Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

मध्यरातपछि कदापी नगर्नुहोस् यी ८ काम

\"what-not-to-do-650x433-750\"हामीमध्ये धेरैले राती सुत्न नसकेको अथवा निन्द्रा नलागेको अनुभव पक्कै गरेका छौं । अपर्याप्त निन्द्राले हाम्रो शक्ति, भावनात्मक सन्तुलन र स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्दछ । मध्य रातमा खानु, पिउनु र रमाइलो गर्नुको अनुभव भिन्न होला तर यदि आरामसाथ निदाउन चाहनुहुन्छ भने मध्यरात पछि यी व्यवहार कहिले पनि नअपनाउनुहोला । यहाँ दिइएको छ कारणः \"smoking-650x433-750\"१. चुरोट पिउनेः निकोटिनले तपाईंको निन्द्रालाई बाधा पुर्याउने गर्दछ र तपाईंलाई निकै बेरसम्म जागा बनाइराख्छ । यदि तपाईं मध्यरातपछि पनि अर्को एक घण्टा जागा रहनुभयो भने तपाईंले थप अस्वस्थकर व्यवहार अपनाउनुहुनेछ । चुरोट पिउनाले निन्द्राको निश्चित संरचनालाई भत्काउने काम गर्दछ । एक अनुसन्धानका अनुसार चुरोट पिउने मानिस अरु मानिसभन्दा ढिला निदाउने, थोरै सुत्ने र थोरै गहिरो निन्द्रामा पर्दछन् । \"Drinking-alcohol-650x433-750\"२. रक्सी पिउनेः यदि रातभरी बान्ता गर्न र बिहान भारी टाउकोसहित उठ्न चाहनुहुन्छ भने मध्यरातमा रक्सी पिउन सक्नुहुन्छ । तपाईंले जति धेरै पिउनुहुन्छ त्यति नै खराब तपाईंको ह्याङओभर र निन्द्राको गुणस्तर हुने गर्दछ । \"Having-caffeine-650x433-750\"३. क्याफेनको सेवनः क्याफेन एउटा यस्तो पदार्थ हो जसलाई तपाईंले बेलुकीपख र राती सकभर निषेध गर्नुपर्छ । मध्यरातमा कफी अथवा इनर्जी ड्रिंक्सको सेवन गर्नु भनेको तपाईंले आफ्नो अनिन्द्रालाई लम्ब्याउनु हो । \"Eating-sugary-snacks-650x433-750\"४. चिनीयुक्त खानेकुराको सेवनः यस्ता खानेकुरा तपाईंले दिउँसो पनि खानुहुँदैन । तर यसलाई राती खानुहुन्छ भने यसले तपाईंको क्यारी बढाउने काम गर्छ भने अन्त्यमा तपाईंलाई निन्द्राबाट पनि वञ्चित गर्दछ । सायद अब तपाईंलाई थाहा भयो होला, आफ्नो तौल कहाँबाट आयो भनेर । यसका साथै चिनीयुक्त खानेकुराले तपाईंको रगतमा ग्लुकोजको मात्रालाई बढाउने गर्दछ तसर्थ यसले शरिरबाट अत्यधिक ऊर्जा पैदा गर्नुका साथै बेचैनी गराइदिन्छ । \"Consuming-spicy-foods-650x433-750\"५. स्पाइसी (मसालेदार, पिराे, अमिलाे) खानेकुराको सेवनः बेलुका अथवा राती स्पाइसी खानेकुरा खानाले तपाईंको ग्याष्ट्रोइन्टेस्टाइनल ट्र्याकमा हानी पुर्याउने गर्दछ । यसले अल्सर पनि पैदा गर्नसक्छ । \"Drinking-beverages-650x433-750\"६. पानी र अरु पेय पदार्थको सेवनः सुत्नुभन्दा एकघण्टा अगाडि पानी अथवा अरु पेय पदार्थको सेवन हानीकारक हुने विज्ञहरु बताउँछन् । सुत्नुभन्दा अगाडि तपाईंको शरिरले ती तरल पदार्थलाई खाली गर्नुपर्ने हुन्छ । सुत्नुभन्दा अघि अत्यधिक पानी पिउनाले तपाईंको शरिरले तपाईंलाई रातभरी वासरुम गइरहन बाध्य बनाउँछ । निन्द्रा लागिरहेको बेला यसो गर्नु पक्कै पनि कसैलाई पनि मनलाग्दैन । \"thinking-about-work-650x433-750\"७. टिभी हेर्नुः तपाईं यदि सुत्नुभन्दा अघि टिभी हेर्नुहुन्छ, भिडियो गेम खेल्नुहुन्छ, इमेल चलाउनुहुन्छ र केही विद्युतीय उपकरण्को प्रयोग गर्नुहुन्छ भने सुत्नुभन्दा अघि तपाईंको दिमागमा जे चल्नुपर्ने हो त्यो चल्दैन र तपाईंलाई निन्द्रा लाग्न समय लाग्छ । \"thinking-about-work-650x433-750\"८. कामको बारेमा सोच्नुः आफ्नो काम अफिसमा नै छोडेर आउनुहोस् । आफ्नो निन्द्रामा काममा छोड्ने गर्नुभएको छ भने यसले तपाईंलाई नकारात्मक असर पुर्याइरहेको हुन्छ । राती आनन्दले आराम गर्नुहोस् ता कि अर्को दिन तपाईं राम्रोसँग आफ्नो काम सिद्धाउन सक्नुहुन्छ । आफ्नो तनावलाई कम गर्नको लागि तपाईं आफ्नो परिवार र साथीभाइसँग समय बिताउनुहोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending