Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

रात्रि क्लबमा भीडन्त हुँदा १९ जनाको मृत्यु

खबरडबली संवाददाता

रात्रि क्लबमा भीडन्त हुँदा १९ जनाको मृत्यु
जाकर्ता । इन्डोनेसियाको पश्चिमी पपुवामा मंगलबार बिहानी पख एक रात्रि क्लबमा भएको द्धिपक्षीय भीडन्तमा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । ती दुई समूहबीचको आपसी झडपले उग्र रुप लिएपछि उक्त रात्रि क्लबमा रहेका सर्वसाधारणको पनि ज्यान गएको बताइएको छ ।

सोमबार राति पश्चिमी पपुवाको सोरोग नगरमा रहेको एक रात्रि क्लबमा जम्मा भएका व्यक्तिहरुबीच झडप भएको थियो । सो झडपमा परी सुरुमा एकजनाको ज्यान गएको थियो ।त्य सपछि त्यहाँ रहेका अरु पनि भिडन्तमा उत्रिएका थिए । सो झडपपछि उक्त क्लबमा आगजनी गरिएको बताइएको छ । त्यसमा परेर १९ जनाको ज्यान गएको र अरु कैयौँ नागरिक घाइते पनि भएका छन् ।

पश्चिमी पपुवा प्रान्तका प्रहरी प्रमुख आदम एर्दिनीले सोमबार मध्यराति देखि झडप सुरु भएको जानकारी दिएका छन् ।उनले भनेका छन्– सुरुमा दुईजनाबीचको सामान्य विवादले पछि उग्र रुप लिएको थियो । उनीहरुको आन्तरिक झगडाका कारण त्यहाँ ठूलो संख्याका नागरिकको ज्यान गएको उनले बताए ।

सो रात्रि क्लबको बाहिर पार्किङ गरी राखिएका कारहरुमा पनि आगजनी गरिएको छ । मध्यरातिदेखि नै प्रहरीले सो भीडन्त नियन्त्रणमा लिने प्रयास गरेपनि त्यस अगावै धेरै नागरिकको ज्यान गइसकेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरी वरिष्ठ हवल्दारविरुद्ध मुद्दा दायर

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा द...

हाल बसिरहेकै संसद् हलबाट बजेट ल्याउने तयारी, नयाँ भवनको काम अपूरै

काठमाडौं । संघीय संसद् सचिवालय ले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न हाल प्रयोग भइरहेको बहुउद्देश्यीय संसद् हलमै संयुक्त बैठक बस्ने तयारी गरेको छ।...

बेल्जियम रेल-मिनीबस दुर्घटनामा चार जनाको मृत्यु

बेल्जियम। बेल्जियमको बुगेनहाउट सहर नजिक मङ्गलबार बिहान उच्च गतिमा आएको रेल र रेलवे क्रसिङ पार गरिरहेको मिनीबसबिच भएको ठक्करमा दुई बालबालिकासहित चार जन...

गोला प्रणाली परिवर्तन गर्ने कुनै योजना छैन : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले अदालतमा इजलास र मुद्दा छनोटका लागि अपनाइँदै आएको गोला (लटरी) प्रणाली परिवर्तन गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ। न...

सन्दीप र ब्रिज इन्टरनेशनलबिच पाँच वर्षको सम्झौता

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबिच पाँच वर्षको सम्झौता भएको छ ।  पोखरामा आयोजित ...

पूर्वमुख्यमन्त्री राजेन्द्र राईद्वारा रोस्ट्रमको माइक फाल्ने प्रयास

विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रममा रहेको माइक फाल्ने प्रयास गरेका छन्। प्रतिपक्षी सांसदहरूको विरोधका ...

विभिन्न राजनीतिक दलका ट्रेड युनियनमा आबद्ध २० कर्मचारीको दुर्गममा ठाउँमा सरुवा

काठमाडौं । सरकारले राजनीतिक दल निकट ट्रेड युनियनसँग आबद्ध रहेका २० कर्मचारीलाई दुर्गम स्थानमा सरुवा गरेको छ। ती सबै कर्मचारी नायब सुब्बा सरहका रहेको ब...

पूर्वगृहमन्त्री सुधन गुरुङको बयान आज पनि जारी

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरणबारे उठेका प्रश्नहरूको छानबिनका लागि गठित न्यायिक समितिले मंगलबार उनको बयान लिएको छ। समिति स्...

विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक रेकर्ड

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सङ्घीय संसद्‍को चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेको छन्। आर्थिक सर्वेक्षण प्रस्...

सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा, सरकारको कुल लगानी करिब ७ खर्ब ९८ अर्ब रुपैयाँ

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८१/८२ सम्म अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा रहेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending