Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कर्मचारी कोरोना देखिएपछि अदालत र स्वास्थ्य केन्द्रका सेवा स्थगित

खबरडबली संवाददाता

बैतडी । कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जिल्ला अदालत र विभिन्न स्वास्थ्य केन्द्रका सेवा स्थगित गरिएका छन् । 

जिल्ला अदालत, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालका सेवा स्थगित गरिएका छन् ।  चार  स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले सेवा स्थगित गरेको हो । स्वास्थ्य केन्द्रले अत्यावश्यक र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले जानकारी दिए । 

उनले भने, “एन्टीजेन परीक्षण गर्दा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ, केन्द्रमै कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य सेवा बन्द गरेका हौँ ।” स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि प्रसुती सेवा र आकस्मिक बाहेकका अरु सेवा बन्द गरिएको केन्द्रले जनाएको छ ।

यस्तै कर्मचारीमा कोरोना देखिएपछि बैतडी जिल्ला अदालतका सेवा  बन्द गरिएका छन् ।  अदालतले माघ १८ गते सम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएका  छ । कोरोनाको जोखिम बढ्दै गएकाले भीडभाड हुन नदिन अतिआवश्यक सेवा मात्रै प्रदान गरिने अदालतले जनाएको छ ।

बन्दी प्रत्यक्षीकरण, म्याद थप, पक्राउ पूर्जी जारी गर्ने कार्य गरिनेछ भने अभियोग दर्ता, बयान र थुनछेक नियमित रुपमा सञ्चालन गरिनेछ । मुलुकी फौजदारी कार्यविधि संहिता सम्बन्धि मुद्दा र मुद्दा फिर्ता, तामेली लगायतका कार्य पनि गरिने जनाइएको छ । सजाय निर्धारणका लागि पेशी तोकिएका मुद्दाको नियमित सुनुवाइ गरिनेछ । यी बाहेकका सेवा तत्कालका लागि बन्द गरिएको अदालतले जनाएको छ ।  

यस्तै जिल्ला अस्पतालमा तत्कालका लागि दन्त सेवा बन्द भएको छ । दन्त सेवा विभागमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकाले अर्को सूचना नभए सम्मका लागि सेवा बन्द गरिएको अस्पतालका निमित्त प्रमुख डा चैतन्य जोशीले जानकारी दिए ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies