड लेभोनोरजेस्ट्रेल, ८५० थान सफ्टजेल क्याप्सुल, ६७२ ट्याब्लेट बर्थ स्पेसिङ पिल्स, ३० वटा ल्याबोडर्म, १८४ ट्याब्लेट जेनेग्रा, १६० ट्याब्लेट जेनेग्रा रेड र ९० ट्याब्लेट प्रेगौट किक तथा बद्रिनाथ पौडेलबाट नगद १ लाख ४० हजार रुपैयाँ बरामद भएको छ ।
उपत्यकामा नियन्त्रित लागुऔषध ट्रामाडोलको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो तथा औषधि व्यवस्था विभागबाट खटिएको संयुक्त टोलीले उनीलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको ब्यूरोले आज एक सूचना जारी गरी जनाएको छ । बरामद औषधि, सवारीसाधन र नगदसहित उनीहरूलाई आवश्यक कानुनी कारबाहीको लागि औषधि व्यवस्था विभाग पठाइएको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - १८:०७
काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...
जेष्ठ १२ गते, २०८३ - १७:२७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...
जेष्ठ १२ गते, २०८३ - १७:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...
जेष्ठ १२ गते, २०८३ - १७:०८
काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...
जेष्ठ १२ गते, २०८३ - १६:५७
काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...
जेष्ठ १२ गते, २०८३ - १६:३५
काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...
जेष्ठ १२ गते, २०८३ - १६:०४
काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...
जेष्ठ १२ गते, २०८३ - १५:५८
सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - १५:४६
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...
जेष्ठ १२ गते, २०८३ - १५:३६
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...



प्रतिकृया लेख्नुहोस्: